Pages

Thursday 20 December 2012

लेप्चा राजा पुनु ग्याबो आच्योकको 281 औँ जन्मदिवस भव्यताको साथ पालन

लेचाहरुको भिडले राज्य अनि केन्द्र सरकारलाई सोच्नुपर्ने बनाएको छ – एल एस तामसाङ 

कालेबुङ 20 दिसम्बर । लेप्चा राजा पुनु ग्याबो आच्योकको 281 औँ जन्मदिवस आज यहाँको मेला ग्राउण्डमा ईण्डिजेनियस लेप्चा ट्राईबल एसोसिएसनको आयोजनमा भव्यताको साथ पालन गरियो। यस अवसरमा बिभिन्न स्थानहरुबाट लेप्चा समुदायका मानिसहरुको व्यापक सहभागीता रहेको थियो। कार्यक्रमको सुरु अघि बिभिन्न स्थानहरुबाट आएका लेप्चा समुदायका मानिसहरुले यहाँको 10 माईल फाटकबाट एउटा र्याअली निकालेको थियो। उक्त र्यािली दशमाईल फाटकबाट डम्बर चौक हुँदै थाना डाँडा भएर मेला ग्राउण्डमा पुगेको थियो। मेला ग्राउँण्डमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता पद्मश्री सोनाम छिरिङ लेप्चाले गरेका थिए।

 यस अवसरमा फादर पिटर लिङ्दामोको बिशेष उपस्थिती रहेको थियो। पद्मश्री सोनाम छिरिङ लेप्चाले जातीय परम्परा अनुरुप लेप्चा राजा पुनु ग्याबो आच्योकको तस्बिर अघि पुजा अर्चना गरेर लेप्चा संगठनको झण्डोत्तोलन गरेपछि शुरु भएको कार्यक्रममा बिभिन्न लेप्चा जातिको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो। लेप्चा संगठनको झण्डोत्तोलन गरेपछि कार्यक्रममा उअपस्थित सम्पूर्ण लेप्चा समुदायका मानिसहरुले आफ्नो राष्ट्रिय गीत गाए। कार्यक्रममा लेप्चा राजा पुनु ग्याबु आच्योककोको नाउँमा प्रकाशित पुस्तकको विधिवत लोकार्पण पनि गरियो।

 यस अवसरमा कोरियोग्राफर किरण लामालाई संगठनले सम्बर्द्धना जनाएको थियो। लेप्चा राजाको 281औ जन्मदिवस कार्यक्रमलाई सम्बओधन गर्दै ईण्डिजेनियस लेप्चा ट्राईबल एसोसिएसनका अध्यक्ष एल एस तामसाङले लेप्चा समुदायका मानिसहरु आफ्नो भाषा संस्कृतिको बिकासको निम्ति एकवद्ध भएर बस्नुपर्ने आह्वान गरे। तिनले कार्यक्रममा उपस्थित मानिसहरुलाई सम्बओधन गर्दै भने – ‘लेप्चा भनेको सत्य हो। आत्ना भनेको पवित्र हो। आज सैतानहरुले पवित्र आत्मलाई अपवित्र बनाउँदैछ। यो पवित्र ठाँउलाई सम्पूर्ण लेप्चाहरु एक भएर बँचाउँनुपर्छ। 

आज एकार्कमा बडीरहेको सैतानिक प्रवृतिलाई नष्ट गरेर यो पवित्र भूमीको रक्षार्थ सबै अघि आउँनुपर्छ”। तिनले सोहि क्रममा आहिले लेप्चा युवाहरु आफ्नो जातिय परम्परा र संस्कृतिलाई बँचाएर राख्न प्रेम भावको साथ अघि आएको पनि बताए। लेप्चा राजा पुनु ग्याबो आच्योकको जन्मदिवसमा आएका लेप्चा समुदायका मानिसहरुको भीडले राज्यसरकार अनि केन्द्र सरकारलाई पनि लेप्चाहरुको सुराक्षर्थ केही गर्नुपर्नेरहेछ भनेर सोच्न बाध्य बनाएको पनि तिनले जनाए। 

“आजको यो जनताको भीडले कोलकोता अनि केन्द्रलाई लेप्चाहरुको पनि आवज रहेछ भन्ने सन्देश दिएको छ” – एल एस तामसाङले भने। तिनले सम्बोध्नकि क्रममा लेप्चा समुदायका मानिसहरुलाई आफ्नै जातको युवा युवतीहरु एकार्कमा प्रेम गरेर विवाह गर्नुपर्ने सुझाव समेत राख्दै लोकतन्त्रमा भीडलाई विश्वास गर्बे भएको करण हामीले पनि आफ्नो भिड देखाउँनुपर्ने पनि बताए। तिनले लेप्चा जातिको भाषा संस्कृतिको बिकासकोको निम्ति एक्लैले आन्दोलन गरेर हुँदैन भन्दै यसको निम्ति सबै लेप्चा मानिसहरु अघि आउँनुपर्ने आह्वान गरे।

 अर्कोतिर लेप्चा युथ एसोसिएसनका अध्यक्ष डी टी लेप्चाले यता पत्रकारहरुसंग कुराकानी गर्दै लेप्चा राजा लेप्चाहरुको अन्तिम राजा भए पनि तिनी लेप्चाहरुको हक र अधिकारको निम्ति लड्ने पहिलो स्वतन्त्रता सेनानी हो भने। लेप्चा राजा पुनु ग्याबो आच्योकले लेप्चाहरुको अधिकारको निम्ति आफ्नो ज्याको बलिदान दिएर शहिद बनेकै कारण आज तिनको जनदिवस श्रद्धापूर्वक पालन गरेको थप जनाए। यसै सिलसिलामा दार्जीलिङ पहाडमा नवगठित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा लेप्चा बिकास बोर्ड गठन गर्ने जीटीए प्रमुख बिमल गुरुङले घोषणा गरेको सन्दर्भमा प्रश्न गर्दा तिनले उक्त घोषणा राजनैतिक मुद्दा हुनसक्ने बताए। आफुहरुले जीटीएमा लेप्चा बिकाश बोर्ड गठन सम्बन्धि कुनै चर्चा नगरेको बताउँदै यस सम्बन्धमा संगठनले केहिदिनपछि चर्चा गर्ने जानकारी दिए।

No comments: