Pages

Wednesday 13 January 2016

चालकहरूलाई लिएर कार्याशाला

कालेबुङ, 
कालेबुङ ट्राफिक पुलिसले पालन गरिरहेको सडक सुरक्षा सप्ताहको आज तेस्रो दिन चालकहरूलाई लिएर एक कार्याशाला सम्पन्न सम्पन्न भयो। ट्राफिक सिग्ननसितै दुर्घटनाहरूबाट बाँच्ने उपयाहरूबारे जानकारी गराउन कार्याशाला आयोजना गरिएको हो। यहाँको मोटरसट्याण्डस्थित चालक महासङ्घ कार्यालय भवनमा आयोजित क्त कार्याशालामा एएसआई लेखनाथ छेत्री, महासङ्घ अध्यक्ष महेन्द्र गुरूङ आदि उपस्थित थिए। चालक महासङ्घ अन्तर्गत रहेका चालक सदस्यहरूले कार्याशालामा सहभागिता जनाएका थिए।  

विवेक चेतना उत्सव पालन

श्वामी विवेकान्दको 153 औँ जन्मजयन्तीको अवसरमा विवेक चेतना उत्सव पालन गरियो। युथ सर्विसेस डिपार्टमेन्ट जीटीएको आयोजनामा सम्पन्न कार्यक्रममा स-सना नानीहरूलाई लिएर बस अनि चित्र बनाभ प्रतियोगिता, लोक नृत्य, सङ्गीत अनि तर्क प्रतियोगिताको आयोजना गरिएको थियो। स्थानीय श्यामादेवी भवनमा आयोजित प्रतियोगितमा 50 भन्दा अधिक नानीहरूले भाग लिएका थिए। ओमिका गुरूङ प्रतियोगिताको  निर्णायकको रूपमा उपस्थित रहेकी थिइन् भने नगरपार्षद दावा डोल्मा लामा, जयन्ती ब्योनर्जी आदि विशेष रूपले उपस्थित रहेकी थिइन्। म्यूनिसिपल यूथ अफिसर पेम्बा भोटियाले कार्यक्रमबारे जानकारी गराउँदै स्वामी विवेकानन्दको जन्मजयन्तीको अवसरमा प्रत्येक वर्ष नै विभागले यसप्रकारको कार्यक्रम आयोजना गर्दै आइरहेको बताए।

स्वामी विवेकान्दको जन्मजयन्ती पालन


भारत उदय कालेबुङले यहाँको 10 माईल फाटक परिसरमा स्वामी विवेकान्दको 153 औँ जन्मजयन्ती पालन गऱ्यो। निर्माणाधिन स्वामी विवेकानन्दको सालिग परिसरमा पालन गरिएको उक्त कार्यक्रममा समितिका अध्यक्ष समिर घोष, सहल्लाहकार लोकराज अग्रवाल, सचिव नितेस घतानी आदि उपस्थित थिए। यस अवसरमा समितिद्वारा शहरमा सद्भावना यात्रा पनि निकालिएको थियो। 10 माइल फाटकबाट निकालिएको उक्त सद्भावना यात्राले कालेबुङ शहरका विभिन्न मार्ग परिक्रमा गरेपछि 10 माईल फाटकमा नै फर्किएपछि समापन गरिएको थियो। कार्यक्रमलाई हिमालय योग संस्थाका कार्यकर्ताहरूले सहयोग पुऱ्याएका थिए। 

No comments: