Pages

Thursday 31 May 2012

स्वतन्त्रता सेनानी सहिद दुर्गा मल्लको सालिग आफ्नै जन्मथलोमा स्थापित हुन सकेन

 डी के वाइबा:कालिमन्युज, कालेबुङ 31 मई: गोर्खे राष्ट्रिय स्वतन्त्रता सेनानी सहिद दुर्गा मल्लले अङग्रेजहरुको शासन बिरुद्ध लडदा लडदै पक्रा परेर फाँसिको फन्दाम चडे अनि तिनलाई देशले नै शहिद स्वतन्त्रता सेनानी भनेर घोषणा गरेको छ। 1 जुलाई 1913 मा देहरादुनको डोइवाला गाउँमा जन्मेका शहिद दुर्गा मल्लले देशलाई दिएको बलिदानको कदर गर्दै तिनको सालिग भारतको संसद भवन अघि स्थापना समेत गरिएको छ। देशले स्वतन्त्रता सेनानी भनेर मानेको सहिद दुर्गा मल्ल आफ्नै जन्म ठाउँ देहरादुनमा भने अपमानित हुनपुगेका छन। देहरादुनमा तिनकै नाममा रहेको शहिद दुर्गा मल्ल पार्कमा अहिले घरी त्यस क्षेत्रका गोर्खाहरुले तिनले सालिग स्थापना गर्न चाहँदा उक्त क्षेत्रमा रहेको सेनाका क्यान्टोमेन्ट अध्यक्ष (सी ई ओ) ले प्रतिमा स्थापना गर्न नदिए पछि स्वतन्त्रता सेनानी सहिद दुर्गा मल्ल अपमानित बन्न पुगेका छन। यसै सम्बन्धमा सहिद दुर्गा मल्ल पार्कमा तिनको सालिग स्थापना गर्न पाउँनुपर्छ भनेर उत्तरखण्ड राज्य नेपाली भाषा समितिले सीईओ बिरुद्ध धर्ना प्रदर्शन सुरु गरेको छ। उत्तरखण्ड राज्य नेपाली भाषा समितिको आयोजनामा सुरु भएको धर्ना कार्यक्रम आज पनि जारी रह्यो। यस अवसरमा उक्त प्रदर्शनमा मानिसहरुको ब्यापक सहभागिता रहेको समितिका अध्यक्ष बब्बर गुरुङले जानकारी दिएका छन। 

स्वतन्त्रता सेनानी सहिद दुर्गा मल्लको सालिग स्थापना गर्न पाउँनुपर्छ भनि माग गर्दै सुरु भएको धर्ना प्रदर्शनमा बिभिन्न संघ संस्थका मानिसहरु सम्गै नगरनिगम पार्षद लगायत राजनैतिक नेताह्रुको उपस्थिति रहेको तिनले थप बताए। समितिका अध्यक्ष बब्बर गुरुङले सहिद दुर्गा मल्लको सालिग स्थापना गर्न नदिएर तिनले देशलाई दिएको योगदानको अवहेलना गरेको आरोप लगाउँदै जब सम्म सीईओले अनुमति प्रदान गदैन तबसम्म उक्त प्रदर्शन जारी राख्ने जानकारी दिएका छन। उत्तरखण्ड राज्य नेपाली भाषा समितिको आयोजनामा सुरु भएको धर्ना कार्यक्रमा हाल उक्त क्षेत्रका बिभिन्न राजनैतिक तथा गैर राजनैतिक दलहरुको सहभागिता बडिरहेको जानकारी गराउँदै यस बिषयमा सरकारले यथाशिघ्र समस्या समाधानको मार्ग अप्नाउँनुपर्ने माग गरे। बिगत दिनम हाल सहिद दुर्ग मल्ल नामले चिने उक्त पार्कको नाम क्यान्टोमेन्ट पार्क रहेको बताउँदै आफुहरुकै आन्दोलनले उक्त पार्कको नाम पछिबाट सहिद दुर्गा मल्ल पार्क भनि नामकरण गरिएको जानकारी गराउँदै अब उक्त पार्कमा तिनको स्मृतिमा तिनको सालिग स्थापना गर्न चाहँदा सीईओले बाधा दिने कार्य गरेको बताए। यसै क्रममा सहिद दुर्गमल्ल पार्कमा तिनको सालिग निर्माणको निम्ति बिगत दिनमा राज्यका पूर्व मुख्य मन्त्री बी सी खण्डुरीको सरकारले अनुमोदन समेत गरेको बताउँदै तिनकै सरकारले सहिद दुर्गा मल्लले देशलाई दिएको योगदानको कदर गर्दै सालिग निर्माणको निम्ति एक लाख नब्बे हजार रुपिया समेत अनुमोदन गरेको जानकारी गराए। अहिले सहिद दुर्गा मल्लको सालिग बनिसकेको जानकारी गराउँदै सालिग स्थापना गर्ने समयमा भने सेनाका सीईओले अनुमति नदिएर स्वतन्त्र सेनानीप्रति अपमान गर्ने काम गरेको तिनले आरोप लगाए।

 सम्पूर्ण देशले चिनेका स्वतन्त्रता सेनानी सहिद दुर्गा मल्लले देशलाई दिएको योगदानको कदर गर्दै भारतको संसद भवन अघि तिनको सालिग निर्माण हुन सकेको बताउँदै आज तिनको आफ्नो जन्म थलोमा सालिग स्थापना गर्ने अनुमति नदिनु नितान्त दुर्भाग्य जनक रहेको बताउँदै यसको बिरोधमा हाल उत्तर खण्डका सबै संघ संस्था लगायत राजनैतिक दलहरु समेत एक भईरहेको तिनले जानकारी गराए। यसै सिलसिलामा तिनले जबसम्म सालिग निर्माणको अनुमति प्राप्त हुँदैन तबसम्म धर्ना प्रदर्शन जारी रहने बताउँदै यदि धर्ना गर्दा समेत अनुमति पाउँन नसके आन्दोलनलाई बृहत रुपमा अघि बडाएर लैजाने तिनले चेतावनी दिए। यस कुरालाई सरकारले समेत खुबै गम्भिरतापुर्वक लिएर समस्या समाधानको निम्ति यथाशिघ्र पहल गर्नुपर्ने मगा गर्दै सर्कारले समयमा समस्या समाधान नगरे स्थिति बिग्रन सक्ने तिनले चेतावनी दिएका छन। देशलाई अङग्रेजहरुले आफ्नो कब्जामा राखेको समयमा अङग्रेज शासनको बिरुद्धमा लडेर आफ्नो ज्यान समेत दिने बीर गोर्खा सहिदको सालिग स्थापना गर्न नदिनु सहिदको मात्र अपमान नभएर देश भरीका गोर्खाहरुकै अपमान हो भन्दै यस समबन्धमा भारत भरीका गोर्खाहरु एक बनेर आन्दोलन गर्न आवश्यक रहेको बब्बर गुरुङले बताए। सहिद दुर्गा मल्लले आफ्नो पत्निलाई विवाह गरेको तीन दिनमा छोडेर देशको निम्ति लडन गएको बताउँदै तिनले फाँसीमा चड्न अघि “म मरे देशले तिमीलाई हेर्नेछ” भनि आफ्नो पत्नि सारदा मल्ललाई बताएको तिनले जानकारी गराउँदै आज खोई त देशले तिनको सालिग स्थापना समेत गर्न नदिदा बोलेको ? भनि प्रश्न तेर्साए।

No comments: