डी के वाइबा, कालिमन्युज, कालेबुङ: आगामी 29 जुलाईको दिन हुने जीटीए चुनाउमा निर्विरोध बिजयी हुने गोजमुमो पार्टीका चारजना प्रार्थीहरुलाई आज महकुमा आधिकारी एल एन शेर्पाले प्रमाण पत्र दिएर बिजय भएको औपचारिक घोषणा गरे। यस अवसरमा महकुमा अधिकारी शेर्पाले 34 नम्बर होम्स भालुखोप समष्टिबाट निमा तमाङ, 35 नम्बर बोङ दुर्बिन समष्टिबाट सुनिल प्रधान, 36 नम्बर डुङग्रा पुदुङ समष्टिबाट अवकाशप्राप्त कर्णल रमेश आले अनि 39 नम्बर रम्फु मन्सोङ समष्टिबाट गोपाल रुचाललाई बिजय बनेको प्रमाण पत्र दिए।

उक्त सिटहरुमा मोठ 19 जना प्रार्थीहरु रहेको बताउँदै अब यस बिषयमा पुलिस प्रशासनसंग बैठक गरेर चुनाउको निम्ति अतिरिक्त फोर्स तैनाथ गर्ने पनि तिनले जानकारी दिएका छन। यसै सिलसिलामा तिनले तृणमूल कङ्ग्रेस पार्टीको आफ्नो चुनाउ चिन्ह पहिल्यैबाट भएको कारण तिनीहरु घाँसको पातमा दुईवटा फूलको नक्सा लिएर चुनाउमा लडने बताएका छन भने गोजमुमो पार्टीको निम्ति पार्टीकै अनुरोधमा झुल्के घामको चिन्ह रहेको बताएका छन। अर्कोतिर कालेबुङमा एकमात्र रहेका निर्दलीय प्रार्थी सञ्चबिर सुब्बाको निम्ति भने गुड्डी चुनाउ चिन्ह रहेको तिनले थप जानकारी दिएका छन।
No comments:
Post a Comment