rongotimes
कालेबुङ नगरपालिकाले आफ्नो गठनको झण्डै 8 महीनापछि आर्थिक वर्ष 2012-13 को निम्ति मोठ 18 करोड़ 35 लाखको रूपियॉं बराबरको बजेट पेश गरेको छ। रेभेन्यू बजेट अनि क्यापिटल बजेट गरि दुइ भागमा विभाजन गरिएको वार्षिक बजेटमा 9 करोड़ 36 लाख बराबरको रेभेन्यू बजेटको लक्ष्य राखिएको छ भने 8 करोड़ 99लाख रूपियॉं बराबरको क्यापिटल बजेटको परियोजना बनाइएको जानकारी नगरपालिका अध्यक्ष एलबी परियारले दिएको छ।
रेभेन्यू बजेट अर्थात् नगरपालिका क्षेत्रबाट करको रूपमा संकलन गरिएको राशिलाई नगरपालिका कर्मचारीको मासिक वेतन, उनीहरूको क्वार्टर निर्माण अनि मरमति साथै अन्य प्रशासनिक कार्यको खर्च गरिनेछ। जसमा फुटपाथ,बाटो निर्माणको निम्ति 6.10 लाख र मरमतिको निम्ति 29 लाख 88 हजार रूपियॉं आवन्टित गरिएको छ। यसैगरि क्यापिटल बजेट 8 करोड़ 99 हजारबाट सोलिड वेस्ट म्यानेजमेण्टको निम्ति 1 करोड़ 13 लाख रूपियॉं, पेय जल परियोजनाको निम्ति 72 लाख 73 लाख रूपियॉं, विद्युतीकरणको निम्ति 8 लाख रूपियॉं र स्ट्रीट लाइटको निम्ति 3 लाख 90 हजार रूपियॉं बराबरको योजना बजेट बनाइएको छ। क्यापिटल बजेट अन्तर्गत नै नगरपालिका क्षेत्रको बस स्ट्याण्ड, लिक्विड वेस्ट म्यानेजमेण्ट, शौचालय जस्ता अन्य सार्वजनिक परियोजनाहरू पनि निर्माण गरिने जानकारी परियारले दिएका छन्। कालेबुङ नगरपालिकाको दुइ मुख्य समस्याहरूमा पिउने पानीको निम्ति अलगै परियोजना निर्माण गरिने जानकारी दिए। जस अन्तर्गत 72 लाख 73 हजार बराबरको प्रथम पेय जल परियोजना बनाइएको छ। जसलाई जियोलोजिकल सर्वे अव् इण्डियाद्वारा स्थलगत निरीक्षण गरिसकेपछि कार्यान्वयन गरिनेछ भने यस परियोजनामा टिस्टा र रेलीको पानीलाई पम्प गरेर संकलन गरि शुद्ध बनाइ वितरण गरिने भावी योजना रहेको छ। मैला व्यवस्थापनको निम्ति पनि नगरपालिकाले छुट्टै परियोजना निर्माण गरिरहेको जानकारी पनि उनले दिएका छन्। कालेबुङ शहरको ट्राफिक व्यवस्थापनको निम्ति निर्माण हुने भनिएको बहुचर्चित नोभेल्टी परिसरको बस स्ट्याण्ड एवं मल्टिकम्प्लेक्स परियोजना पनि नवगठित जीटीए प्रशासनद्वारा पारित हुने क्यापिटल बजेट अन्तर्गत निर्माण गरिने जानकारी े गराए।

No comments:
Post a Comment