Pages

Thursday 12 April 2012

जीटीएको मुद्दा : गोटाफो भर्सेस गोजमुमोको वाक युद्ध तिब्र

जीटीएको मुद्दा : गोटाफो भर्सेस गोजमुमोको वाक युद्ध तिब्र

डी के वाइबा: कालेबुङ 12 अप्रेल: जीटीएको सम्झौता पत्रमा दुई दर्जन भूल रहेको दाबी गर्ने गोर्खाल्याण्ड टास्क फोर्स अनि गोजमुमो पार्टी माझ वाक युद्ध दिनोदिन तिब्र बन्दै गईरहेको छ। टास्क फोर्सले जीटीएको सम्झौता पत्रमा दुई दर्जन भन्दा धेर भूल रहेको दाबी गरिसके पछि मोर्चाले टास्क फोर्सलाई समय छँदा नै किन गल्ति देखाएन भनि प्रश्न गरेको थियो। यसको साथै मोर्चाले जीटीएको सम्झौता पत्रमा कुनै भूल नरहेको दाबी गर्दै उक्त भूल देखाउँने काम केवल राजनैतिक अस्तित्व बटुल्ने काम मात्र रहेको उल्टै आरोप लगाउँनुको साथै यदि भूलहरु छ भने सार्बजनिक गर्नु भनि चुनौति नै दिएको थियो। यता मोर्चाको चुनौति पाएका टास्क फोर्सले पुन गोजमुमो पार्टीलाई सोझो जवाद दिएको छ। टास्क फोर्सका समन्वयक आर मोक्तानले आज यहाँको भागोप कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाले समय छँदा जीटीएमा रहेको भूलहरु किन देखाएन भनि गरेको प्रश्नको जवाब दिदै समय छँदा मोर्चाले जीटीएको खेस्रा लुकाएर राखेको दाबी गरे। “जीटीएको सम्झौता पत्रमा के कति राम्रा कुराहरु छन अथवा के कति भूलहरु छन भन्ने कुराको छान बिन गर्ने हामीले कुनै मौका पाएनौँ। किन भने गत 18 जुलाई 2011 को दिन सम्झौता हुन भन्दा पहिला मोर्चाले जीटीएको खेर्सा सार्बजनिक गरेको थिएन। सम्झौता हुन अघि खेस्रा सार्बजनिक नभए पछि भईसकेका भूलहरु कसरी भूल गर्न अघि नै देखाउँनु ?” – तिनले प्रश्न गरे। मोर्चाले जीटीएमा भएका भूलहरु पहिल्यै देखाउँनु पर्थ्यो भन्ने चाह राखेको थियो भने उक्त खेर्सा अन्य दलहरुलाई पनि देखाउँनुपर्ने थियो भन्दै यसरी समयमा भूल देखाएन भनेर आरोप लगाउँनु मरेको मान्छेलाई बाँच्ने सुईलगाउँनु बराबर रहेको मोक्तानले थप बताए। यसै सिलसिलामा तिनले टास्क फोर्सले दाबी गरेको जीटीएको खेस्रामा रहेको भूल समय आए पछि सार्बजनिक गर्ने दाबी गर्दै आफुहरु बिना तथ्य नबोलेको दाबी गरे। तिनले बिगत दिनमा मोर्चाले सरकारसित गरेको त्रिपक्षिय वार्ताहरुमा के कस्ता कुराहरु भयो भन्ने समेत सार्बजनिक नगरेको कारण नै यसरी जीटीएमा समेत अनेकौ भूलहरु हुन पुगेको तिनले दाबी गरे। अहिले आएर आफ्नो भूल ढाकछोप गर्न कै निम्ति मोर्चाले अनेकौ बहनाहरु बनाईरहेको बताउँदै टास्क फोर्सलाई बिभिन्न आरोपहरु लगाउँने काम पनि आफ्नो भूल लुकाउँने प्रयास रहेको तिनले आरोप लगाएका छन।

No comments: