Pages

Friday, 11 May 2012

मुख्य मन्त्री ममता ब्यानर्जीले घोषणा गरेको नेपाली एकाडमी मङपूमा नबनिने ?

 डी के वाइबा: कालेबुङ 11 मई: मङपूमा बङगालकी मुख्य मन्त्रीले घोषणा गरेको नेपाली एकाडेमी निर्माण हुन अघि नै निर्माण होला के भन्ने प्रश्न जटिल बन्न पुगेको छ। केहि दिन अघि मात्र दार्जीलिङका बिधायक त्रिलोक देवानले नेपाली एकडेमी मङपूमा होईन दार्जीलिङमा स्थापना हुनुपर्छ भने पछि उक्त प्रश्न खडा भएको छ। यतिमात्र होईन मङगलबार मङपूमा आयोजित रवीन्द्र भवनमा आयोजित रवीन्द्र जयन्ति कार्यक्रममा मुख्य अथितिका रुपमा मन्त्री गौतम देवले बोल्दै नेपाली एकाडमी दार्जीलिङमा कहिँ पनि स्थापना हुन स्क्छ भनेर उक्त प्रश्नलाई अझ जटिल बनाईदिएको छ। यस सन्दर्भमा कुराकानी गर्दा मङपूका बरिष्ठ साहित्यकार मोहन ठकुरीले मुख्यमन्त्रीको घोषणा धरी उलटफेर हुने हो भने कसको घोषणा र बचनमा विश्वास गर्नु ? भनि उल्टै प्रश्न गरे। दार्जीलिङका बिधायक त्रिलोक देवानले नेपली एकाडेमी मङपूको निम्ति होईन भन्दै यो दार्जीलिङको निम्ति हो भन्ने तर्क राख्दै उक्त एकाडेमी दार्जीलिङमा नै स्थापना हुनपर्छ भनेको समाचार केहिदिन अघि नै छपामा आएको छ। बिधायक देवानको तर्कले यहाँ के मङपू दर्जीलिङ होईन भन्ने जटिल प्रश्न खडा गरिदिएको छ भने मङपूमा स्थापित गर्ने मुख्य मन्त्रीको घोषणालाई समेत अन्देखा भएको मानिसहरुले बताईरहेका छन। यस बिषयमा दिनो दिन असन्तुष्टि बड्दै गईरहेको छ भने उक्त बिवादले कतै नेपाली एकाड्मी नै नबिने त होईन भन्ने प्रश्न पनि खडा गरिदिएको छ। मङपू साहित्य परिषदका अध्यक्ष तथा कवि मोहन ठकुरीले भने, मुख्यमन्त्रीको बचन नै परिवर्तन हुन्छ भने यो भन्दा ठूलो अचम्म केही हुँदैन तर हामीले थाहा पाएका छैनौं मुख्यमन्त्रीले मङ्‌पू छोडेर कही एकाडेमी बनाउँछु भनेको। यो कुरा हल्ला मात्र हुन सक्छ। 

तर जसले पनि हल्ला गर्दैछन्‌, त्यो राम्रो मानसिकता होइन। तिनले भने, मङ्‌पू नितान्तै उचित ठाउँ हो। यातायात पनि राम्रो छ। केन्द्र पनि पर्छ। सजिलो पनि छ। साहिक्तियक वातावरण पनि यहॉं मलिलो छ। घोषणा भइसकेको कुरा हो तरै पनि अन्यत्र नै एकाडेमी स्थापना गरिन्छ भन्ने कुरा हुँदैछ भने यो अचम्भित कुरा हो। किन दार्जीलिङमा नै गर्नुपर्ने?यसमा तर्क गर्नुपर्ने कुरा म केही देख्दिन। तरै पनि कुरा के हो सोधखोज गर्नेछौं। यसै परिषद्का सचिव तथा वरिष्ट कथाकार उदय थुलुङले त चलिरहेको विवादलाई पत्यार नै गरेनन्‌। तिनले भने, होइन होला, मुख्यमन्त्रीले भनेको कुरा पनि फेरिन्छ र? हामी त मुख्यमन्त्रीलाई नै विश्वास गर्छौं। गरिरहेका छौं। तिनको बचन अकाट्य हो। यस्तो अकाट्य बचन पनि फेरिने हो भने यस्तो अचम्म अर्को के हुन्छ भनि उल्टै प्रश्न गरे। अर्कोतिर नेपाली एकाड्मी निर्माण गर्नको निम्ति मुख्य मन्त्री ममता ब्यानर्जीले मङपूमा अएको समय जमीनबारे सिन्कोना निर्देशक डा जी सी सुब्बा सित पनि कुरा गरेकी थिईन। यस बिषयमा सिन्कोना निर्देशक सुब्बाले जमीन आफुले अपलब्ध गराउँने बचन दिँदा त्यसै समय तिनले कवि गुरु रवीन्द्रको सालिगमा माल्यार्पण गर्दै नेपाली एकाडमी मङपूमा बनाउँने पुन दोस्रोचोटि घोषणा गरेकी थिईन। यस बिषयमा जमिन उपलब्ध गराउने बचन दिएका सिन्कोना निदेशक जीसी सुब्बासित कुरा गर्दा तिनले भने, मुख्यमन्त्रीले मलाई जमिनबारे सोधेका थिए, त्यसैबेला मैले जमिनबारे स्पष्ट कुरा गरेको थिएँ। यतिराम्रो कामको निम्ति हो भने जति लाग्छ म जमिनको बन्दोबस्त गर्छु भनेको थिएँ। मुख्यमन्त्री पनि खुशी बनेकी थिइन्‌। हामी एकाडेमी स्थापित कहिले गर्ने हो भनेर पर्खिरहेका छौं।

mamta with g c subba
 मङ्‌पूबाट दार्जीलिङ सार्ने भनेको कुरा मैले राम्ररी सुनेको छैन। जमिनसम्म उपलब्ध भइसकेको कुरा फेरि मङ्‌पूमा होइन दार्जीलिङमा स्थापित गर्छु भन्नु अचम्मको कुरा हो। चर्चित कवि रेमिका थापाले पनि भनिन्‌, एकाडेमी मङ्‌पूमा नै बनिनेछ। किन भने मुख्यमन्त्रीको आशय मैले बुझेको छु। तिनी गाउँगाउँ वा तृणमूलस्तरमा साहित्यिक युनिटहरू स्थापित भएको चहान्छन्‌। यसैको एउटा नमूना मङ्‌पूमा स्थापित हुने नेपाली एकाडेमी हो। किनारा परेका ठाउँमा साहित्यिक जागरण मुख्यमन्त्रीको सोंच हो। यसो भएमा दार्जीलिङ नै साहित्यिक केन्द्र हो भन्ने ब्रम पनि भत्किन्छ।हामी विवाद जान्दैनौं। विश्वास गर्छौं मुख्यमन्त्रीलाई। तिनले पनि अचम्म मान्दै मङ्‌पूमा नै एकाडेमी स्थापित हुने अनि यहॉं सबैप्रकारका सुविधा रहेको बताइन्‌। यति हुँदाहुँदै पनि मङ्‌पूबाट अन्यत्र नै एकाडेमी बनाउने हल्ला स्वास्थ मानसिकताको उपज होइन। मुख्यमन्त्रीले किनारीकृतहरूलाई उटाउने पहल गरेकी हुन्‌ र यो पहलमा हाम्रो विश्वास छ। दार्जीलिङका विधायक त्रिलोक देवानसित सम्पर्क गर्न नसकिएकोले वास्तविकता के हो भन्ने कुरा अघि आउन सकेन। स्मरण रहोस मुख्यमन्त्री ममता ब्यानर्जीले नेपाली एकाड्मी पहिले कोलकताबाट मङपूमा निर्माण गर्ने घोषणा गरेकी थिईन भने दोस्रोचोटि दार्जीलिङ भ्रमण आएको समयमा मङपू रवीन्द्र भवनको परिदर्शन गर्न आउँन घोषणा गरेकी थिईन। त्यसको केहि महिना पछि 8 अगष्ट 2011 को दिन विश्वकवि रवीन्द्रनाथको पुण्यतिथिमा गौतम देवले मुख्य मन्त्री बचनमा पक्का रहेको दाबी गर्दै नेपाली एकाडमी मङपूमा नै निर्माण हुने कुरा गरेका थिए भने मङगलबार भने तिनले पनि भाका फेरेर दार्जीलिङमा कतै पनि स्थापना हुने कुरा गर्दा कतै मङपूमा पक्कै नबनिने हो कि भन्ने प्रश्न खडा गरिदिएको छ।

No comments: