कालेबुङ : मणि तामङ :१७ मई :कालेबुङ शहरमा अहिलेघडी खाना पकाउने ग्यासको समस्या जटिल बन्दै गईरहेको छ। शहरमा एकातिर पिउने पानीको समस्याले जनसाधरण काकाकुली बन्न परिरहेको समयमा अर्कोतिर खाना पकाउने ग्यास समयमा नपाँएकोले जनसाधरण तिब्र संकटमा परेको छ। पैसा तिरेर पनि समयमा ग्यास सिलिण्डर नपाँएपछि ऊपभोक्ताहरु समस्याको जाँतोमा पिसिनुपरिरहेको छ।बुकिङ गरेको महिनादिन बित्दा पनि ग्यास नपाँएको गुनाँसो महकुमा अधिकारी समक्ष पुगे पछि आज महकुमा अधिकारी एल एन सेर्पाले एउटा बिशेष बैठक सम्पन्न गर्यो। महकुमा अधिकारीकै कार्यलयमा सम्पन्न उक्त बैठकमा कालेबुङका बिधायक डा हर्क बहादुर छेत्री, नगर अध्यक्ष एल बी परियार,इण्डियन ओएल कर्पोरेशनका सेल्स म्यानेजर जेथाई थिन,यँहाको दुईवटा ग्यास एजेन्सीहरु रिन्छेन ग्यास अनि ड्याबिट ग्यासका प्रतिनधिहरु लगायत अग्नीसमन बिभागका अधिकारीवर्ग,होटेल एसोसिएशनका प्रतिनिधीहरु साथै विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।
शहरमा बिशेष गरेर घरेलु ग्यासको समस्याले उपभोक्ताहरु मर्कामा परेको बिषयमानै बैठकमा चर्चा परिचर्चा गरियो। इण्डियन ओएल कर्पोरेशनबाट ३५ प्रतिशत मात्र ग्यास आएको कारणनै उपोभोक्ताहरुलाई ग्यास उपलब्ध गराउँन नसकेको ग्यास एजेन्सीहरको भनाई रहेको थियो भने OIC का सेल्स म्यानजरले जनसाधरणको अशुबिदालाईनै ध्यानमा राखेर अब उसो ५० प्रतिशत ग्यास कालेबुङ शहरको निम्ती सप्लाई गर्ने आश्वाशन दिए। बैठकमा लामो चर्चा परिचर्चा गरेपछि,पत्रकारहरुसँग कुराकानी गर्दै महकुमा अधिकारी एल एन सेर्पाले, अब उसो शहरको होटेल,रेस्टुरेन्ट,मिठाई पसल,स्कूलका होस्टेलाहरुमा कमरशेल ग्यास प्रयोग गर्नु पर्ने बैठकले निर्णय लिएको जानकारी गराँए। आगमी १८ मई देखी ३१ मई सम्म होटेल,रेस्टुरेन्ट,मिठाई पसलहरु साथै होस्टेलहरुले कमरसेल ग्यास एप्लाइ गर्नु पर्ने बताँउदै,३१ मई देखी प्रसाशन पक्षबाट छापामारी अभियान आरम्भ गर्ने पनि सेर्पाले बताँए। तिनले थप जानकारी गराँउदै,छापामारी अभियानमा कुनै होटेल,रेस्टुरेन्ट,मिठाई पसलहरु साथै होस्टेलहरुमा घरेलु ग्यास प्रयोग गरेको भेटाए,काठोर कार्वाही गरिने अनि दोकान पाठ समेत बन्द गरिदिने चेतावानी पनि दिएका छन्। यता,ग्यास एजेन्सी डेनडुप भोटियाले आजको बसेको बैठकमा IOC बाट ५० प्रतिशत ग्यास दिने आश्वाशन पाँए पछि ग्यास सिलिण्डरको सम्स्या दुई तिन महिनामा भित्रमा समाधान हुने आशा ब्यक्त गरे।
No comments:
Post a Comment