Pages

Friday, 14 September 2012

कालेबुङमा गोरामुमो पार्टीको पोष्टरिङ

 डी के वाइबा, कालेबुङ 14 सितम्बर। मिरिक अनि खरसाङ क्षेत्रमा गोरामुमो पार्टीको पोष्टर टाँसिए पछि आज कालेबुङ शहरमा पनि गोरामुमो पार्टीले पोष्टरिङ गरेको छ। दार्जीलिङको गोर्खा रङगमञ्च भवनको बुर्जामा रहेको गोर्खा सिपाहीको मूर्ती हटाईएको बिरोध गर्दै गोरामुमो पार्टीले गोर्खा बिरोधीहरु होशियार भनि पोष्टरमा उल्लेख गरेको छन। आज बिहान अचानक शहरको बिभिन्न स्थानहरुमा गोरामुमो पार्टीको पोष्टरहरु देखा परे पछि चर्चा गरिरहेका थिए। उक्त पोष्टर यहाँको थाना डाँडा, मोटर स्ट्याण्ड , डम्बर चौकमा टाँसिएको थियो भने पोष्टर कसले अनि कुन समय टाँसे भन्ने कुराको भने कसैले सुईँको समेत पाउँन सकेनन। पोष्टरमा गोर्खा रङ्गमञ्चको मूर्ती हटाईको बिरोध गर्नुको साथै यहाँको तोपखाना स्थित शहीद पार्कलाई मोटर स्ट्याण्ड बनाउँने कार्यको पनि बिरोध गरेको छ। हाल गोरामुमो पार्टीको शासन कालमा स्थापित शहिद पार्कलाई मोटर स्ट्याण्ड बनाउँने कार्य भएको कुरालाई उल्लेख गर्दै 12 सय सहिदहरुको स्मारक तोडेनेहरु गोर्खा बिरोधी भनि पोष्टरमा उल्लेख गरेको छ।

No comments: