

कार्यक्रमलाई सम्बोधन गर्दै ए.आई.सी.सी.टि.यु –का महासचिव सपन मुखर्जीले भने ‘देशमा विद्धमान भ्रष्टचार जस्तो रोग सहनशील र कमजोर आन्दोलनको भरमा मात्र निमिट्यान्न पार्न सकिन्न। सरकारलाई भ्रस्टचारलाई उखेलेर फ्याक्ने प्रभावशाली उपाय ग्रहण गर्न वाध्य बनाउने हो भने विप्लवी अनि जुझारू आन्दोलन निर्माण गर्नु पर्छ।’
अल इन्डिया स्टुडेन्ट एसोसिएसनका राष्ट्रिय सचिव रवि रायले भने ‘बिगत बर्षमा हामीले जन्तर मन्तरमा भ्रष्टचारकै विरोधमा प्रशासनबाट जन्तर मन्तरमा धरनाको निम्ति तोकिएको मियादको अवामानना गर्दै जनताको आवाज फैलाउन १०० घन्टे बेरिकेड-को कार्यक्रम गरेका थियौँ। यसचोटी हामी संसद भवनतिर पस्न अघि लगाइएको प्रहरी ब्यरिकेड तोडेर देशका शासकवर्गलाई यो चेतावनी दिन चाहन्छौँ कि आगामी दिन हामी भ्रष्टचारको विरुद्ध देशव्यापी रूपमा यसभन्दा घनिभुत आन्दोलन निर्माण गरेर लैजानेछौँ।’


No comments:
Post a Comment