Pages

Thursday 12 January 2012

कोलकता महानगरीमा चर्कियो गोर्खाल्याण्डको आवज


डी के वाइबा:कालिमन्यूज,कोलकाता ,12 जनवरी।

कोलकता महानगरीमा क्रामाकपाले सीपिआईएमएल (लिबरेसन) को सहयोगमा गोर्खाल्याण्डको आवज चर्काएर पहाड फर्कि आएका छन। सीपिआईएमए(लिबरेसन)को आयोजनामा कोलकताको धरमतल्लामा देशमा बडीरहेको महंगाई अनि अगणतांत्रीक परिवेशको बिरोधमा जनसभा आयोजना गरिएको थियो। उक्त जनसभाम पहाडका बिपक्षी दल क्रामाकले भाग लिएको थियो। क्रामाकपा महासचिव तारामणी राईले प्रतिनिधित्व गरेको टोलिले कोलक्ताको शहरमा छुट्टै राज्य गोर्खाल्याण्डको नाराबजी लगाए। उक्त आवजमा लिबरेसनका समर्थकहरुले आवज थपिददा कोलकता गोर्खाल्याण्डको नाराले गुंजियो। उक्त जनसभामा क्रामाकपाबाट महासचिव तारामाणि राई अनि कालेबुङ आञ्चलिक समिति सचिव मोहन पोड्यालले सहभागिता जनाएका थिए। विशाल जनसमुद्रको महाजुलूस धरमतलामा थामिएपछि तीन धण्टासम्म राजमार्ग नै ठप्प गरेर जनसभामा परिणत भएको थियो। सीपीआइएमएल राज्य सचिव पार्थ बसुको अध्यक्षतामा सम्पन्न जनसभामा पोलित व्युरो सदस्य कार्तिक काल, अभिजित मजुमदार, बासुदेव वर्मा, क्रामाकपा महासचिव तारामणि राई आदिले जनसभालाई सम्बोधन गरेका थिए भने सीपीआईएमएल राज्य समिति महसचिव दिपङ्‌कर भट्टचार्य प्रमुख वक्तको रूपमा उपस्थित थिए। जनसभालाई सम्बोधन गर्दै सीपिआईएमएल महासचिव दिपंकर भट्टचार्यले गोर्खाहरुको समस्या जीटीएले समाधान ग-यो भनेर राज्यका मुख्य मंत्री ममता ब्यानर्जीले दाबी गरेको कुरो झुटो रहेको बतए। तिनले गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षा केवल गोर्खाल्याण्डले मात्र हुने दाबी गर्दै गोर्खाल्याण्डको आन्दोलनलाई साथ दिने बचनबद्धता प्रकट गरे। उनीहरूको चिन्हारी र अस्तित्वको समस्या अझ आलै छ भन्दै त्यसैको निम्ति क्रामाक्पा हामीसँग छ भनि जनाए। हामीले एक अर्कामा सहयोगका हात बढाएर कार्य गरिरहेका छौं। हामी गोर्खाहरूको साथमा छौं। यदि कुनै पनि आन्दोलन गर्नपरे हाम्रो सहभागिता रहनेछ भन्दै प्रत्येक आन्दोलनमा क्रामाक्पालाई सहयोग गर्ने जनाए। आवश्यक परे यस जससभामा जति भेला भएका छन्‌ त्यसको चौगुणा मानिसहरू हामी भेला गरेको हुन्छौं। यसरी नै अभिजित मजुमदारले पनि गोर्खाहरूको छुट्टै राज्य हुनपर्ने कुरामा जोड दिए। यसरी नै तारामाणि राईले भने, बङ्गाल सरकारले अहिले जीटीएले गोर्खाहरूको समस्या समाधान भयो भने झुटो प्रचार गरिरहेको छ। घरी चिया अनि पर्यटन उत्सव त घरी कृषि मेला गरेर जनतालाई अहिले भुल्याउने कार्य भइरहेको छ। दार्जीलिङको एउटा शक्ति भएको पार्टीसँग मिलेर सरकारले पैसाको दुरूपयोग गरिरहेको छ, जबकी बन्द चियाकमानमा लाखौं कृषक अनि मजदुरहरू गॉंस र बाससँग जुझिरहेका छन्‌। मेला र उत्सव गर्ने सरकारले किन बगान खोलाउनमा चासो देखाउँदैन, किन आवाज उठाउँदैन? तिनले प्रश्न तेर्साए। जीटीएले गोर्खाहरूको समस्या समाधान नहुने बताउँदै गोर्खाहरूको निम्ति छुट्टै राज्य हुनपर्ने कुरामा नै तिनले अधिक जोड दिए। तिनले कोलकताको जनसभा बाट जीटीएको बिरोध गर्दै ममता ब्यानर्जीले गोर्खाहरुको समस्या समाधान भयो भन्नु मुर्खता रहेको दाबी गरे। तिनले उक्त जसभमा पनि मोर्चाको आलोचना गर्दै हाल जीटीए पारित गराउँन मोर्चाले बिभिन्न उपायहरु सर्कारस्ंग मिलेर अप्नाएको आरोप लगाए।

No comments: