कालेबुङ: मणि तामङ:१५ मई: कालेबुङ शहरमा लगभग ६४ बर्षदेखी वाहन चलाएर आफनो जिवन गुजारा रगर्ने हापेने बडा नामले प्रचलित सुकबिर राई अब रहेन्न्। जुन बेला कालेबुङ शहरदेखि सिलगडी सहर सम्म पुग्न एक यात्रीलाई ३ रुपिँया भाडा तिर्न पर्दथ्यो त्यस समयदेखी वाहान चलाएर आफ्नो जिवन गुजारा गर्ने हापेने बडा अब रहेन्न्। ७० को देशकदेखीनै वान चलाएर लगभग ६४ बर्षसम्म वाहन चलाउने राई गत केहिदिन अघिदेखी बिरामीको कारण अस्पतालमा उपाचारधिन थिए।तनको हिजो अपरान्हाको समय निधन भयो। तिनले आफुपछि एक स्वाशनी कौशिला राईलाई छोडेर गएका छन्।
तिनको पार्थ्यु शरिरलाई आज निज वास्थान १५ माइल लोवर दलपचन्द नजिक राई विधि अनुसार तिनको अन्तिम संस्कार गरियो।तिनको असमाहिक निधनमा कालेबुङ लोकल पिकप भ्यान वेलफेर एसोसिएशनले गह्रिरो शोक ब्यक्त गरेको छ। भारतको पहिलो प्रधानमन्त्री पण्डित जवाहालनेहरु कालेबुङ शहरको भ्रमणमा आएको समय स्वार्गिय राईले तिनलाई कालेबुङको भ्रमण गराएको राईसंगै वाहान चलाउने अमित अबदुलले जानकारी गराँए। राईले वाहान हाक्नको निम्ति पितलको टोकन लाइसिन्स प्राप्त गरेको पनि अबदुलले जनाए। स्वार्गिय सुकबिर राई हापेने बडाको निधनमा कालेबुङ लोकल पिकप भ्यान वेलफ्येर एसोसिएशनले गह्रिरो शोक प्रकट गर्दै राईको परिवारलाई आर्थिक सहयोग पनि गरेको छ।
No comments:
Post a Comment