Pages

Tuesday, 1 May 2012

जीटीए छुट्टै राज्यको विरोध हो- प्रो.मुनिष तामङ


जीटीए छुट्टै राज्यको विरोध हो- प्रो.मुनिष तामङ

rrrrrr
गोर्खल्याण्ड टास्क फोर्सका महासचिव प्रो.मुनिष तामङले छुट्टैराज्यको प्रश्‍नमा जीटीएको अवधारणा नै भूल रहेको मात्र होइन जीटीए ग्रहण गर्नु भनेको छुट्टै राज्य गोर्खाल्याण्डको विरोध गर्नु रहेको किटान गरेका छन्| क्रामाकपाले दार्जीलिङमा आयोजना गरेको मई दिवसमा सहभागी हुन आएका तामङले एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, गोटाफोले जीटीएको भूल देखाइरहेको थियो, यसको अर्थ यो होइन कि जीटीए संशोधन होस् र यसलाई स्वीकार गरिन्छ| गोटाफोले जीटीएको अवधारणालाई नै छुट्टै राज्य विरोधी देख्छ| किन भने देशले जीटीएलाई गोर्खाहरूको छुट्टैराज्यको मागलाई जीटीएकोरुपमा समाधान गरिएको भन्ने बुझेको छ| यो भ्रम हो| वास्तवमा जीटीए गोर्खाल्याण्डको विरोध हो| यसकारण गोर्खाल्याण्डको समर्थन गर्नु भनेको जीटीएको विरोध गर्नु हो अनि जीटीएको विरोध गर्नु भनेको गोर्खाल्याण्डलाई समर्थन गर्नु हो| तिनले जबसम्म जीटीए रहन्छ तबसम्म गोर्खाल्याण्ड राज्यको गठन सम्भव नरहेको बताउँदै अहिले जनताले गोर्खाल्याण्ड विरोधी जीटीएमा बस्ने कि छुट्टैराज्यमा बस्ने भन्ने कुराको निर्णय गर्ने समय आएको तिनले बताए| तिनले पहाडमा छल र झुटको राजनीतिको श्रृङ्खला चलिरहेको अनि जीटीए पनि त्यसमा एउटा रहेको बताए| तिनले भने, यहॉं सत्य लुकाइएको छ| सत्य लुकाइएको कुरा कोलकाता ग्याजेट वा जीटीए कानूनले बताउँछ| यो कानून सबैले हेर्नुपर्छ| तिनले भने, गोर्खा जनमुक्ति मोर्चाले कस्तो लडाईँ लडिरहेको छ, कोलकाता ग्याजेटले बताउँछ| तिनी अनुसार एक इन्च भूभाग नछोड्ने बता
उने मोर्चाले अहिले तराई र डुवर्सको गोर्खा बाहुल क्षेत्र भनिरहेको छ, जब कि जीटीए कानूनमा स्पष्ट १८ वटा मौजा उल्लेखित छ| गोर्खा बाहुल क्षेत्र नै लगायो भने यो ऐतिहासिक गल्ती हुन्छ किन भने गोटाफोले गोर्खाबाहुल क्षेत्र लगाएर छुट्टै राज्य भनेको होइन| सम्पूर्ण तराई डुवर्स लगाएको छुट्टै राज्य भनेको हो| तर मोर्चाले तराई र डुवर्सको गोर्खा बाहुल क्षेत्रमा मोहर लगाएमा गोर्खाल्याण्डको निम्ति सम्पूर्ण तराई र डुवर्सको दाबी सधैँको निम्ति रोकिन्छ| मोर्चाले तराई र डुवर्सलाई नै धोका दिइरहेको छ| तिनले भने, सबैभन्दा ठूलो छल हो आन्दोलन राज्यको नाममा गरेर जीटीए ग्रहण गर्नु| जनमत राज्यको निम्ति दिइनु ग्रहण गर्नु जीटीए| बङ्गाल चिहान हो, यहॉं बस्दैनौं भन्नेहरू स्वीट्जरल्याण्ड बनाउने भनिरहेको छ| सबैभन्दा ठूलो हास्यस्पद कुरा त हस्तक्षर सचिवले गरेको तर अध्यक्षले होइन भन्ने कुरा हो| प्रधानमन्त्रीले विदेश मन्त्रीले गरेको हस्ताक्षरलाई विदेशमन्त्रीले गरेको हो देशले गरेको होइन भन्दैनन्| यस्तो बुझिन्छ कि सचिवले अध्यक्षलाई नदेखाइ कागजमा हस्ताक्षर गरेको हो| हो भने पनि सचिवलाई दल निकाला किन गर्दैन? सचिवलाई पनि पार्टीमा राख्छ अनि विरोध गरेको जस्तो गरेर जनतामा एउटा भ्र्रम फैलाउँछ| यो छुट्टै राज्यको सवालमा सबैभन्दा घातक कुरा हो|
तामङले मोर्चाले तेलङ्गना भएमात्र गोर्खाल्याण्डको आन्दोलन गर्छु भनेको कुरा पनि बगमफुस्से बताउँदै तेलङ्गना भयो भने चॉंही गोर्खाल्याण्डको आन्दोलन गर्दैन? भन्ने प्रश्‍न उटाए| वास्तवमा तेलङ्गना ठूलो आन्दोलन र गोर्खाल्याण्ड सानो आन्दोलन हुँदैन| गोर्खाल्याण्ड राज्य गठन गर्नको निम्ति तेलङ्गना हेर्नुपर्दैन| यसरी हेर्नेहरू राजनैतिक रोटी सेक्नेहरू हुन्| तेलङ्गनाको निम्ति कंग्रेसका नेताहरूले संसद थर्काउँछ, त्यहीँ गोर्खाल्याण्डका सांसदले जीटीए गठन गरेकोमा धन्यवाद भन्छ| तेलङ्गना हेर्नु हो भने उनीहरूले गरेको आन्दोलनको ढॉंचाको अनुसरण गर्नुपर्छ| कि त तेलङ्गनासित गोर्खाल्याण्डको मुद्दा जोड्नु हुँदैन, जोडेमा तेलङ्गनाको आन्दोलनलाई अनुसरण गर्नुपर्छ-तिनले भने| तिनले अहिलेसम्म जनताले नेताको सपना पुरा गरिदिने काम गर्दै आइरहेको बताउँदै अब आफ्नै सपना पुरा गर्न अघि आउनुपर्ने बताए| तिनले जीटीए गोर्खाल्याण्डको बाधा रहेको बताउँदै यसको विरोधको प्रक्रिया शुरु भइसकेको अनि जीटीए धोका र छल हो भन्ने कुरा जनताले बुझेपछि धोका दिनेहरूलाई छोडेर जनता आफ्नो सपना पुरा गर्न आउने कुरामा गोटाफो आशान्वित रहेको तिनले बताए|

No comments: