Pages

Monday 28 May 2012

कालेबुङमा क्रामाकपाको विराट जनसभा — गोर्खाल्याण्ड माग्नेहरूमाथि नै आक्रमण गर्ने षड़्‌यन्त्र हुँदैछःआरबी राई

 कालेबुङ,27मई (छुदेन काविमो)ःजीटीए चुनाउको निम्ति 45 वटा समष्टिको पुनर्सीमांकन गरेको भोलिपल्ट नै क्रामाकपाले कालेबुङको डम्बरचोकमा विराट जनसभाको आयोजना गर्दै गोर्खाल्याण्डको निम्ति सबैलाई सहयोग पुऱ्याइदिने आह्वान गरेको छ। कालेबुङ मेनरोडको दुवैतिर क्रामाकपाको झण्डा सजिएको थियो भने जनसभा अघि दलीय समर्थकहरूले जुलूसको पनि प्रदर्शन गरे। जुलूसको प्रदर्शनी र समर्थकहरूको नाराबाजीपछि तक्निकी गड़बड़ीको कारण समय भन्दा केही ढिलो गरी जनसभा शुरू भयो। फलस्वरूप समयको अभावले क्रामाकपा अध्यक्ष आरबी राईले जनसभालाई सम्बोधन गरेनन्‌ भने मञ्चबाटै पत्रकारहरूसंग कुरा गर्दै राईले भने-सरकारसंग सम्झौता भएपछि गोर्खाल्याण्ड माग्नेहरूमाथि नै आक्रमण गर्ने षड़यन्त्र भइरहेको छ। गोर्खाल्याण्ड माग्नेहरूलाई कमजोर बनाउने प्रचेष्टा भइरहेको छ। यहॉं अगणतान्त्रिक कार्य बढ़ेर गएको छ। मीडियामाथि प्रत्यक्ष हमला हुँदैछ।

 आम मानिसमा भय र सन्त्रासको माहोल थोप्ने कार्य भइरहेको छ। यही भयभित माहोल हटाउन नै यो जनसमावेश गरिएको हो। मोर्चा प्रमुखले सरकारी कार्यहरूको घोषणा गर्दै हिँड़ेकोमा आपत्ति जनाउँदै यसको जवाब सरकारले दिनुपर्ने माग राईले गरेका छन्‌। उनले भने-पार्टी प्रमुखले कसरी सरकारी कार्यको घोषणा गर्न सक्छन्‌? उनी कुनै निर्वाचित सदस्य होइनन्‌ तर विकासको निम्ति आएको करोड़ौं रूपियॉंको कामको घोषणा गर्दै हिँड़दैछन्‌। यो सरासर असंवैधानिक र गैर कानूनी हो। यसको स्पष्टीकरण सरकार पक्षले दिनुपर्छ। जीटीए चुनाउबारे प्रश्न गर्दा उनले जनाए अनुसार उद्देश्य, माहोल र स्थिति हेरेर नै केन्द्रिय समितिले यसको निर्णय लिनेछ। किनकि क्रामाकपाको मूल उद्देश्य नै गोर्खाल्याण्ड आन्दोलन हो। भावी कार्यक्रम गोरामुमोले बन्दकी बनाएको आमालाई गोजमुमोले पूरै बेचेको आरोप लगाउँदै क्रामाकपा केन्द्रिय महासचिव तारामणि राईले भने- गोर्खाल्याण्डको निम्ति क्रामाकपाले संघर्ष गर्नेछ। जसको निम्ति लगातार कार्यक्रमहरू गरिनेछ। दार्जीलिङ बाहिरको कार्यक्रम अघिबाटै जारी थियो भने अब यहॉं जुलूस र जनसभाको कार्यक्रम यथावत्‌ राखिने छ। 24 जूनमा खरसाङमा जनसभाको आयोजना गरिनेछ। जुलाईमा मिरिक,सोनादा र विजनबारीमा जुलूस गरिने छ। त्यसपछि अगस्त महीनामा दिल्ली धरनाको कार्यक्रम रहने छ। घर पहिला कि सिँढ़ी ? गोजमुमोले जीटीएलाई गोर्खाल्याण्डको सिँढ़ीको संज्ञा दिएकोमा प्रतिक्रिया गर्दै क्रामाकपा केन्द्रिय कार्यकारिणी अध्यक्ष एलएम लामाले भने-घर पहिले बनाइन्छ कि सिँढ़ी? घरबिनाको सिँढ़ीमा चढे हालत के हुन्छ। यो कस्तो फर्मूला हो। गोर्खाल्याण्डको मिशन लिएर आउनेहरू कमिशनमा भुल्लिनु राम्रो होइन। अझ पनि समय छ। सामूहिक नेतृत्वको ढोका खुल्ला छ। बन्दकी आमालाई फुकाएर ल्याउनको निम्ति पहाड़का विधायकहरूलाई गोर्खाल्याण्डको चाबी बनाएर पठायौं। तर उनीहरूले भोटे ताला झुण्ड्याएर फर्के। क्रामाकपाको दहिनेतिर टास्क फोर्स्‌ र देब्रेतिर अल इण्डिया लेफ्ट कोओर्डिनेशन रहेको जनाउँदै गोर्खाल्याण्ड बनाउने ठोकुवा गरे। गोजमुमोमाथि सोझै बर्सिन्दै उनले भने-सुवास घिसिङ खेदियो। मदन तामाङको हत्या भयो। टीकाराम शर्मा र पुष्पजंग थापाहरूको हत्या गरियो। के यो जीटीएकै निम्ति हो ? क्रामाकपा बिक्री हुँदैन क्रामाकपालाई किन्ने पैसा देशमानै नबनिएको दावी गर्दै गक्रायुमो केन्द्रिय महासचिव अरूण घतानीले भने-क्रामाकपा पैसामा बिक्री हुँदैन। आज जनसभामा आउनेलाई रोक्ने काम भयो। कतिवटा सिण्डिकेटको गाड़ी रोकियो। अब क्रामाकपालाई कसैले रोक्न सक्दैन।

 हामी भोको बस्छौं। तर स्वाभिमान बेच्दैनौं। यसैले कुनै पनि दलले क्रामाकपालाई लिएर हिँड़्‌न मान्दैन। हाम्रो धैर्यतालाई कसैले कायरता नसम्झुन्‌। माटोको निम्ति आन्दोलन गर्नेहरूले आज बाटो खन्ने कार्य गरिरहेको बताउँदै कन्ट्रयाक्टमा अस्तित्वलाई बेच्न नहुने बताए। जीएलपीको भविष्यमाथि खेलवाड़ भइरहेको बताउँदै जुन उद्देश्यको निम्ति जनमत लिएर विधायकहरू गएका थिए सो पूरा नगरेपछि फर्केर आउनु पर्ने उनले बताए। भ्रष्टाचारीको सञ्जाल दार्जीलिङमा भ्रष्टाचारमात्र भइरहेको आरोप लगाउँदै क्रामाकपा केन्द्रिय प्रवक्ता गोविन छेत्रीले भने-आरबी राईले आफ्नो निम्ति केही गरेनन्‌। केवल जनताको निम्ति गरे। राईले के गरे,सो जान्ने हो भने सावन राईकोमा भएको किताब लिएर हेर्दा हुन्छ। कृषि विकासको निम्ति आएको 183 करोड़को राशि कहॉं पुग्यो? सुन्तला खेतीको निम्ति आएको 35 करोड़ कहॉं पुग्यो? उनले प्रश्न गरे। जनसभालाई क्रामाकपा कालेबुङ अध्यक्ष किशोर प्रधान,नारी मोर्चाकी विन्दिया डुक्पा,सन्तोष प्रधान आदिले सम्बोधन गरेका थिए। क्रामाकपा केन्द्रिय उपाध्यक्ष जेबी राईको अध्यक्षतामा सम्पन्न उक्त सभालाई केन्द्रिय सदस्य मोहन पौड़्‌यालले सञ्चालन गरेका थिए। आज यहॉं भएको जनसभालाई केन्द्र गर्दै प्रशासनले कठोर सुरक्षा व्यवस्था गरेको थियो।   rongotimes.com

No comments: