Pages

Wednesday, 12 September 2012

दार्जीलिङ पहाडमा युटीको प्रचार गर्न हिल कङ्ग्रेसले केन्द्र अनि राज्यबाट कङ्ग्रेसका नेताहरु ल्याउँने


कालेबुङ 12 सितम्बर। एकातिर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा सम्पूर्ण बिभागहरुको क्षमता मोर्चाले आफ्नो हातमा ल्याउँने प्रयास गरिरहेको छ भने अर्कोतिर पहाडमा युनियन टेरोटोरियलको मुद्दा अघि बडाउँने घोषणा गरेको छ। दार्जीलिङ जिल्ला कङ्ग्रेसका महासचिव दिलीप प्रधानले आज पत्रकारहरु संग कुराकानी गर्दै दार्जीलिङ पहाडको बिकास युनियन टेरोटोरियलको माध्यमबाट गर्न सकिने दाबी गर्दै छुट्टै राज्य गोर्खाल्यण्ड बाहेक एकमात्र युनियन टेरोटोरी सर्बोत्तम बिकल्प रहेको तिनले दाबी गरेका छन।

 बिगत लोकसभा चुनावमा दार्जीलिङ पहाडका मानिसहरुको जनसमर्थन युनियन टेरोटोरीमा रहेको देखाए संसदमा कङ्ग्रेसले युनियन टेरोटोरीको मुद्दा उठाउँने कङ्ग्रेस हाईकमाण्डले आफुहरुलाई प्रतुश्रुति दिएको पनि तिनले जनाए। उक्त चुनाउमा आफुहरुले युटीको प्रचार गर्दा यहाँ सबैले गोर्खाल्याण्ड चाहन्छन भन्दै गोर्खाल्याण्डकै मुद्दामा जसवंत सिह सांसद बनेर गए पनि समस्या भने समाधान नभएको तिनले जनाए। आफुहरुले यहाँका मानिसहरुलाई केन्द्रको कङ्ग्रेसले युटी दिन तयार भएको कुरा गर्दा आफुहरुको कुराप्रति बिश्वास नगरेको बताउँदै अब केन्द्र अनि राज्यबाट कङ्ग्रेस पार्टीका उच्चस्तरीय नेताहरु दार्जीलिङ पहाड ल्याएर युटीको प्रचार गर्ने तिनले थप बतएका छन।

 यस सम्बन्धमा आगमी 15 सितम्बरको दिन दार्जीलिङ जिल्ला कङ्ग्रेसको सभा बसेर यस बिषयमा प्रस्ताव पारित गरेर युटीको पहल शुरु गर्ने तिनले थप जनाएका छन। तिनले अहिले दार्जीलिङ पहाडको राजनितिक परिस्थिति ठिक नभएको जनाउँदै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन पनि गठन हुने नहुने कुराम प्रश्न चिन्ह खडा भएको पनि प्रधानले बताएका छन। तिनले युटीको निम्ति आफुहरुले यहाँ प्रचार गर्दा स्थानिय मानिसहरुले पत्यार नदिएपछि अब केन्द्र अनि राज्यबाट नेताहरु ल्याएर नै जनतालाई अवगत गराउँने पनि तिनले जनाएका छन।

No comments: