Pages

Tuesday 13 November 2012

कृषक कल्याण संगठनद्वारा जिल्लापाललाई ज्ञापन

photo lavainfo
 कालेबुङ 12 नोभेम्बर। कृषि मन्त्रालय भारत सरकारद्वारा दूध उत्पादन साथै पशु सम्पदाको बिकासको निम्ति कृषकवर्गलाई प्रदान गरिने भत्ता आजसम्म कृषकवर्गले प्राप्त नगरेको बिरोधमा कालेबुङ कृषक कल्याण संगठनले बिभाग बिरुद्ध कानुनी कार्वाही गर्ने चेतावनी दिएको छ। सरकारद्ले दार्जीलिङ पहाडको कालेबुङ महकुमा अन्तर्गत खण्ड एकको निम्ति लगभग तीन करोड अनुमोदन गरेको दाबी गर्दै उक्त राशी अझसम्म क्र्षकवर्गले पाउन नसकेको आरोप लगाउँदै आज जिल्लापाललाई खण्ड प्राणी सम्पदा बिकास अधिकारी मार्फत ज्ञापन पत्र चडाएको छ। सरकारद्वारा अनुमोदन उक्त राशी बिभागलाई हस्तान्तरण गरे पनि बिभागले कृषकवर्गलाई नदिएको आरिप लगाउँदै उक्त धनराशी यथाशिघ्र पाउँनुपर्ने माग गरेको छ।

 संगठनले उक्त धनराशी आगमी 16 नोभेम्बरसम्ममा पाउँनुपर्ने माग गर्दै यदि नपाए आगमी 17 नोभेम्बरको दिन समपन्न हुने 16 औ राष्ट्रिय प्राणी सम्पदा बिकाश सप्ताह 2012 बहिष्कार गर्ने चेतावनी समेत दिएको छ। पहाडका किनारीकृत कृषकवर्ग सरकारी सहुलियतबाट बञ्चित रहेको कारण आर्थीक समस्याको चपेटमा परीरहेको दाबी गर्दै यस्तो परिस्थितिमा पनि बिभागले कृषकवर्गको सहुलियत प्रदान नगर्नु दुर्भाग्यपूर्ण रहेको संगठनले दाबी गरेको छ। यस सम्बन्धमा बिभागले यथाशिघ्र पहल गरेर क्र्षकवर्गको सहुलियत प्रदान गर्नुपर्ने माग गर्दै यदि उक्त सहुलियत प्रदान नगरे कानुनी कार्वाही गर्ने संगठनका महासचिव बिष्णु छेत्रीले बताएका छन।

No comments: