बिशेष प्रतिनिधि, , कालेबुङ, 1 जुलाई 2012: छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई बिसाएर गोजमुमो पार्टीले त्रिपक्षिय सम्झौता गरेर थापेको जीटीए वर्ष दिनपछि अब अस्तित्वमा आउँने भएको छ। राज्य सरकार, केन्द्र सरकार अनि गोर्खा जनमुक्ति मोर्चा बीच गत बर्ष सम्झौता भएको जीटीए तराई डुवर्सको भू-भाग बिषयलाई लिएर बर्ष दिनसम्म कार्यन्वयन हुन नसकेपछि यसको अवस्था सुवास घिसिङले सम्झौता गरेको छैटौ अनुसुचि जस्तै हुने अडकलबाजी चलिरहेको समयमा राज्य सरकारले चुनाउको मिति घोषणा गरेर ढिलै भए पनि कार्यन्वयन हुने निश्चित बनेको छ।
राज्य सरकारले आगामी 29 जुलाईको दिन जीटीएको चुनाव हुने घोषणा गरेपछि पहाडमा चुनावी हावा एक्कासि तातिन पुगेको छ। बिशेष गरेर जीटीएमा सम्झौता गर्ने दल गोजमुमो पार्टीले चुनाउको बाटोमा जाने औपचारिक घोषणा गरेपछि पहाडमा चुनाउको ज्वरो बडन पुगेको छ। राज्य सरकारले चुनाउको घोषणा गर्न साथै पहाडमा चुनावी हावा त तातिएकै छ यसको साथै प्रशासनले समेत चुनावी प्रकियालाई अघि बडाउँने कार्य थाल्नी गरेको छ। गोर्खा जनमुक्ति मोर्चाले 44 महिना आन्दोलन गरेर ल्याएको जीटीएको चुनाउ गराउँन राज्य सरकार पहिल्यै तयार बनेको भए पनि तराई डुवर्सको भू-भागबारे हाईपावर कमिटिको रिपोर्ट नआएसम्म गोजमुमोले पहाडमा चुनाउ हुन नदिने घोषणा गरेपछि उक्त चुनाउ हुन सकेको थिएन। पहिले तराई डुवर्सको एक ईञ्च भू-भाग छोडदिन भन्ने पार्टीले तराई डुवर्सको केवल पाँचवटा मात्र मौजाहरु पाउँन सक्ने हाईपावर कमिटिले सिफारिस गरेपछि राज्य सरकारसित रिसाएका मोर्चा नेताहरु चुनाउको ठीक अघि राज्य सरकारकै गुणगान गाउँन व्यस्त बनेको छ।
तराई डुवर्सको भू-भाग नगाभिएसम्म चुनाउ हुन नदिनुको साथै यदि सरकारले समस्याको समाधान नगरे जीटीएको खेस्रा समेत जलाएर पुन: छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन शुरु गर्छु भन्ने गोजमुमो पार्टी प्रमुख बिमल गुरुङ दिल्ली अनि कोलकोता यात्रा सकेर दार्जीलिङमा आउँन साथ मोर्चाले पहिलेको बचन र कसमहरु च्वाट्टै भूलेर चुनाउको बाटोमा जाने निर्लज्ज घोषणा गरेको छ। यतिमात्र होईन राज्य सरकारसित राम्रो वार्ता चलिरहेको समयमा आन्दोलनको कुनै आवश्यक्ता नै छैन भनि मोर्चा प्रमुख बिमल गुरुङले भने पछि तराई डुवर्सको भू-भागलाई मोर्चाले पक्कै तिलाञ्जलि नै दिएको हो कि भन्ने उत्तर बिहिन प्रश्न खडा भएको छ। जुन प्रश्नको उत्तर मोर्चा नेताहरुलाई समेत दिन हम्मे हम्मे देखिन्छ। जीटीएमा तराई डुवर्स मुटु हो भन्ने मोर्चा प्रमुख बिमल गुरुङले एक्कासि दिल्ली अनि कोलकोता यात्रा पछि भाका फेरेर चुनाउको बाटोमा जाने घोषणा गर्नुले तराई डुवर्स अब मोर्चाले पक्कै माया मारेको हुन सक्ने राजनैतिक जानिफकारहरु बताउँछन। यदि मोर्चाले तराई डुवर्सबारे साँच्चै गम्भिर बनेर आन्दोलन गरेको भए जीटीएको सम्झौता गर्न अघि नै सिमानाको कुरा समेत ठाम ठिम मिलाउँनुपर्थ्यो भन्ने राजनैतिक सचेतकहरुको भनाई रहेको छ। यस्तो परिस्थिमा गोजमुमोले 44 महिना आन्दोलन गरेर उपल्बधिको रुपमा ल्याएको जीटीए समेत दिनो दिन ढिलो बनिरहेको कारण सुवास घिसिङले सम्झौता गरेको छिटौ अनुसुचिकै हाल हुने डरले पनि मोर्चाले सरकारसित बाराम्बार बार्गेनिङ गर्नु भन्दा चुनाउको बाटोमा जानु नै उचित ठानेर जीटीएको चुनाउ लडने घोषणा गरेको हुन सक्ने राजनैतिक जानिफकारहरुको मत रहेको छ।
एकातिर पहाडमा जीटीए चुनाउको ज्वरो एकाएक बड्न थालेको छ भने अर्कोतर्फ चुनावमा पहाडका बिपक्षी दलहरुको के भुमिका हुन्छ भन्ने पनि प्रश्न जागेको छ। बारम्बार छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको बाटोमा जीटीए बाधा हो भनि दाबी गर्ने पहाडमा बिपक्षी राजनैतिक दलहरुले चुनाउमा भाग लिए कुन मुद्दालाई अघि बडाउँने हुन भन्ने प्रश्न पनि सबैको अघि अभेको छ। एकातिर गोजमुमो प्रमुख बिमल गुरुङले जीटीए सभाको मोठ 45 वटा आसनहरुमानै मोर्चाले जित्ने दाबी गरिरहेको छ भने अर्कोतर्फ बिपक्षी पार्टीहरु अहिलेघरी चुनाउ लड्ने अथवा नलड्ने भन्ने बिषयमा निर्णय लिन बैठक गर्न व्यस्त रहेको छ। पहाडमा 21 वर्ष एकक्षत्र शाषण गर्ने गोरामुमो पार्टीले जीटीएको चुनाउ हुने घोषणा हुन साथै चुनाउ नलड्ने निर्णय लिएको छ भने गोर्खालिग अनि क्रामाकपा पार्टीले चुनाउँमा भाग लिने हो होईन भन्ने बताउन विलम्ब गरेकोले यस बिषयमा पनि मानिसहरु जान्न आतुर रहेका छन।
No comments:
Post a Comment