(ट्याक्सी जस्तै जीवन गाड़ी पनि टाल्दै जोड़्दै चलाउँछौं)
नाम रूपेश कार्कीढोली। उनी 23 बर्ष अघिदेखि कालेबुङ शहरमा ट्याक्सी चलाइरहेका छन्। ट्याक्सी चलाएर नै उनी आफूसितै परिवारको जीवन गाड़ी हॉंक्छन्। केही पुग र केही अपुग यस्तै हो तर आफ्नो पेशासित खुशी नै छन्। ट्याक्सी चलाएर नै छोरा छोरीहरू अंग्रेजी स्कूलमा पढाउँछन्उनी। दैनिक रूपमा मालिक पैसा काटेर 3 देखि 4 सय रूपियॉं कमाइ हुने उनको भनाइ छ। तर घरिघरि भइरहने बन्दले दैनिक रूपमा कमाएर गुजारा चलाउने हामी जस्ताहरूलाई सोझै मर्कामा पार्ने उनी बताउँछन्। 23 बर्षीय चालक कार्कीढोलीको जीवनमा गाड़ी चलाउँदाको केही रमाइला सम्झनाहरू पनि छन्। आजभन्दा 8 -9 बर्ष अघि गाड़ीका चढ़ने एक यात्रीले मोबाइल फोन उनकै गाड़ीमा नै छोड़ेछ। त्यससमय मोबाइल भनेको धेरै कम व्यक्तिको मात्र हुने गर्थ्यो। त्यो मोबाइल निक्कै दिन आफूसितै रहेपछि एकदिन उनले मोबाइलको सही मालिककोमा उक्त मोबाइल बुझाइदिए। मोबाइल धनीले खुशी भएर उनलाई उपहार स्वरूप मिठाइको प्याकेट नै भेट दिएको उनी बताउँछन्। त्यसदिन उनलाई चालक पेशा अप्नाएकोमा खुशी लागेको थियो।
तर कहिले काहीं यात्रीहरूले नै ड्राइभर भनेर हियाएर बोल्ने गर्दा मन पनि दुख्ने उनी बताउँछन्। आखिर मान्छे पेशाले होइन व्यवहारले राम्रो नराम्रो हुने होभन्दै उनी ड्राइभर भएर हॉंकिरहेको जीवन गाड़ीको रफ्तारसित खुशी नै देखिए। अर्का ट्याक्सी चालक सचिन घिमिरे पनि करिब 12 बर्षदेखि ड्राइभरी पेशा गरिरहेका छन्। उनी स्थानीय एक बोर्डिङ स्कूलका नानीहरूलाई स्कूल लाने र ल्याउने गर्छन्। मेरो आफ्नै तीन बर्षकी छोरी छभन्ने उनी आफ्नो छोरी पनि अंग्रेजी स्कूलमा नै पढ़ाउँछन्। आफ्नो छोरी जस्तै ससाना नानीहरूलाई स्कूल पुर्याउनु र ल्याउनु आनन्दै लाग्ने उनी बताउँछन्। ट्राफिक समस्याको समाधानको निम्ति के गर्नुपर्ला जस्तो लाग्छ? भनी प्रश्न गर्दा उनी ड्राइभर, ट्राफिक पुलिस, पैदल यात्री सबैले नै आफ्नो जिम्मेवारी बुझिदिए समस्या नै नरहने बताउँछन्। फुटपाथमा हिड़न पर्नेहरू गाड़ी हिड्ने सड़कमा हिड़िदिन्छन्। अझ विद्यार्थीहरू त अंगालो मारेर हिड़िदिने हुँदा धेरै समस्या हुने उनी बताउँछन्। ड्राइभर भनेपछि धेरैले राम्रो मान्दैनन् नि? यस्तो भएको धेरै नभएको उनको भनाइ छ। अघि अघि ड्राइभरलाई खुब इज्जत गरिन्थ्यो। ड्राइभर लाइसेन्स पाउनु भनेको माध्यमिक पास गर्नु जत्तिैकै गाह्रो कुरो थियो।
तर अहिले जो कोहिले पनि पैसा तिरेपछि ड्राइभिङ लाइसेन्स पाउन सक्छन्। यस्तो भएकाले इमान्दार कामप्रति लगाव भएका मान्छेहरू कम हुँदै गएका छन्। यसले पनि ड्राइभरी पेशाले प्रतिदिन विश्वासनीयता गुमाउँदै गएको उनी बताउँछन्। हाल ट्राफिकको समस्या धेरै हदसम्म कम भएको कुरा 9 बर्षदेखि चालक काम गर्दै आएका सुरज बानियॉंकोे भनाइ छ। शहरमा नयॉं ट्राफिक नियम लागु भएपछि केही सुधार आए पनि अझै एउटा अलग ट्याक्सी स्ट्याण्ड भइदिए असल हुने उनको भनाइ छ। अर्का एकजना ट्याक्सी चालक रमेश थापा आफू 13 बर्षदेखि यहीँ ट्याक्सी चलाएर गुजारा गरिरहेको बताउँछन्। धेरै पढ्न सकिएन। 9 कक्षा पढ़दा पढ्दै पढाई छुट्यो। भाग्यमा स्ट्रीङ बटार्नुपर्ने रहेछ पढ़ाईमा मन के लाग्थ्योर! यसैले ड्राइभर भइयो। खुशी नै छु भन्छन्। सयौं यात्रीहरूलाई उनीहरूको गन्तव्यसम्म पुर्याउने जिम्मा पनि सानोतिनो जिम्मा नरहेको चालक थापा बताउँछन्। यदि ड्राइभर नभएको भए फुटबल खेलाड़ी हुन्थें होला। तर भाग्यमा जे लेख्यो त्यहीं त हुने हो-खिसिक्क हॉंसेर उनले भने। समाजको अन्य पेशा डाक्टर, इञ्जिनियर, शिक्षक,वकील, सरकारी अफिसर,खेलाड़ी , पत्रकार, साहित्यकार जस्तै यी चालक पेशा अप्नाउनेहरूले पनि आफ्नो भागमा परेको जिम्मेवारी निभाइरहेका छन्। यदि चालक नै नभइदिए आफ्नो गन्तव्यसम्म यात्रीहरूलाई कसले पुर्याइदिने? आफ्नो जीवनकालमा सयौं यात्रीहरूलाई उनीहरूको लक्ष्यसम्म पुर्याइदिने चालकहरू भने चाहिँ आफ्नै जीवनको गाड़ी टालटुल पार्दै चलाइरहेका छन्। ....rongotimes......

No comments:
Post a Comment