Pages

Sunday, 13 May 2012

प्रतिभालाई अभावले छेक्दैनः डा.रितु छेत्र



May 12th, 2012 विश्वभारती शान्ति निकेतनबाट उनले शिक्षा विषयमा विद्यावारिधी गरिन्‌। उनी यस शैक्षिक संस्थानबाट शिक्षा विषयमा विद्यावारिधी गर्ने र्े सिक्किम दार्जीलिङ लगायत सम्पूर्ण उत्तर पूर्वी क्षेत्रबाट नै पहिलो गोर्खे महिला हुन्‌। दार्जीलिङमा जन्मिएकी डा. रितु छेत्रीले आफ्नो प्रारम्भिक शिक्षा स्थानीय आर्मी स्कूल र लरेटो कन्भेन्टबाट पूरा गरेकी हुन्‌। हाल उनी सिक्किम राज्यको लोयला बीएड कलेजमा प्राध्यापिकाको रूपमा कार्यरत छिन्‌। शिक्षा नै सबै भन्दा ठूलो शक्ति होभन्ने सिद्धान्तलाई आत्मसात गरि डा. रितुले यही शिक्षामाथि नै थेसिस पूरा गरिन्‌। युनिभर्सल इलिमेन्ट्री एडुकेशनस ह्वीत रिलेसन्स टू क्रिएटिभिटी एण्ड मल्टिपल युटिलाइजेशन विषय लिएर उनले विद्यावारिधी गरेकी हुन्‌। आफ्नो शैक्षिक यात्राको क्रममा एमए पढ़दा पनि उनले एडुकेशन विषयलाई चुनेकी थिइन्‌। यस अन्तर्गत उनले कालेबुङ दार्जीलिङ क्षेत्रका एससी र एसटी विद्यार्थीहरूमाथि कार्य पत्र बुझाएकी थिइन्‌। उनी भन्छिन्‌-असल नियतले नै कुनै पनि सफलतालाई सुनिश्चित गर्छ। यदि नियत ठीक भए यसले जीवनको सबै क्षेत्रमा सफलता पाउने उनी बताउँछिन्‌। आफ्नो विद्यावारिधीको विषय लिएर अध्ययन गर्दा उनले एउटा कुरा के थाहा पाइन्‌ भने सरकारद्वारा प्राथमिक शिक्षाको निम्ति जे जति सहुलियतहरू विद्यार्थीहरूलाई दिइन्छ यस्ता सहुलियतहरू अन्य राज्यको तुलनामा सिक्किम राज्यका विद्यार्थीहरूले धेर उपभोग गरिरहेका छन्‌। तर धेरै सहुलियत प्राप्त गर्दा गर्दै पनि दार्जीलिङ,कालेबुङ क्षेत्रका विद्यार्थीहरूको तुलनामा सिक्किमका विद्यार्थीहरू केही कमजोर देखिन्छन्‌। यसबाट उनले के निस्कर्ष निकालिन्‌ भने सहुलियत र सुविधा मात्र सबै थोक होइन। यदि हामीमा राम्रो नियत संगै संघर्ष गर्ने क्षमता छ भने जुनसुकै परिस्थितमा पनि सफलता प्राप्त गर्न सकिन्छ। डा.रितु अनुसार यदि कुनै पनि देश वा जाति अघि बढ़नु हो भने शिक्षा नै सबैभन्दा उत्तम विकल्प हो। आफूले पाएको उपलब्धिलाई सम्पूर्ण गोर्खा जातिसित बॉंड्‌ने चाहना राख्दै डा.रितुले भविष्यमा पनि शैक्षिक योगदान दिने विषयमा नै ध्यान केन्द्रित गर्ने बताइन्‌। यदि अन्य जातिको तुलनामा आफ्नो जाति पनि संगै अघि आउनु हो भने शिक्षालाई नै विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। rongotimes.com

No comments: