डी के वाइबा, कालेबुङ 12 जुलाई: दार्जीलिङ पहाडमा अन्तिम मोडमा आएर जीटीए चुनाउ खुबै रोचक बन्न पुगेको छ। जीटीए सभाको निम्ति गोजमुमो पार्टीले निर्विरोध बहुमत हासिल गरे पनि चुनावी मैदानमा उत्रिएका तृणमूल प्रार्थीहरुले भने मोर्चासंग टक्कर लिनेनै भएको छ। आज चुनाउको निम्ति नामाङकन दर्ता गर्नेहरुले नामाङकन पत्र फिर्ता लिने अन्तिम समयसम्म तृणमूल कङ्ग्रेसका प्रार्थीहरुले नामाङकन पत्र फिर्ता नलिएपछि मोर्चाको 45 वटा आसनहरुमा निर्विरोध बिजयी बन्ने सपना चकनाचुर भएको छ। सबैभन्दा रोचक चुनावी टक्कर भने मोर्चाको कालेबुङ महकुमाको मोठ 9 वटा समष्टिमा हुने भएको छ।
उक्त 9 वटा समष्टिहरु मध्ये मोर्चालाई बिजय गर्न41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टिमा सबैभन्दा धेर संघर्ष गर्नु पर्ने भएको छ। उक्त समष्टिमा मोर्चा प्रमुख बिमल गुरुङले मोर्चा उपाध्यक्ष कल्याण देवानलाई प्रार्थी बनाएका छन भने मोर्चाकै नेता सञ्चबिर सुब्बा निर्दलीय प्रार्थीको रुपमा खडा भएका छन भने तृणमूल कङ्ग्रेसबाट ब्रुनो लेप्चा खडा भएको कारण सबै भन्दा धेर संघर्षको केन्द्र बिन्दु 41 नम्बर समष्टि बन्न पुगेको छ।
गोजमुमो पार्टीको बर्चस्व रहेको पहाडमा मोर्चालाई चुनावी मैदानमा चुनौति दिन ओर्लिएका तृणमूल कङग्रेस पार्टीका प्रार्थी गौतम कालिकोटेले बुधबार आफ्नो नामाङकन पत्र फिर्ता लिएपछि अन्य तृणमूलका पार्टीहरुले पनि नामाङकन पत्र फिर्ता लिने सम्भावना रहेको थियो। यस्तो ब्यापक अन्योलताबिच आज नामाङकन पत्र फिर्ता लिने अन्तिम समयसम्म मोर्चा प्रार्थीहरुले आफ्नो प्रतिपक्षीको रुपमा खडा हुने तृणमूलका प्रार्थीहरुले नामाङकन फिर्ता लिने अपेक्षा साँच्दा साँच्दै अन्तमा रहल 9 वटा सिटहरुको निम्ति 9 जना प्रार्थीहरुले नामाङकन पत्र फिर्ता नलिँदा मोर्चाका प्रार्थीहरु हिस्रिक्कै परेर चुनाउमा सय प्रतिशत भोट प्राप्त गरेर बिजयी बन्ने ठोकुवा गर्न बाध्य बनेका छन।
नामाङकन पत्र फिर्ता लिने प्राशासनले 3 बजे बेलुकी अन्तिम समय निर्धारण गरेको थियो भने ठिक तीन बज्न दश मिनट् बाँकी हुँदा तृणमूल नेता छेवाङ भोटिया महकुमा कार्यालयमा आईपुग्दा तिनले नामाङकन पत्र फिर्ता लिनसक्ने सबैले अनुमान गरेका थिए। तर तिनले सबैको अनुमानलाई गलत प्रमाणित गर्दै नामाङकन पत्र फिर्ता लिन नआएर चुनाउँ चिन्ह लिनआएको बताउँदा सबै मानिसहरु अवाक बनेका थिए। तिनले यसै सिलसिलामा भने – “तृणमूल कङ्ग्रेसले पहाडमा चुनावी मैदान छोडेर मोर्चालाई वकओभर दिन नामाङकन पत्र दर्ता गरेको होईन। हामी चुनाउ लडेर देखाउँने छौँ, यसमा हाम्रो जित हुन्छ भन्ने कुरामा हामी बिश्वस्त छौ” ।
यसै क्रममा बुधबार कालेबुङबाट नामाङकन पत्र दर्ता गर्ने तृणमूल कङ्ग्रेसका प्रार्थी गौतम कालिकोटेले नामाङकन पत्र फिर्ता लिएको सन्दर्भमा प्रश्न गर्दा उक्त कुराको आफुलाई जानकारी नभएको बताउँदै तिनलाई नै प्रश्न गर्नु भनि भोटियाले सुझाव दिए।
बर्तमान समयमा पहाडमा गोजमुमो पार्टीले गणतन्त्रको हनन गरिरहेको दाबी गर्दै तृणमूल कङ्ग्रेसको मुल लक्ष्यनै गणतन्त्र स्थापना हो भनि छेवाङ भोटियाले थप बताएका छन। प्रशासनले निर्धारित गरेको समय सिमासम्म कालेबुङबाट रहल तृणमुल कङ्ग्रेसका प्रार्थीहरुले नामाङकन पत्र फिर्ता नलिएपछि गोजमुमो भर्सेस तृणमूल कङ्ग्रेसको चुनावमा जोडदार टक्कर हुने भएको छ। यता गोजमुमो पार्टीका स्टडी फोरमका बरिष्ठ् सदस्य तथा 42 रेली समथार समष्टिका प्रार्थी डा आर बी भुजेलले पत्रकारहरुसित बोल्दै गोजमुमो पार्टीले कालेबुङ महकुमा क्षेत्रको रहल 9 वटा सिटहरुमा निसन्देह बिजय हासिल गर्ने दाबी गरेका छन।
पहाडमा गोजमुमो पार्टीसित जनमत रहेको कारण यहाँ अन्य राजनैतिक पार्टीहरुले बिजय हासिल गर्छ भन्ने कुरामा कसैले सन्देह गर्नु नहुने बताउँदै मोर्चा प्रार्थीहरुले सय प्रतिशत भोट पाएर बिजय हुने तिनले थप दाबी गरेका छन।
कालेबुङ महकुमा समष्टिको दृष्य
समष्टि
|
गोजमुमो
|
तृणमूल
|
निर्दलीय
|
मतदाता सङख्या
|
32छिबो टाँसिडिङ
|
काजिम छिरिङ भोटिया
|
महेन्द्र गजमेर
|
13413
| |
37अलगडा दलपचन्द
|
कल्पना तामाङ
|
सुकबहादुर सुब्बा
|
13228
| |
38 लाभा लिङ्से
|
सी पी पौड्याल
|
सी पी शर्मा
|
8589
| |
40 पेदोङ
|
दावा लेप्चा
|
छेवाङ भोटिया
|
1019
| |
41निम्बोङ गितडाब्लिङ
|
कल्याण देवान
|
ब्रुनो लेप्चा
|
सञ्चबिर सुब्बा
|
10561
|
42 रेली समथार
|
डा आर बी भुजेल
|
माईकल लिङदामो
|
13714
| |
43 गोरुबथान
|
चन्द्र योञ्जन
|
प्रेमबहादुर अधिकारी
|
19236
| |
44सामसिङ कुमाई
|
सामुएल गुरुङ
|
उर्गेन शेर्पा
|
8960
| |
45रोङ्गो जलढका
|
लोब्साङ लामा
|
प्रेमदोर्जे मोक्तान
|
5805
|
No comments:
Post a Comment