Pages

Friday, 17 August 2012

पीडब्ल्युडी बिभागमा ब्यापक धाँधली भईरहेको माकपा नेता तारा सुन्दासको आरोप



डी के वाइबा,  कालेबुङ 17 अगष्ट। कालेबुङको पीडब्ल्युडी बिभागमा ब्यापक धाँधली भएको माकपा नेता तरा सुन्दासले आरोप लगाएका छन। तिनले 2007 देखि 2010 सम्म पीडब्ल्युडी बिभागले कति कार्य गर्‍यो अनि उक्त कार्यहरुबारे टेण्डर नोटिस कुन पत्र पत्रिकामा सार्बजनिक गरेको छ भनेर बिभागलाई गरेको आरटीआईको जवाबमा बिभागले कागज पत्र खोज्न समय लाग्ने बताएको जनाउँदै उक्त पत्र पठाएको महिना दिन बित्दा समेत कुनै जानकारी नआउँदा आफुले सुचनाको अधिकारको कानुन अन्तर्गत बिभागिय सचिवलाई पत्राचार गरेर जानकारी मागेको बताए।
यस बिषयमा बिभागीय सचिवले बिभागलाई आफुले मागेको जवाब यथाशिघ्र दिनु भनेर पत्राचार गरेको बताउँदै उक्त पत्र आएपछि बिभागले आफुलाई दिएको जवाबमा कामहरुको नाम अनि स्थान साथै शुरु भएको तारिक अनि कार्य समाप्तिको तारिक मात्र उल्लेख गरेको कागज देखाउँदै उक्त काम कुराको कुनै हिसाब नदिएको जानकारी दिए। तिनले बिभागले आफुलाई आरटीआई अनुरुप मागेको जवाबमा किन कार्यको मूल्यबारे जवाब दिएन भन्ने प्रश्न गर्दै यसले बिभागले व्यापक धाँधली गरेको प्रमाणित हुने ठोकुवा गरेका छन। तिनले उक्त कार्यहरुको बिज्ञापन हुने पत्रिकाको नाम मागेको सन्दर्भमा बोल्दै यस बिषयमा पनि बिभागले जवाब नदिएको आरटीआईको प्रतिलिपी जवाब पत्रकारहरुलाई देखाए।
यस सम्बन्धमा तिनले बिभागले अहिले मनमानी कार्य गरिरहेको बताउँदै किन कुनै पनि कार्यको टेण्डर नगरि कार्य गरिरहेको छ भन्ने प्रश्न गर्दै यस्ता कार्यहरु हेर्दा बिभागले बिभिन्न कार्यहरुमा ब्यापक् धाँधली गरेको सुन्दासले आरोप लगाउँदै विभागले किन कुनै कार्यबारे सार्बजनिक जानकारि दिदैन भनि प्रश्न गरे। बिभागको यस प्रकारको कार्यले गरीब जनता मार्ने काम भईरहेको दाबी गर्दै यहाँ बिभागले बिभिन्न प्रकारको कामहरुमा भाईबन्दी गरेर जनतालाई लुट्ने कार्य गरेको पनि तिनले आरोप लगाएका छन। यस बिषयहरुलाई लिएर तिनले थप बिभागिय सचिवलाई पत्राचार गरेर जानकारी मागेको बताउँदै जनताको हितमा आफु लडीरहेको दाबी गरे। तिनले प्रत्येक सरकारी कार्यालयहरुमा पारदर्शी काम हुन पर्ने नियम भएको बताउँदै आज किन बिभागले पारदर्शी कार्य गरिरहेको छैन भनि प्रश्न तेर्साए।

No comments: