Pages

Monday 28 May 2012

समष्टि सिमाङ्कनलाई लिएर रोंगो जोनको आपत्ति माथिल्लो घर 44 मा तल्लो घर 45 समष्टिमा

 जीटीए कार्यान्वयनको निम्ति 45 वटा समष्टि बनिने अधिसूचना जारी भए लगत्तै यसको कार्यान्वयनमा देखिने प्रशासनिक असुविधाहरूलाई लिएर जनगुनासोहरू अघि आउन थालिसकेको छ। पूर्वमा 28 समष्टिलाई दुइ भाग गरेर 44 कुमाई सामसिङ समष्टि र 45 तोदे ताङ्‌ता जलढका समष्टि बनाइएको छ। तर समस्या कहॉं देखियो भने रोंगो सिन्कोना विभाग अन्तर्गत रहेको लोवर धाप गाउँ, अप्पर धाप गाउँ,42 गाउँ र ट्याङ्की डॉंड़ा गाउँ 44 समष्टि अर्थात कुमाई सामसिङ समष्टिमा पर्न गएको छ। यसरी एउटै सिन्कोना विभाग अन्तर्गतको अन्य गाउँहरू 45 नम्बर समष्टिमा परे पनि यी चार गाउँ भने 44 समष्टिमा परेको छ। सिमाना जोड़िएको गोरेटोले मात्र छुट्टिएको एउटा घर 44 समष्टिमा अर्को घर 45 समष्टिमा परेकाले गाउँवासीहरूमा व्यापक अन्योलता र असन्तुष्टि देखिएको छ। गोर्खा जनमुक्ति मोर्चा रोंगो जोनका सभापति विजय गुरूङ पेलेले यो सिमाङ्कनलाई अव्यवहारिक बताउँदै यसलाई चॉंड़ै संशोधन गरिनुपर्ने बताए। शाखा-3 का सचिव सुरज राई अनुसार एउटै गाउँको तल्लो र माथिल्लो घर फरक फरक समष्टिमा परेकाले गाउँवासीहरू असन्तुष्ट भएको बताउँछन्‌। उनले भने- रोंगो सिन्कोना बगानको यी गाउँहरू खासमहल क्षेत्र र चियाबगान क्षेत्रसित जोड़िँदा प्रशासनिक असुविधाहरू आउनसक्छ। यसैले यसलाई चॉंड़ै संशोधन गरिनु जरूरी छ। पूर्व 28 नम्बर समष्टिका संयोजक विराट गुरूङलाई यस सम्बन्धमा प्रश्न गर्दा उनले पनि यो सिमाङ्कन सान्दर्भिक नरहेको बताए। चॉंड़ै यस सम्बन्धमा खण्ड विकास अधिकारी, मोर्चा नेतृत्व एवं अन्य सम्बन्धित विभागसित कुरा गर्ने उनको भनाइ छ। सिमाङ्कनमा देखिएको यस्तो जनगुनासोप्रति गोरूबथान खण्ड विकास अधिकारी प्रितम लिम्बुसित बुझ्दा उनले जहॉं जहॉं समस्या देखिएको छ त्यहॉं त्यहॉं स्थानीयहरूले लिखित गुनासो दर्ता गरे समस्याको समाधानार्थ पहल गर्न सकिने बताए। उनी अनुसार आगामी 2 जूनसम्म लिखित गुनासो विभाग समक्ष दर्ता गर्न सकिने बताए।    rongotimes.com 

No comments: