बाल सुरक्षा अभियानले पालन गरे विश्व बाल मजदुर बिरोध दिवस
डी के वाइबा, कालिमन्युज कालेबुङ 12 जून: विश्व बाल मजदुर बिरोध दिवसको अवसरमा आज यहाँको बाल सुरक्षा अभियानले महकुमा अधिकारी एल एन शेर्पालाई भेट गरि बिविध मागहरु गर्दै ज्ञापन पत्र सुम्पियो। यस अवसरमा सन 2006 मा स्थापित भएको बाल सुरक्षा अभियानले बिभिन्न स्थानहरुबाट उद्धार गरेका बाल बालिकाहरुको व्यापक सहभागिता रहेको थियो। बालसुरक्षा अभियानले विभिन्न स्थानहरुबाट उद्धार गरेर हाल बिभिन्न बिद्यालयहरुमा अध्ययन गराईरहेको बाल बालिकाहरुले महकुमा अधिकारी शेर्पालाई भेट गरेर शहरमा बड्दो बाल मजदुर समाप्त गर्नको निम्ति सकारात्मक पहल गर्नुपर्ने माग गरे।
सोहि अवसरमा उक्त बाल बालिकाहरुले बाल श्रम बिरुद्ध सरकारले विविध कानुनहरु पारित गरे पनि हाल उक्त कानुनहरु कार्यन्वयन नभएको बताउँदै सरकारले बालमजदुरलाई दिएको सहुलियतहरु सहिरुपले प्रदान गर्नुपर्ने माग गरे। यसका साथै सरकारले बाल श्रम रोक्नुको निम्ति बनाएका कानुनहरु सहिरुपले लागुगर्नुपर्ने पनि उक्त बाल बालिकाहरुले महकुमा अधिकारी समक्ष माग राखे। यसै सिलसिलामा तिनीहरुले बाल श्रम कानुनी रुपले सामाजिक अपराध रहेको हुँडा हुँदै पनि सुबिधा भोगि मानिसहरुले 14 वर्ष भन्दा कम उमेरका बाल बालिकाहरुलाई काममा लगाईरहेको सम्बन्धमा पनि अझ कठोर पाईला चाल्दै यस समबन्धमा बालमजदुर् गर्न लगाउँनेहरुलाई कानुनी कार्वाही समेत गर्नुपर्न माग गरे। यता महकुमा अधिकारी एल एन शेर्पाले बाल सुरक्षा अभियानका बाल बालिकाहरुलाई सम्बोधन गर्दै आफ्नो तर्फबाट सकेसम्म सहयोग गर्ने आश्वासन दिए। तिनले उक्त बाल बालिकाहरुलाई हाल बाल सुरक्षा अभियानले बिभिन्न बिद्यालयहरुमा अध्ययन गराउँने कार्य प्रति सराहना गर्दै सबै बाल बालिकाहरुले राम्रो शिक्षा हासिल गर्नु भनि शुभकामना ब्यक्त गरे।
स्मरण रहोस सन 2006 मा कालेबुङमा स्थापना भएको बाल सुरक्षा अबियानले बाल श्रम बिरुद्ध स्थापना कालदेखिनै पहल गर्दै आईरहेको छ। शहरको बिभिन्न स्थानहरुमा बाल सुरक्षा अभियानले प्रशासन सित मिलेर छापा मार्दा फेला पारेका बाल बालिकाहरुलाई हाल बिभिन्न बिद्यालयहरुमा अध्ययन गराउँने कार्य गरिरहेको छ। उक्त उद्धार भएका बाल बालिकाहरु हाल बाल सुरक्षा अभियानले मोठ 212 जना बालबालिकाहरुलाई शहरको बिभिन्न बिद्यालयहरुमा अध्ययन गराउँने कार्य गरिरहेको छ। जसमध्ये कालेबुङ शहरको नामी बिद्यालय सन्त फिलोमिना बिद्यालयमा मात्र हाल उक्त उद्धार भएकाहरु मध्ये 34 जनाले बिभिन्न श्रेणीहरुमा अध्ययन गरिरहेका छन। सोहि बिद्यालयहरुमा अध्ययनरत बाल बालिकाहरुले आज महकुमा अधिकारीलाई भेट गरेर बाल मजदुर उन्मुलन गर्न सकारात्मक पहल गरिदिने माग गरे। यस अवसरमा महकुमा अधिकारीलाई भेट गरेर ज्ञापन पत्र सुम्पिएपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाब दिदै सेवन दासले आफुहरु बिभिन्न समस्याहरुले बाल मजदुरी कार्यमा धकेलिएको बताउँदै हाल बाल सुरक्षा अभियानले शिक्षा दिने कार्य गरेर आफुहरुलाई ठूलो सहयोग गरिरहेको बताए। भारत सरकारले शिक्षाको अधिकार जस्तो महत्वपूर्ण कानून पारित गरेको भएपनि आफुहरु भने बिगत दिनमा शिक्षाको अधिकारबाट बञ्चित बनिरहेको समयमा बाल सुरक्षा अभियानले उद्धार गरेर अध्ययनको सुबिधा प्रदान गरेको जनाए। तिनले 14 वर्ष भन्दा कम उमेरका बालबालिकाहरुको हातमा खाता किताब हुनपर्ने समयमा जुठो भाँडा हुने गरेको बताउँदै यस्तो बाल मजदुर सामाजिक अपराध हो भन्ने कुरालाई सबैले ध्यान दिएर सकारात्मक पहल गर्नुपर्ने माग गरे।
No comments:
Post a Comment