कालेबुङमा घरेलु सिलिण्डर होटलहरुमा प्रयोग गर्नेहरु बिरुद्ध प्रशासनले चलायो छापामारी अभियान
डी के वाइबा, कालिमन्युज, कालेबुङ 7 जून: बालश्रम बिरुद्ध कालेबुङ शहरमा छापा मारेको 24 घण्टा भित्रमा आज शहरमा रहेको बिभिन्न होटल रेस्टुरेण्टहरुमा घरेलु ग्यास प्रयोग गर्नेहरु बिरुद्ध छापा मार्ने काम भयो। पुलिस प्रशासन, अग्नि समन बिभाग, कालेबुङ नगरपालिका, महकुमा अधिकारीका प्रतिनीधि टोली आदिले सयुक्त रुपमा चलाएको छापामारी अभियानमा बिभिन्न होटल रेस्टुरेण्ट आदिबाट मोठ 19 वटा घरेलु ग्यास उद्धार गरिएको छ। यस अवसरमा उक्त छापा मार्ने टोलिमा डिपुटि म्याजिस्ट्रेट टी एन शेर्पा, डिकी भोटिया, अग्नि समन अधिकारी सुकराज सुब्बा, एस आई टी घले, नगर पार्षद द्वय निलिमा तिरुवा अनि बरुण भुजेल लगायत् नगरपालिकाका फूड लाईसेन्स अधिकारी शाहिर अहमद् उपस्थित रहेका थिए।
प्रशासनले 1 जुनदेखि घरेलु ग्यासहरु होटलहरुमा प्रयोग गरिरहेको खण्डमा कार्वाही समेत गर्ने नोटिस सबै दोकानहरुलाई दिएको भएता पनि आज छापामारी कार्यमा भएको घरेलु ग्यासहरुको उद्धारले होटलहरुमा अझै घरेलु ग्यासहरु प्रयोग गरिरहेको कुरा प्रमाणित बनेको छ। आज भएको छापामारी अभियानमा उद्धार गरीएको जम्मै घरेलु ग्यासहरु कालेबुङ नगरपालिकाले जफ्त गरेको छ। यस अवसरमा कालेबुङ नगरपालिकाका फुड लाइसेन्स इन्सपेक्टर शाहिर अहमदले भनेअनुसार आज भेटिएका घरेलु ग्यासका मालिकहरूलाई नोटिस काटिने छ अनि आवश्यकिय जरिमाना तिराइनेछ। यसै सिलसिलामा आज शहरको होटल तथा रेस्टुरेण्ट्हरुमा छापा मार्दा कतिपय दोकानहरु एकदमै फोहोर अवस्थामा रहेको बताउँदै उक्त दोकानहरु बिरुद्ध पनि नगरपालिकाले कार्वाही गर्ने जानकारी दिए।
अर्कोतिर डिपुटी मेजिस्ट्रेट टीएन शेर्पाले भनेअनुसार कालेबुङमा घरेलु ग्यास हाहाकार हुनुको कारण होटल अनि रेस्टुरेन्टहरूमा प्रयोग हुने गरेको कारणले हो। यसलै यी होटल मालिकहरूलाई व्यवसाहिक् ग्यास प्रयोग गर्नुपर्ने अल्टिमेटम दिँदा समेत उनीहरूले विभागीय पहललाई अपत्यारो ठानेकोले नै आज छापा मारिएको हो। बिभागले यस बिषयमा अघिदेखिनै बिशेष ध्यान दिएको कारण आज छापा मार्ने कार्य गरेको बताउँदै उक्त छापा मार्ने कार्य लगातार रुपमा हुने तिनले जानकारी दिए।
No comments:
Post a Comment