Pages

Saturday 24 November 2012

युवा मोर्चा नेता बिरुद्ध तृणमूल कङग्रेसले गर्योम प्राथमिकी दर्ता

 कालेबुङ,24 नोभेम्बर। गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन युवा मोर्चाका नेताहरु बिरुद्ध आज तृणमूल कङग्रेसका नेता छेवाङ भोटियाले पेदोङ थानामा प्राथमिकि दर्ता गरे। केहिदिन अघि युवा मोर्चा नेता प्रियवर्द्धन राई अनि अनुपहाङ सुब्बाले पहाडमा अशान्ति गर्ने राजनैतिक दलहरुलाई हामी छोड्नेछैनौ भन्ने बयान समाचार पत्रहरुमा सार्बजनिक भएपछि कालेबुङ खण्ड दुईका तृणमूल कङ्ग्रेस अध्यक्ष छेवाङ भोटियाले उक्त दुई नेताबिरुद्ध प्राथमिकी दर्ता गरे।

 युवा मोर्चा नेताहरुले पहाडमा यस्तो बयान दिएर आतङक सृष्टि गर्ने कार्य गरिरहेको आरोप लगाउँदै यसरी खुलेआम धम्कि दिने कार्यले अन्य राजनैतिक पार्टीका नेताहरु सुरक्षित नबनेको भोटियाले दाबी गरे। यस सम्बन्धमा कुनै घटना भए त्यसको जिम्मेवारी पनि युवा मोर्चाकै दुईनेताहरु हुने भोटियाले बताएका छन।

 यस सम्बन्धमा भोटियाले पहाडमा गोर्खा जनमुक्ति मोर्चाले मात्र राजनीति गर्न पाउँछ भन्ने प्रश्न उठाउँदै अन्य राजनैतिक पार्टीहरुले आफ्नो पार्टीको राजनैतिक कार्यक्रम गर्दा कसरी अशान्ति सृजना हुन्छ भनि प्रश्न तेर्साए। भोटियाले युवा मोर्चाका नेताहरूले कुनै पनि राजनैतिक दलका कार्यक्रताहरूले कुनै पनि राजनैतिक कार्यक्रम गर्योय कि मार्छु भन्ने किसिमको धम्की दिइरहेको आरोप लगाउँदै उक्त धम्किको कारण पहाडमा शान्ति श्रृङ्खला भङग हुने आरोप लगाए।

No comments: