Pages

Wednesday 13 November 2013

गोर्खाल्याण्डको मागमा क्रामाकपाले गर्यो शहरमा पोस्टरिंङ् सँगै पर्चा बितरण....

कालेबुंङ १३नोवेम्बेर -{मणि तमांङ-} क्रामाकपाले  गोर्खाल्याण्डको मांगलाई अघि बडाउदै  पूर्व घोषित कार्यक्रम अनुरूप आज शहरमा पोस्टरिंङ् सँगै पर्चा बितरण कार्यक्रम सम्पन्न गर्यो। एकातिर गोजमुमो पार्टीले आगामी  दिसम्बर महीना दिल्लीमा हजारौको संख्यामा समर्थकहरु भेला गरेर गोर्खाल्याण्ड राज्य गठन को मागमा कार्यक्रम गर्ने तय गरेको छ भने भगोपले पनि शीतकालीन सत्रको अवधी दिल्लीमै राष्ट्रीय भेला गरेर अलग राज्य गोर्खाल्याण्डको अवाज बुलन्दा गर्ने भको छ। यता आजदेखि क्रामाकपाले छेत्रीय स्तरमा गोर्खाल्याण्डको  निम्ति कार्यक्रम शुरू गरेको छ।

 ग्रक्रयूमो नेता सुधन प्रधानको अगुवाईमा पार्टी कार्यकर्ताहरुले शहरको बिभिन्न मार्गहरुमा पोस्टरिंङ संगै मानिसहरुमा राजनैतिक सचेतना जगाउन पर्चा बितरण गरे। पोस्टरिंङ् अनि पर्चा बितरण कार्यक्रम सम्पन्न गरिरहेको समय अवधी कालेबुंङ्का संचारकर्मीहरुसंग कुराकानी गर्दै गणतान्त्रिक क्रांतिकारी युवामोर्चा नेता सुधन प्रधानले पहाडको अन्य राजनैतिक दलहरु बिभिन्न सहूलियतहरुमा भुली रहेको अनि अवसरबादी मानिसहरु दल फेर्ने होडमा लागि रहेको समयमा क्रामाकपा गोर्खाल्याण्डको  निम्ति निरंतर रुपमा अघि बड़ीरहने बताउदै ,गोर्खाल्याण्ड राज्य गठन कठिन भए पनि सम्भव रहेको बताएका छन.

No comments: