डी के वाइबा: कालेबुङ ५ जुलाई : जीटीए चुनाउको ज्वरो चडेको दार्जीलिङ पहाडमा एसएससी परिक्षार्थीहरु भने चेपारोमा पर्न पुगेका छन्। आगमी २९ जुलाईको दिन राज्यको स्कूल सर्भिस कमिसनले राज्यभरी बिद्यालयहरुमा सह शिक्षकहरुको नियुक्ति गर्न परिक्षा आयोजना गरिरहेको छ भने अर्कोतिर दार्जीलिङ पहाडमा सोहि दिन जीटीए चुनाउ हुन गईरहेको छ। स्कूल सर्भिस कमिसनले दार्जीलिङ पहाडको बिद्यालयहरुमा शिक्षकहरु नियुक्तिको निम्ति परिक्षा नगरे पनि पहाडका बिद्यार्थीहरुले सिलगडी महकुमा अनि जलपाईगडी जिल्लाको निम्ति फारम भरेका छन्। जसको परिक्षा आगमी २९ जुलाईको दिन हुने भएको छ। कमिसनले उक्त परिक्षाको निम्ति आगमी ९ जुलाईदेखि एडमिट कार्ड बितरण गर्ने सबै परिक्षार्थीहरुलाई सूचित गरिसकेको छ। एकातिर कमिसनले २९ जुलाईको दिन परिक्षा गरेर बिभिन्न बिद्यालयहरुमा साहशिक्षकहरुको नियुक्ति गर्ने भएको छ अर्कोतर्फ सोहि दिन दार्जीलिङ पहाडमा भने राज्य सरकारले जीटीएको चुनाउ गराउँन चहाहेर दार्जीलिङका शिक्षित बेरोजगारहरुको पेटमा लात मार्ने काम गर्न खोजिरहेको एसएससी परिक्षा दिने परिक्षार्थीहरुले गुनासो पोखेका छन। राज्य सरकारले चुनाउको मिति घोषणा गर्न अघि यसबारेमा बिचार गरेर फसेला लिनुपर्थ्यो भनि परिक्षार्थी बिरेन भुजेलले आज बताएका छन्। तिनले पहाडमा दिनो दिन शिक्षित बेरोजगारहरु बडीरहेको बताउँदै यस बिषयमा सरकारले ध्यान दिएर पहाडमा समेत शिक्षकहरुको नियुक्ति गर्नुपर्ने माग गर्दै यसरी परिक्षाको दिन चुनाउ गर्ने निर्णय लिएर राज्य सरकारले पहाडका परिक्षार्थीहरु माथि पक्षपात गरिरहेको तिनले थप आरोप लगाएका छन्। एकातिर पहाडमा राज्य सरकार चुनाउ गराउँन जुटिरहेको छ भने अर्कोतर्फ पहाडका राजनैतिक पार्टीका नेताहरुले यस बिषयमा कुनै बिचार नगरिरहेको तिनले आरोप लगाउँदै केहि महिना अघि दार्जीलिङ पहाडको निम्ति रिजनल एसएससी गठन हुने हल्ला मात्र नेताहरुले गारेको भुजेलले थप आरोप लगाएका छन्। पहाडमा अहिले घरी भिन्न बिद्यालयहरु बडोत्तरी भएको समाचार दैनिक समाचार पत्रहरुमा छापामा आईरहेको बताउँदै उक्त बिद्यालयहरुमा राज्य सरकारले शिक्षकहरु नियुक्ति गर्न भने कुनै चासो नदेखाएको आरोप सागर राईले लगाएका छन्। तिनले पहाडमा जीटीएको चुनाउ हुन सही रहेको बताउँदै तर चुनउ गराउँन अघि राज्य सरकारले किन एसएससी परिक्षालाई ध्यन दिएन भनि प्रश्न गरे। कुनै पनि परिक्षा चुनाउको समयमा आजसम्म नभएको बताउँदै राज्य सरकारले कि त जीटीएको चुनाउलाई पछि सार्नुपर्छ होईन भने परिक्षालाई पछि सार्नुपर्छ भनि तिनले माग गरे। यस बिषयमा पहाडको बर्तमान शक्तिसाली राजनैतिक पार्टी मानिने गोजमुमो नेताहरुले समेत ध्यन दिनुपर्ने तिनले सुझाव राखे। यसै सन्दर्भमा तिनले केहिमहिना अघि राज्यसरकार अनि कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री साथै शिक्षक संगठन जेएसटीओले दशदिन भित्रमा पहाडमा रिजनल एसएससी लागु भएर शिक्षकहरुको नियुक्ति गर्नेछ भनि दाबी गारेको कुरा आज कता हरायो भन्ने प्रश्न गर्दै बिधायक छेत्री अनि जेएसटीओलाई दश दिन बितेको थाह छैन कि ? भनि प्रश्न गरे। तिनले आफुहरु कुनै राजनैतिक रङले नमुछिएको दाबी गर्दै पहाडको शिक्षा व्यवस्थालाई सुदृढ बनाएर लानु शिक्षकहरुको नियुक्ति आवश्यक रहेकोले नै आज यसरी मिडिया अघि गुनासो पोख्न बाध्य बनेको पनि सागरलाईले भने। पहाडमा शिक्षकहरुको नियुक्ति भए शिक्षा व्यवस्था सुदृढ बनिएर जानुको साथै यसले बेकारी समस्या समेत केहि तहसम्म समाधान गर्ने भएको कारण यस बिषयमा राजनैतिक पार्टीका नेताहरुले गाम्भिरतापूर्वक ध्यन दिन आवश्यक रहेको तिनले माग गरेका छन्।
No comments:
Post a Comment