डी के वाइबा, कालेबुङ, 17 अगस्त। “हेर्दा सामान्य लाग्ने तर खुबै कलात्मक साथै अर्थपूर्ण फोटोहरु हेर्ने मौका पायौँ। यहाँ राखिएका फोटोहरु साह्रै सुन्दर र मनमोहक छन। प्रकृति प्रेमी मानिसहरुको हृदयलाई झन यहाँ राखिएका प्रत्येक फोटोहरुले छुने गर्छ। फोटो खिच्ने भाईहरु खुबै पारखी छन” – फोकस कालेबुङको आयोजनामा यहाँको टीआरसीमा आयोजित चार दिवसिय फोटो प्रदर्शनी कार्यक्रमबाट बाहिर निस्कन्दै उदय मणी प्रधानले उक्त कुरा भने।
यस अवसरमा तिनले यहाँ राखिएका फोटोहरु एकपल्ट सबैले हेरेर प्राकृतिक सौन्दर्यको आनन्द समेत उठाउँनुपर्ने आह्वान गरे। कालेबुङ क्षेत्रको बिभिन्न प्राकृतिक दृष्यहरुलाई कलात्मक तरिकाले आफ्नो क्यामेरामा कैद गरेका फोटोहरु आजदेखि यहाँको टीआरसीमा प्रदर्शनीमा राखिएको छ। फोकस कालेबुङको आयोजनामा आजदेखि चार दिवसिय उक्त फोटो प्रदर्शनी शुरु भएको छ। कालेबुङका चर्चित फोटो पत्रकार चिन्लोप फुदोङ, साम्तेन काबो, नृपेन्द्र घतानी, गणेशमणी प्रधान, लाडेन भोटिया, प्रविण छेत्री आदिले कालेबुङको बिभिन्न स्थानहरुमा खिचेका फोटोहरु उक्त प्रदर्शनीमा राखिएका छन।
अहिले घरी मानिसहरुमा मास मिडियाको चासो दिनो दिन बृद्धि हुँदै गईरहेको छ। मास मिडियामा रोजगारको राम्रो अवसर समेत रहेको छ। यतिमात्र होईन दार्जीलिङ पहाडमा कालेबुङ पर्यटनको निम्ति पनि परिचित रहेको छ। कालेबुङमा बिभिन्न स्थानहरुमा प्राकृतिक सौन्दर्यहरु रहेका छन। उक्त प्राकृतिक सौन्दर्यहरुलाई पनि हामी फोटो कलाकारिताको माध्यमबाट सबैको सामु उजागर गर्न चाहन्छौ। सोहि उद्देश्यले यसरी हामीले फोटो प्रदर्शनी गरेका हौ भनि फोकस कालेबुङका साम्तेन काबोले भने। तिनले पहाडमा प्राकृतिक सौन्दर्यले प्रत्येक मानिसहरुको मनलाई छुने बताउँदै यहीँ प्राकृतिक सौन्दर्यले आज विश्वका पर्यटकहरु पहाड्मा आएर हेर्न लालायित रहेका हुन्छन भन्दै पर्यटन बिकासको निम्ति पनि फोटो प्रदर्शनी गर्नुको अर्को उद्देश्य रहेको तिनले अझ बताए। यतिमात्र होईन मानिसहरु प्रकृतिसंग नजिकबाट जोडिएको कारण हामीले हाम्रो वातावरण स्वच्छ बनाएर राख्न पर्छ भन्ने सन्देश तथा मानिसहरु प्रकृति प्रेमी बन्नुपर्छ भन्ने सन्देश दिन चाहेका हौ भनि साम्तेन काबोले अझ बताए।
सोहि क्रममा कालेबुङका चर्चित फोटो पत्रकार चिन्लोप फुदोङले कुराकानी गर्दै “आजका युवाहरु फोटो कलाकारिता प्रति दिनोदिन आकर्षित बनिरहेका छन। फोटो कलाकारिता एउटा जटिल बिषय हो। हातमा क्यामेरा बोकेर राम्रो फोटो खिच्ने सपना हरेकले देख्ने गर्छन तर राम्रो फोटो क्यामेरामा कैद गर्न मानिसहरुमा धैर्य हुनपर्छ। फोटो कसरी फ्रेम भित्र सजाएर राख्नुपर्छ भन्ने ज्ञान पनि फोटो खिच्नेहरुलाई थाहा हुन आवश्यक रहेको बताउँदै फोटो कलाकारिता प्रति चासो राख्नेहरुलाई प्रोत्साहन दिन पनि उक्त फोटो प्रदर्शनी राखेको चिन्लोप फुदोङ्ले बताए। तिनले आजका युवाहरुलाई फोटो पत्रकारिता एउटा राम्रो बिषय रहेको बताउँदै यस दिशाप्रति पनि मानिसहरु आकर्षित बनेर आफ्नो भविष्य बनाउँन सकिन्छ भनेर सन्देश दिन खोजेको पनि तिनले जनाए।
यता आजदेखि शुरु भएको उक्त चार दिवसिय फोटो प्रदर्शनी हेरेर पर्यटन बिभागका बिमल गजमेरले सबै फोटोहरु खुबै आकर्षित रहेको बताउँदै यस कार्यले पहाडको पर्यटन बिकाशमा सह्योग पुग्ने मनाशय प्रकट गरे। अर्कोतिर प्रफुल्ल रावले हाल कालेबुङमा युवा फोटो ग्राफरहरु फोटो कलाकारिता प्रति दिनोदिन सजग् बनिरहेको बताउँदै फोटोहरु हेरेर मनलाई छुएको बताउँदै फोटोग्राफरहरुलाई बधाई दिए।
No comments:
Post a Comment