Pages

Saturday 24 November 2012

लेप्चा डेभलोभमेण्ट काउन्सिल चाँडै गठन हुने

photo  lavainfo
डी के वाइबा, कालेबुङ 24 नोभेम्बर। लेप्चा जातिको भाषा, साहित्य संस्कृतिको बिकाशको निम्ति पहाडका लेप्चा समुदायका मानिसहरुले दिर्घदिनदेखि माग गर्दै आईरहेको लेप्चा डेभलोभमेण्ट काउन्सिल अब चाँडै गठन हुनसक्ने लेप्चा युवा संगठनका अध्यक्ष दोर्जी टी लेप्चाले आशा व्यक्त गरेका छन। तिनले आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै लेप्चा डेभलोभमेण्ट काउन्सिलको गठनको निम्ति राज्य सरकारसंग अहिलेसम्म 7 पल्ट बैठक गरिसकेको बताउँदै मुख्य मन्त्रि ममता ब्यानर्जीले गठन गरिदिने घोषणा गरेपछि अहिले ड्राफ्ट तयार भाईसकेको पनि तिनले जानकारी गराए।

 उक्त लेप्चा डेभलोभमेण्ट काउन्सिलको फाईनल ड्राफ्ट बनिसकेर हाल क्याबिनेट काउन्सिलमा सरकारले पठाएको बताउँदै क्याबिनेट काउन्सिलले चाँडै पारित गर्ने तिनले बताए। यसको निम्ति अझ दुईहप्ता सम्म समय लाग्न सक्ने बताउँदै लेप्चा डेभलोभमेण्ट काउन्सिल गठन भए पछि लेप्चा जातिको बिकास हुने तिनले दाबी गरे।

photo  lavainfo
 यसि सिलसिलामा लेप्चा भाषाको पठन सम्बन्धि बिगत बर्ष राज्य सरकारले घोषणा गरेको सन्दर्भमा प्रश्न गर्दा तिनले सरकारले यसै बर्षदेखि लेप्चा भाषाको पठनको निम्ति आदेश दिए पनि कतिपय असुबिधाहरुले अध्यापन सुरु हुन नसकेको जनाए। तिनले लेप्चा भाषा पठनको निम्ति शिक्षा बोर्डमा लेप्चा भाषा जान्ने व्यक्तिको आवश्यक्ता पर्ने भएको कारण त्यसको निम्ति सरकारले आफुहरुलाई प्रतिनिधी मागेको बताउँदै अब पाठ्यक्रम तयार पारेर आगमी बर्षदेखि भने लेप्चा भाषाको अध्ययन अध्यापन सञ्चालन हुने पनि दोर्जी टी लेप्चाले जानाए।

No comments: