दर्जीलिङमा क्रामाकपाको जनसाभा
दार्जीलिङ:२ अप्रेल: अन्तराष्टिय मजदुर दिवसको अवसरमा पहाडको दोस्रो शक्तिशाली दलको रुपमा मानिन्दै आएको क्रामाकपाले दार्जीलिङको चोकबजारामा बिराट जनसभा गारेर शक्ति प्रर्दशन गर्यो| यसका साथै जीटीए जस्तो कुनै पनि ब्यवस्थालाई स्वीकार नगरने केवल अलग राज्य गोर्खाल्याण्ड नै चाहानेहरु पनि कम छैनन् भन्ने मोर्चालाई चुनौति दिएको छ। यस अवसरमा जनसभामा विभिन्न क्षेत्रबाट क्रामाकपा पार्टीका समर्थकहरुको ब्यापक उपस्थिती रहेको थियो| गोजामुमो पार्टीले जीटिए ग्रहण गर्न अघिदेखीनै क्रामाकपा पार्टीले बिरोध जनाँउदै आइरहेको थियो । एकातिर मोर्चाले पाहाडमा कुनै बिपक्ष पार्टी छैन भन्नुको साथै अन्य पार्टीमा जनमत छैन भनि दावी गरिरहेको समय मंगलबार क्रमाकपाले मई दिवसको अवसरमा दार्जीलिङको चोक बजारमा ब्यापक जन समावेस भेला गरेर जनसभा गरे पछि गोजामुमो पार्टीलाई ठूलो चुनौती दिएको छ|
No comments:
Post a Comment