Pages

Tuesday, 15 May 2012

बिधायक कोषको जानकारी लिन स्ट्याण्डिङ कमिटिका सदस्यहरु कालेबुङमा

 डी के वाइबा, कालिमन्युज, कालेबुङ 15 मई : बिधायक कोष कतिसम्म राम्रो प्रयोग भईरहेको छ भन्ने कुराको जाँच गर्न आज राज्यका सोह्र सदस्य स्ट्याण्डिङ कमिटिको टोलि कालेबुङ आईपुग्यो। यस आशयको जानकारी दिदै महकुमा अधिकारी एल एन शेर्पाले बिधायक कोषबाट भईरहेको कार्य कतिसम्म गुणात्मक भयो भन्ने जाँच गर्न उक्त टोलि कालेबुङ आईपुगेको जानकारी दिए। तिनले आज यहाँको एसयुएमआई, डुंग्रा पेदोङ तथा नैनादेवी पाठशालाको उक्त टोलिले भ्रमण गरेर भोलि दार्जीलिङमा प्रशासनिक अधीकारीहरुसित बैठक गर्ने जानकारी दिए। हाल बिधायक कोषबाट बिभिन्न नगरपालिका लगायत खण्ड बिकासहरुक्षेत्रमा कार्य भईरहेको जानकारी दिदै उक्त कार्यहरुको बिबरण स्ट्याण्डिङ कमिटिले लिएर बैठक गर्ने थप बताए।

No comments: