Pages

Friday 23 November 2012

जनताको राशन अधिकारीवर्ग अनि होलसेलर मिलेर घोटाला गरिरहेको छ – माकपा

 डी के वाइबा, कालेबुङ 23 नोभेम्बर। दार्जीलिङ पहाडका मानिसहरुलाई केन्द्र सरकारले डबल राशन दिनु भनि 50 मेट्रिक टन राशन आवण्टन गरे पनि उक्त राशन बिभागीय अधिकारी अनि होलसेलरहरु मिलेर घोटालागरिरहेको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन। तिनले आज एक पत्रकार सम्मेलन डाकेर केन्द्र सरकारले पहाडका जनताको निम्ति भनेर प्रदान गरेको राशन स्वीजरल्याण्डका जनतालाई प्रदान नगरी बिभागीय अधिकारीवर्गले मिलीभगतमा घोटाला गर्दा समेत महकुमा शासक किन मौन छ भनि प्रश्न गरे।

 तिनले यस्तो घोटाला बिशेष गरेर दार्जीलिङ पहाडको कालेबुङ महकुमा क्षेत्रमा धेर भईरहेको पनि आरोप लगाए। यस सम्बन्धमा तिनले कालेबुङ महकुमा क्षेत्रका मानिसहरुले 2 किलो चामल पाउनुपर्नेमा केवल 8 सय ग्राम मात्र दिईरहेको दाबी गर्दै जनताको राशन खानेहरु बिरुद्ध सबै एक हुनपर्ने आह्वान गरे। “बिभागीय अधिकारीवर्ग अनि होलसेलर मिलेर यहाँ जनताको पेट मार्ने काम हुँदैछ।

 स्वीजरल्याण्ड बनाउँछु भन्ने दिदीले केन्द्र सरकारले आवण्टन गरेको राशन कुन दुलोमा पसिरहेको छ भन्ने जाँच गर्नुपर्छ” तारा सुन्दासले भने। तिनले उक्त जनताले पाउँनुपर्ने डबल राशन अधिकारीवर्ग अनि होलसेलर मिलेर घोटाला गरेको आवश्यक परे प्रमाण पनि सार्बजनिक गर्ने चेतावनी दिए। तिनले यस समबन्धमा कुनै पनि नेताहरुको नाम नलिईकन कुर्सीमा बस्ने नेताहरु अनि राजनैतिक पार्टीले निम्न स्तरका जनताहरुको हितमा आवज उठाउँनुपर्ने माग गरे। तिनले जनताको हितको निम्ति गैरसरकारी संगठनहरु समेत सडकमा उत्रनुपर्ने आह्वान गरेका छन।

No comments: