डी के वाइबा, कालेबुङ 27 जुलाई। तेलेङगमा राज्य गठनको निम्ति केन्द्र सरकारले अन्तिम निर्णय लिने अवस्थामा पुगेको बेला पहाडमा भने छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति शहिद बनेकाहरुलाई सम्झना गर्दै बस्न पर्ने बिडम्बना बनेको छ। डमरु बडेर बाघ हुने प्रतिक्षामा 21 वर्षसम्म प्रतिक्षा गर्दा गर्दा देशमा तीनवटा राज्यहरु गठन भयो तर यता पहाडमा गोर्खाल्याण्डको निम्ति हिसात्मक आन्दोलन गर्ने सुवास घिसिङ भने सावन पानी पार्दा नै ठिक्क भए। अहिले केन्द्र सरकारले तेलेङगमा गठन गर्ने अवस्थामा छ अनि यता पहाडका जनताहरु भने सिढीँले गोर्खाल्याण्डको कतै बैतर्णी तार्ने हो कि भन्ने प्रतिक्षामा बस्नु पर्ने अवस्था रहेको छ।
यस्तो परिसथिहरु बिच आज केन्द्रमा तेलेंगना गठनको चर्चाले आकश छोए पछि दार्जीलिङ पहाडमा पनि गोर्खाल्याण्डको आगो दन्किने अवस्था बनेको छ। यही राजनैतिक परिस्थितिहरु माझ आज गोजमुमो पार्टीले शहिद दिवस पालन गर्दै जीटीए त्याग्ने संकेत दिएको छ भने क्रामाकपाले तेलेंगना राज्य गठन संगै गोर्खाल्याण्ड गठनको प्रक्रियालाई अघि बडाउँनुपर्ने माग गरेको छ। यस सन्दर्भमा आज क्रामाकपाले शहरमा पोष्टरिङ पनि गरेको छ। क्रामाकपा पार्टी कार्यकर्ताहरुले आज यहाँको डम्बर चौकमा तेलेङगना राज्य गठन संगै गोर्खाल्याण्ड गठन प्रक्रियालाई अघि बडाउँनुपर्ने यसको साथै गोर्खाल्याण्डको निम्ति सबै एक हुनपर्ने आह्वान समेत पोष्टरमा गरेको छ। यस बिषयका क्रामाकपा कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले पत्रकारहरुसंग कुराकानी गर्दै गोर्खाल्याण्डको निम्ति तेलेंगनाका नेताहरु झै एकबद्ध हुनपर्ने आह्वान गरेका छन। तिनले तेलेंगना राज्य गठनको निम्ति आन्दोलनरत रहेका नेतृत्वहरुले कहिले पनि कुनै व्यवस्थामा सम्झौता नगरेको अनि उनीहरु छुट्टै राज्यको मुद्दामा सधै एकबद्ध बनेर आन्दोलन गरेर अघि बडेको बताएका छन। “तेलेंगनाका नेताहरु सधै छुट्टै राज्यको निम्ति एउटै मञ्चमा आएर आन्दोलन गरे। तीनहरु एकभएर अघि बडेको कारण नै सफता प्राप्त गरेका छन। यता हामी भने एउटै मुद्दाको निम्ति पनि कहिल्यै एक हुन सकेका छैन। मुद्दाको निम्ति एक हुन नसक्नु हाम्रो कमज़ोडी हो। हामीले तेलेंगनाको मुद्दालाई हेर अब छुट्टै राज्यको आन्दोलनमा अघि बडनपर्नेछ” किशोर प्रधानले भने। “हामी तेलेंगना राज्य गठनको प्रक्रियालाई स्वागत गर्छौँ। यसको साथै गोर्खाल्याण्ड गठन प्रक्रिया पनि तेलेंगना गठन संगै अघि बडाउँनुपर्ने हाम्रो माग छ” तिनले अझ भने।
No comments:
Post a Comment