Pages

Saturday 28 April 2012

जीटीएको भविष्य सरकारको नीतिमाथि निर्भर गर्छः रोशन गिरी

जीटीएको भविष्य सरकारको नीतिमाथि निर्भर गर्छः रोशन गिरी 

rongotimes.com   तराई डुवर्सलाई लिएर राज्य सरकार र मोर्चा बीचको तानातानीले जीटीएको भविष्यमाथि नै अनिश्चितताको बादल रूमलिन थालेको छ। मोर्चाले माग गरेको तराई डवर्सको 396 वटा मौजाहरू जीटीएमा अन्तर्भुक्तिको निम्ति हाई पावर कमिटी गठन भयो। यसै हाई पावर कमिटीको कार्यबारे डुवर्सवासीलाई बुझाउन मोर्चाले तराई डुवर्समा सभा गर्ने अनुमति भने राज्य सरकारबाट प्राप्त गर्न सकेन। राज्य सरकारले शान्ति सुरक्षाको हवाला दिएर सभा गर्न नदिएपछि मोर्चा नेतृत्वहरू राज्य सरकारको यस्तो नीतिप्रति क्षुब्ध देखिन्छ। आज एक राष्ट्रिय समाचार च्यानलसितको साक्षात्कारमा मोर्चा महासचिव रोशन गिरीले सरकारको यस्तो नीतिले जीटीए सम्झौतालाई प्रतिकूल प्रभाव पार्ने बताए।

 18 जुलाईको जीटीए सम्झौतामा तराई डुवर्स अन्तर्भुक्तिको निम्ति हाई पावर कमिटी गठन गरियो भने 24 मार्चको कलकत्ता वार्तामा आगामी जून महीनाको पहिलो सप्ताहमा यो कमिटीले आफ्नो रिपोर्ट बुझाउने तय भएको थियो। यो कमिटीले रिपोर्ट बुझाएपछि मात्र जुलाई महीनामा जीटीएको चुनाउ हुने कुरा पनि गिरीले दोह्रोऱ्याए। 24 मार्च कलकत्तामा राज्य सरकार र मोर्चा बीच भएको बैठकमा जुन निर्णय लिएको थियो त्यसै विषयमा तराई डुवर्सका जनतालाई बुझाउन जनसभा गर्ने अनुमति मागेको गिरीले स्पष्ट पारे। तर सरकारद्वारा जनसभा गर्ने अनुमति नपाएकोमा उनी क्षुब्ध देखिए। सरकारको यस्तै खाले नीति दोह्रोरिए जीटीए व्यवस्था स्वीकार्ने वा यसलाई थन्काएर अलग राज्य गोर्खाल्याण्डको आन्दोलन गर्ने ? भन्ने विषयमा मोर्चा नेतृत्वले सोच्न सक्ने पनि उनले बताए। राज्यले भविष्यमा कस्तो नीति अप्नाउँछ ,त्यसले नै जीटीएको भविष्य निर्धारण गर्ने उनले बताए। उनले पुनः एकपल्ट अलग राज्य गोर्खाल्याण्डको मागलाई ड्रप नगरिएको कुरो दोहोऱ्याए। जीटीए सम्झौतामा अलग राज्यको आन्दोलनलाई यथावत राखेर यो सम्झौता गरिएको पनि गिरीको भनाइ छ। अर्कोतिर मोर्चा प्रवक्ता एवं विधायक डा. हर्कबहादुर छेत्रीले पनि सम्झौतामा रिजन भनेर तराई डुवर्सलाई नै बुझाइएको दावी गरे। आज यस कार्यक्रममा बारला पन्थी नेता राजु बाड़ा पनि उपस्थित थिए। अर्कोतिर चचा-परिचर्चा कार्यक्रममा कंग्रेस नेता ओमप्रकाश मिश्र, पूर्व बाममोर्चा सरकारका मन्त्री कुमार मुखर्जी, विशिष्ठ फिल्म निर्देशक अञ्जन दत्त आदि उपस्थित थिए। यस बाहेक पूर्वमन्त्री अशोक भट्टाचार्य र विर्सा तिर्की पन्थी नेताले पनि सिलगड़ी अनि कलकत्ताबाट आफ्नो विचार राखे। एक घण्टासम्म चलेको कार्यक्रममा सबै पक्षले पॉंहड़, तराई-ड़ुवर्समा शान्ति र सद्‌भवनाकायम राख्ने कुरामा जोर दिए।

No comments: