Pages

Friday, 8 June 2012

A house rebuilt for a 97 yr lady- सरकारले होईन बिदेशका नागरिकले बनाईदिए भुईँचालो पिडीतहरुको घर “उनी हाम्रा निम्ति भगवान नै हुन” – 97 वर्षीय बृद्धा मनमाया राई


A house rebuilt for a 97 yr lady- सरकारले होईन बिदेशका नागरिकले बनाईदिए भुईँचालो पिडीतहरुको घर “उनी हाम्रा निम्ति भगवान नै हुन” – 97 वर्षीय बृद्धा मनमाया राई

डी के वाइबा, कालिमन्युज, कालेबुङ 7 जून: “उनी हाम्रा निम्ति भगवान नै हुन। राजा बस्ने किसिमको घर हाम्रो निम्ति बनाई दिएर ठूलो गुण लगाएका छन। भुँईचालोले एउटा घर समेत भत्काई दिए पछि हाम्रो निम्ति घर बनाउँनु फलामको चिऊरा चपाउँनु जस्तै कठिन थियो। यस्तो अवस्थामा हामीलाई राज बस्ने प्रकारको घर बनाउँनु भएकोमा हामी धन्यवाद दिन्छौ अनि भगवानले सधै तिनलाई साथ दिईरहुन भन्ने प्रार्थना गर्दछौ” – लाभा गितबियोङ ग्राम पञ्चायत अन्तर्गत पर्ने लोवर पासाबुङका 97 वर्षिय मनमाया राईले खुबै खुशी प्रकट गर्दै भनिन। 
तिनको घर गत 18 सेप्टेमबर 2011 को दिन आएको बिनाशकारी भुईँचालोले सबै भत्केको थियो। भुईचालोले एउटा घर समेत भत्केर घर बिहिन बनेका मनमाया राई धेरै दिनसम्म राहत शिविरमा नै दिन काट्दै बसेकी थिईन। पछि तिनीहरुको कहालिलाग्दो दृष्य कालेबुङ प्रेस क्लबको जानकारीमुलक कार्यक्रम दैनन्दिनीमा प्रसारण भए पछि अनेकौ मानिसहरुले सहयोग गर्न अघि आएका थिए भने उक्त कार्यक्रम प्रेस क्लबको वेबसाईटमा हेरेपछि युनाईटेड किङडमका एण्ड्रु स्माईलले होप फेमिली ट्रस्ट मार्फत सहयोग गरिदिने बचन दिए पछि तिनकै उदारतामा आज बृद्धा मनमाया राईको घर पुन: निर्माण भएको छ।
घर निर्माण गर्न अघि युकेबाट एउटा टोलि आएर उक्त स्थानको सर्वे गरेको थियो भने उक्त सर्वेको क्रममा टोलिले बृद्ध मनमाया राईको घर बनाईदिने बचन दिदा तिनले आफु मर्न अघि नयाँ घरमा बसेर मर्ने ईच्छा प्रकट गरेकी थिईन। तिनले टोलिलाई नयाँ घरमा बसेर मर्ने ईच्छा प्रकट गरेपछि युकेका एण्ड्रु स्माईलले तिनको घर यथाशिघ्र निर्माण गर्न होप फेमिली ट्रस्टलाई जिम्मा दिएको थियो भने आज उक्त घर निर्माण पूर्ण बनेपछि स्वय घर निर्माण गरिदिने स्माईलले रिबन काटी घरको औपचारिक उदघाटन गरेर बृद्धा राई परिवारको ओँठमा मुस्कान थपिदिएका छन।
यस अवसरमा युनाईटेड किङडमबाट भुईँचालो पिडीतहरुको घर निर्माण गरिदिने एण्ड्रु स्माईल स्वय उपस्थित रहेका थिए भने होप फेमिली ट्रस्टका किरण छेत्री अनि दैनन्दिनी समाचारका भिडियो पत्रकार मनोज राईको बिशेष उपस्थिति रहेको थियो। यसै क्रममा अझ एण्ड्रु स्माईलले मन्दिर गाउँका भुवन सिह ठकुरी अनि शिला ठकुरीका दुईवटा पक्का घरहरु निर्माण गरिदिने कार्य गरिरहेका छन भने हाल उक्त घरको निर्माण कार्य आधा पूर्ण बनिसकेको छ। यस अवसरमा तिनले बृद्धा मनमाया राईको घर औपचारिक उदघाटन गर्नको साथै स्थानिय गाउँलेहरुलाई खाद्यान्न लगायत लुगाहरु पनि बितरण गरेर उदार हृदयको परिचय दिए।
गरिब मानिसहरुलाई सहयोग गर्ने आफ्नो चाहना रहेको बताउँदै तिनले गाउँलेहरुलाई बिभिन्न प्रकारका खाद्यान्नहरु बितरण गर्दा मानिसहरु खुशी बनेका थिए। यता भुईँचालोले ढलेको घर ठिक आठ महिना पछि बनिएकोमा बृद्धा मनमाया राईले अत्यन्तै हर्ष प्रकट गर्दै एण्ड्रु स्माईललाई घरी घरी धन्यवाद जनाईरहेकी थिईन। यस अवसरमा तिनले आफ्नै हातले पकाएका खानहरु पनि घर निर्माण गरिदिने एण्ड्रुस स्माईललाई पकाएर खुवाउँदा घर निर्माण गरिदिने बिदेशी नागरीक पनि खुशी प्रकट गर्दै अझ यस्ता गरिब परिवारहरुलाई आफुले सहयोग गर्ने बचन दिए।
आफुले एकजना गरिब परिवारको घर निर्माण गरेर तिनीहरुको पुनर्वास गर्न सकेको सन्दर्भमा अत्यन्तै खुशी लागेको बताउँदै आगामी दिनहरुमा उक्त ग्रामीण ईलाकाहरुमा शौचालयहरु निर्माण गरिदिने बचन दिए।
स्मरण रहोस 18 सेप्टेम्बर 2011 को दिन आएको बिनाशकारी भुईँचालोले अनेकौ मानिसहरुको ज्यान गएको थियो भने सयौ मानिसहरु घर विहिन बन्न पुगेका थिए। भुईँचालो पिडीतहरुलाई सरकारले राहत सामग्री दिने कार्य गरे पनि भत्केका घरहरु भने धेरजसो मानिसरुको अझ बनिन सकेको छैन। यतिमात्र होईन कतिपय स्थानहरुमा त झन अझै भुईचालो पिडीतहरुले सरकारले प्रदान गरेको राहत राशी समेत पाउँन नसकेको गुनासो अघि आईरहेको छ। यस्तो परिस्थितिमा दैनन्दिनी समाचारले बिगत वर्ष देखाएको भुईँचालोको कहालिलाग्दो दृष्य देखेर अनेकौ मानिसहरु सहयोहगका हातहरु अघि बडाउँन आउँने क्रममा होप फेमेली ट्रस्टले पनि पिडीतहरुलाई दैनन्दिनी मार्फत सहयोग गर्ने महत कार्य गरेको थियो। दैनन्दिनी समाचारले देखाएको कार्यक्रम वेबसाईटमा हेरेर पछिबाट युनाईटेड किङडमबाट एण्ड्रु स्माईल उक्त भुईँचालो पिडीतहरुलाई सहयोग गर्न होप फेमिली ट्रस्टको माध्यमबाट कालेबुङ आईपुगे अनि तिनकै सहयोगमा आज लाभा गितबियोङ ग्राम पञ्चायत अन्तर्गत पर्ने लोवर पासाबुङका 97 वर्षिय भुईँचालो पिडीत मनमाया राईको घर निर्माण हुन सकेको छ।
18 सेप्टेम्बर 2011 को दिन आएको बिनाशकारी भुईचालोले तिनको घर पूर्णरुपले क्षतिग्रस्त बनेको थियो भने दैनन्दिनीको प्रयासमा होप फेमिली ट्रस्ट मार्फ युनाईटेड किङडमका दाताले उक्त बृद्धा मनमाया राईको घर पुन: निर्माण गरिदिएर तिनले नयाँ घरको सुबिधा पाउँन सकेका छन्। तिनको घर भुईँचालोले ढलेपछि पञ्चायतबाट सरकारी सहुलियत अनि भुईँचालो राहत राशी 35 हजार प्राप्त गरे पनि घर पुन निर्माण गर्नु भने आफुहरुको निम्ति असम्भव बनेको तिनले बताएका छन। युकेका स्माईलको उदारतामा 97 वर्षिय मनमाया राईको घर मोठ एक लाखको लागत खर्चमा निर्माण भएको छ भने घरलाई भबिष्यमा माथिल्लो तल्ला समेत बनाउँन सक्ने गरी सिमेण्टेड पोष्ट निर्माण गरिदिएका छन। यस अवसरमा घर निर्माण गरिदिने एण्ड्रु स्माईलले घर निर्माण गरेर असहाय मानिसहरुलाई सहयोग गर्ने अवसर पाएकोमा खुशि प्रकट गर्दै अझ सहयोगको हात बडाउँन तयार रहेको जनाए।

No comments: