photo lavainfo |
डी के वाइबा, कालेबुङ 4 दिसम्बर। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको हस्तशिल्प तथा लघुउद्योग बिभागका भारप्राप्त सभासद फुबि राईले आज यहाँको मल्लिरोड डाँडा गाउँस्थित रहेको हस्तशिल्प केन्द्रको परिभ्रमण गरे। यस अवसरमा तिनले भ्रमण गर्दै बिगत वर्ष आएको बिनासकारी भूईँचालोले उक्त केन्द्रहरुलाई परेको क्षतिग्रस्त अवस्थाको जानकारी लिए। तिनले उक्त केन्द्रको भरमण गरेर पत्रकारहरुसंग कुराकानी गर्दै पहाडमा दागोपापको समयदेखिनै यहाक़ो लघु उध्योगलाई हेलचेक्राई गरेको बताउँदै अब लघु उद्योगको बिकासको निम्ति जीटीले कार्य गर्ने बताए। तिनी जीटीए प्रमुख बिमल गुरुङको निर्देश अनुरुप भ्रमण गर्न आएको जानकारी गराउँदै पहाडमा रहेको लघु उद्योगहरुलाई व्यवस्थित पारेर उत्पादन गरी यहाँबाट उत्पादन हुने उत्पादित बस्तुहरु बिक्रिको निम्ति बिक्रि केन्द्रको स्थापना गर्ने थप बताए। कुनै पनि देश सञ्चालनको निम्ति सानो ठूलो कारखानाहरु महत्वपूर्ण रहेको बताउँदै पहाडको निम्ति भने आर्थिक आय गर्ने यस्ता सानो ठूलो कारखानाहरु बन्द वस्थामा रहेको कारण बेरोजगार समस्या पनि दिनोदिन बडोत्तरी भईरहेको तिनले बतए। यस अवसरमा तिनले पहाडका बेरोजगार युवाहरुको निम्ति यदि यस्ता सानो ठूलो कारखानाहरु सञ्चालन भए रोजगारको अवसर प्राप्त हुने दाबी गरे।
No comments:
Post a Comment