Pages

Thursday 12 January 2012

छत्रे सुब्बा अनि बिमल गुरुंगको कालेबुंगमा भेट : राजनीतिमा नयाँ मोड आउँने ?



डी के वाइबा: कालिमन्यूज, कालेबुंग 12 दिसम्बर :

गोर्खाल्याण्ड आन्दोलनको क्रममा जंगी नेताको रुपमा परिचित रहेका गोर्खा लिबरेसन अर्गनाईजेसन (जीएलाओ) प्रमुख छत्रे सुब्बा अनि गोर्खा जनमुक्ति मोर्चा प्रमुख बिमल गुरुंगको बुधबार रेली मिशनटारमा कृषी अनि पर्यटनको अवसरमा भेट भयो। मिडीया कर्मीहरुले थाह नै नपाई भेट गरे पनि दुई नेताहरुको भेट भएको तस्बिर भने मिडीयाको क्यामेरामा कैद भएको छ। यसबारे दुवै नेताहरुले कुनै मुख नखोले पनि दार्जीलिंगको राजनीतिमा नयाँ मोड आउँने हुन कि भन्ने अनुमान शुरु भएको छ। सुत्रबाट जानकारी पाए अनुसार दुई नेताहरु छोटो समयको निम्ति भेट गरेर गफ गरे। तिनीहरुले कसैले पत्तो नै नपाई कुराकनी गरेको थाह लागेको छ। गोर्खाल्याण माग्ने जंगी नेता अनि बर्तमान पहाडका चर्चित नेता बिमल गुरुंगको यो नै पहिलो भेट रहेको छ। सुब्बा जेलबाट छुटेपछि तिनलाई भेटन थुप्रै नेताहरु तिनकै घरमा आए गए, तर बिमल गुरुंगले भने तिनी स्ंग आज सम्म भेट गरेको थिएन। गुरुंगलाई छत्रे सुब्बा बारे पत्रकारहरुले प्रश्न गर्दा आहिले तिनी थाकेका छन आरम गर्न देऊ भन्ने गरेका थिए। तर अचानक रेलीको बगरमा क़ृषी पर्यटन उत्सवक्जो बहनामा भेट गर्नु निकै रहस्यमय बनेको छ। दुई नेताहरुको भेट यसकारण अझ रहस्यमय बनेको छ कि तिनीहरु दुवैले भेटेको कुरा कसैलाई भनेका छैनन। अनेकौँ कार्यक्रमहरुमा गुरुंग कालेबुंग आउँदै गए तर आजसम्म दुवैको भेट भने हुन सकेको थिएन। तर अचानक रेलीको बगरमा आयोजित कार्यक्रममा छत्रे नेता घुम्न पुग्नु अनि बिमल गुरुंगले पनि भेट गर्नु खुवै चासोको बिषय बनेको छ। थुप्रै मिडीया कर्मीहरु रहेको कार्यक्रममा कसैले पत्तो नपाई भेट हुनु रह्स्य त छँदैछ त्यो भन्दा पनि अझ रहस्य त दुई नेताहरुको गोप्य कुराकानी रहेको छ। गुरुंग अनि अनि सुब्बाको यो पहिलो भेट कुनै औपचारिक भेट नभए पनि एकार्क भेट भएको भने पहिलो पल्ट हो | सुत्रले जानकारी दिए अनुसार दुई नेताहरुले पहिलो भेटमा हाथ मिलाएर आफ्नो परिचयको आदन प्रदान गरे । छोटो समयको निम्ति उनीहरु एकार्कमाझ कुराकानी समेत गरेर निस्किए। तर कुरा के भो भन्ने बारेमा भने कुनै पुष्टि हुन सकेको छैन। दुवै नेताको यो नयाँ भेट घाट रहेको भए पनि कसैलाई सुईँको नदिनु अनि दुवै मौन बस्नु निकै गम्भिर बनेको छ। एकक्षण भेट गरेर आपस्तमा कुराकानी गरेपछि मोर्चा प्रमुख कार्यक्रममा बसे भने छ्त्रे सुब्बा भने कार्यक्रमको मनोरंजन लिँदै किहिबेर सम्म घुमिरहेको सुत्रले अझ बतएको छ। त्यस पछि भने सुब्बा घर फर्किए भने गुरुंग कार्यक्रम सकेर दार्जीलिंग फर्किएको सुत्रले जानकारी दिएका छन।

स्मरण रहोस छ्त्रे सुब्बा सन 1980 को दशकमा चलेको हिँसात्मक गोर्खाल्याण्ड आन्दोलनमा गोरामुमो प्रमुख सुबास घिसिंगका निकटतम सहयोगि बनेर लडेका थिए। यता बिमल गुरुंग पनि उक्त आन्दोलनमा खुबै सक्रियता साथ लडेका थिए। दुवै नेता तत्कालीन आन्दोलनमा लडेका भए पनि समयको गतिशिलतामा बिछोड बने। अस्सीको दशकमा जंगी नेताको रुपमा चिनिने छ्त्रे सुब्बा सुवास घिसिंगले दागोपापमा सम्झौता गरेपछि छुटिएर गोर्खा लिबरेसन अर्गनाईजेसन (जीएलओ) गठन गरि आन्दोलनमा ओर्लिए। समयको आरोह र अवरोहमा तिनी चर्चामा आउँदै बिलाउँदै गए। यस्तै चर्चामा आउँदै हराउँदै गर्ने छत्रे सुब्बा 11 नोभेम्बर 2000 सालमा तिनकटेरे घटना पछि पुन चर्चामा आए। जलढका थाना अंतर्गत पर्ने तिनकटेरे जंगलमा सुब्बाले जंगीहरुलाई शस्त्र तालीम दिएको हल्ला भए पछि तिंबको चर्चा चल्यो। त्यसै समय पुलिसले धावा बोल्दा एकजना होमगार्डको मृत्यु भए पछि त झन तिनको चर्चाले शिखर नै छोयो। उक्त चर्चा सेलाउँन नपाई दागोपाप पार्षदहरुलाई राजीनामा दिनुपर्ने सुब्बाद्वरा हस्ताक्षरित धम्किपूर्ण पत्रहरु प्राप्त हुन थालेपछि झनै पहाडमा सन सनी मच्चियो। यसै समय सुब्बा भुमिगत बने । त्यस समय तिनी भुमिगत बने पछि चारै तिर चर्चा भईरहेको थियो अनि सोहि समयमा 10 फरवरी 2001 को दिन सातघुम्तिमा गोरामुमो प्रमुख सुवास घिसिंगमाति प्राणघातक हमला भयो अनि सबैले तिनै छत्रे सुब्बामाथि आरोप थोपे। अंतमा 24 मार्च 2001 को दिन भुमिगत बसेका छत्रे सुब्बलाई मिरिक थाना अंतर्गत भातर नेपाल सिमानाबाट पक्राउ गरियो । घिसिंग हम्लाकाण्ड पछि पुलिसको हातमा परेका सुब्बा लकभग 11 वर्ष जेलबसे पछि केहि महिना अघिमात्र आरोप मुक्त भएर घर आएका छन। तिनी घर आए पछि राजनीति गर्न हालै बिचार मंतब्य पोखेको केहि महिना बिते पछि दार्जीलिंग पहाडको राज्नीतिलाई गहन अध्यन गरेको बतएका थिए। यस्तैमा पुन दार्जीलिंग पहाड छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन चर्काउँन नयाँ राजनैतिक दल गठन हुने हल्ला भयो जुन ह्ल्लाहरुमा सुब्बाको नाम अघिल्लो पंक्तिमा रहेको छ। तर यस्तै समयमा जीएलओ प्रमुख सुब्बा अनि गोजमुमो प्रमुख बिमल गुरुंगको भेट निकै रह्स्य बनेको छ। दुई बिपरीत ध्रुवका नेताहरुको अचानक भेटले अनेकौ अनुतरित प्रश्न खडा गरिदिएको छ जसको उत्तर भविष्यकै गर्भमा लुकेको छ ।

No comments: