Pages

Tuesday 28 August 2012

स्वास्थ्य बिभागकी भारप्राप्त सभासद आशा गुरुङले गरिन महकुमा अस्पतालको दौडाह

डी के वाइबा, कालेबुङ 28 अगस्त। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (गोक्षेप्र) को स्वास्थ्य बिभागका भारप्राप्त सभासद आशा गुरुङले आज यहाँको महकुमा अस्पतालको दौडाह गरेर जानकारी लिईन। यस अवसरमा तिनीसंगै सभासद निमा तामाङको पनि उपस्थिति रहेको थियो। 

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा स्वास्थ्य बिभाग प्राप्त गरेपछि पहिलोपल्ट कालेबुङ महकुमा अस्पतालको भ्रमणमा आएकी आशा गुरुङले यस अवसरमा महकुमा अस्पतालको भ्रमण गर्दै अस्पतालमा रहेको समस्याहरुबारे महकुमा स्वास्थ्य अधिकारी शुभरत्न प्रधानबाट जानकारी लिए।

 यस अवसरमा तिनले अस्पतालमा रहेको सम्पूर्ण वार्डहरुको पारिभ्रमण गर्दै बिरामीहरुसंग पनि कुराकानी गरे। तिनले प्रत्येक बिरामीहरु संग कुराकानी गर्दै अस्पतालमा बिरामीहरुले के कस्ता समस्याहरु भोग्न परिरहेको छ भन्ने बारेमा पनि सोध खोज गरे। यस अवसरमा तिनलाई यहाँको महकुमा अस्पतालका कर्मीहरुले भव्य स्वागत गरे।

 सोहि क्रममा तिनले अस्पतालमा रहेको समस्याहरु आगमी दिनहरुमा कसरी समाधान गर्न सकिन्छ अनि यस बिषयमा कस्तो पहल गर्नु आवश्यक छ भन्ने बिषयमा पनि तिनले स्वास्थ्य अधिकारी शुभरत्न प्रधान अनि सम्पूर्ण चिकित्सक लगायत नर्सहरु संग बैठक पनि गरिन।

 दार्जीलिङबाट अचानक कालेबुङ महकुमा अस्पतालको दौडाहमा आएकी सभासद आशा गुरुङ यसै अवधी पत्रकारहरु संग कुराकानी गर्दै अस्पतालको सम्पूर्ण समस्याहरु समाधान गर्न आफु कार्य गर्ने बताउँदै यस सम्बन्धमा सरकार संग गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको माध्यमबाट पहल गर्ने प्रतिश्रुति दिए।

 तिनले दार्जीलिङ शहरको सरकारी अस्पताल भन्दा कालेबुङ महकुमा अस्पताल सफा अनि व्यवस्थित रहेको बताउँदै यसलाई अझ व्यवस्थित बनाएर अघि बडाउँनुपर्ने पनि आह्वान गरिन। दार्जीलिङ पहाडमा बिगत दिनहरुमा गोरामुमो पार्टीले शासन गर्दा यहाँको स्वास्थ्य बिभागहरुले राम्रो कार्य नगरेको आरोप लगाउँदै पहाडको अस्पतालहरुको अवस्था सोचनीय हुनमा माकपा सरकारको लापारवाही रहेको पनि आरोप लगाईन। 

अहिले घरी दार्जीलिङ पहाडका मानिसहरु स सानो बिरामीहरुको जाँच गर्न सिलगडी जान पर्ने बताउँदै पहाडमा राम्रो व्यवस्थित अस्पतालको निर्माण गर्न सके पहाडका मानिसहरु स्वास्थ्य जाँच गर्न बाहिर जान नपर्ने तिनले थप जनाईन।

 यस अवसरमा तिनले पहाडमा रहेको प्रत्येक खण्ड स्तरको स्वास्थ्य केन्द्रहरु बिकशित गरेर मह्कुमा अस्पताल झै बनाउँने बताउँदै महकुमा अस्पतालहरुको स्तरलाई अझ बडाएर अझ व्यवथित अस्पतालहरु बनाउँन सक्दो प्रयास गर्ने पनि आशा गुरुङले पत्रकारहरुलाई बताईन। तिनले कालेबुङ महकुमा अस्पतालमा पनि अहिलेघरी कतिपय समस्याहरु रहेको बताउँदै उक्त समस्याहरुलाई समाधान गर्न पनि पहल गर्ने आश्वासन दिएकी छिन।

 यसै अवसरमा तिनले अहिले पहाडमा रहेका स्वास्थ्य केन्द्रहरुमा चिकित्सक, नर्स लगायत सफाईकर्मीहरुको अभाव रहेको बताउँदै उक्त रिक्त पदहरुमा भर्ना सम्बन्धि पनि पहल गर्ने जानकारी दिएकी छिन। तिनले पत्रकारहरु सित कुराकानी गर्दै मानिसहरुले सरकारी अस्पतालमा जथाभावी मैला गर्ने कार्य गरेको बताउँदै प्रत्येक नागरीकले स्वास्थ्य संग सम्बन्धित बिभागलाई माया गरेर यसको संरक्षण गर्नुपर्ने आह्वान गर्दै सरकारको सम्पति हो भन्ने संकिर्ण मानसिकता त्यागेर हाम्रो सम्पत्ति हो भावना प्रत्येक नागरीले सोच्न पर्ने तिनले थप बताईन।

No comments: