Pages

Friday 13 April 2012

यस वर्ष पहिलो बैशाखको रौनकता कालेबुङमा छाएन

यस वर्ष पहिलो बैशाखको रौनकता कालेबुङमा छाएन


डी के वाइबा: कालेबुङ 13 अप्रेल: प्रत्येक वर्ष पहिलो बैशाखको दिन निस्कने शोभायात्राको रौनकता यस वर्ष कालेबुङमा छाउँन सकेन। मानिसहरु बजारमा बिहानै देखि पहिलो बैशाख र नेपाली नयाँ वर्षको एकार्कलाई शुभकामना दिईरहेका थिए। कसैले शोभायात्रा कतिबेला निस्कने हो भनि सोधिरहेका पनि थिए। बिगत बर्षहरुमा झै यस वर्ष पनि पहिलो बैशाखमा कालेबुङको सडकहरुमा नाचौला भन्नेहरु जातिय पोषाकमा सजिएर निस्केकाहरु अन्तमा खिन्न मन बनाएर घर फर्किए। मानौ पहिलो बैशाखको शोभायात्रा आयोजना गर्ने मानिसहरुलाई भने पहिलो बैशाख आएको कुनै जानकारी समेत नभएको सरह थियो कालेबुङको वातवरण। न त नौमति बाजाहरु बज्यो न त मादल र डम्फु नै बज्यो कालेबुङमा यस वर्षको पहिलो बैशाखमा। पहिलो बैशाखको दिन जातिय बाजा गाजाहरु बजाउँदै प्रत्येक वर्ष जातिय पोषाकमा सजिएका मानिसहरु कालेबुङको मेन रोडहुँदै शोभायात्रामा निस्कन्थे अनि साँस्कृतिक कार्यक्रममा भाग लिने गर्थे तर, यस बर्ष भने न त शोभायात्रा भयो न त कतै साँस्कृतिक कार्यक्रमहरु नै भयो। प्रत्येक वर्ष शोभायात्राको आयोजना गर्ने गोर्खा साँस्कृतिक सस्थानले भने यहाँको गोर्खा शक्ति थानमा केवल औपचारिकता पालन गर्नकै निम्ति मात्र पुजा अर्चना पालन गरेर पहिलो बैशाख पालन गर्योम। सिमितका सदस्यहरुले शक्ति थानमा माँ देविको पुजा गरेर सबै मानिसहरुको कल्याणको निम्ति प्रार्थाना गरे पछि सबै आ आफ्नो घरतिर लागे भने कुनै सास्कृतिक कार्यक्रम समेत भएन। यस अवसरमा गोर्खा साँस्कृतिक सस्थानका सचिव ज्योति कार्कीले समयको अभावको कारण मानिसहरु यसरी पहिलो बैशाख पालन गर्न नआएको हुनसक्ने बताउँदै व्यस्त मानिसहरुलाई आफ्नो सस्कृतिबारे सोच्ने फुर्सद समेत नभएको बताईन। बिगत दिनहरुमा सस्थाले जातिय सस्कृतिको जोगाडको निम्ति थुप्रै कार्यक्रमहरु गरिसकेको अनि उक्त कार्यक्रमहरुकै माध्यम मानिसहरुलाई आफ्नो जातिय सस्कृतिबारे अवगत गराउँन सक्षम बनेको दाबी गर्दै अब मानिसहरु आफ्नो सस्कृति बिषयमा जागरुक बनिसकेको दाबी गरिन।

No comments: