डी के वाइबा, कालेबुङ 8 मार्च। तृणमूल नेता छेवाङ भोटिया हमकाण्डले अशान्त बनेको कालेबुङमा दुई प्लाटुन ईण्डियन रिजर्भ बटालियन (आईआरबी) का जवानहरु ल्याईएको छ। याहँको शान्ति शृङ्खला बनाएर राख्न जिल्ला प्रशासनले हिज नै आईआरबीका जवानहरु कालेबुङमा ल्याएका छन भने र्याएपिड एक्सन फोर्सका जवानहरु पनि एक प्लाटुन ल्याईएको छ। हिज राती नै कालेबुङ आईपुगेका आईआरबीका जवानहरुले आज शहरमा फ्याल्ग मार्च गरे।
यता तृणमूल नेता छेवाङ भोटिया हमलाकाण्डका आज तेस्रो दिन कुनै पनि अभियुक्तिहरुलाई पुलिसले पक्राउ गरेन। भोटिया हमलाकाण्डको मुख्य आरोपीको नाउँ तृणमूल कङ्रेसले गोजयुमो अध्यक्ष बारुद थापा सचिव बिनय घिसिङ रहेको उल्लेख गर्दै कालेबुङ थानामा प्राथमीकि दर्ता गरेको भए पनि प्राथमीकिमा नाउँ भएको मुख्य आरोपीहरु भने अझसम्म फरार रहेका छन।
यता उक्त हमला काण्डको आरोपमा पुलिसले आहिलेसम्म पाँचजनालाई पक्राउ गरेको छ भने दुईजना अभियुक्तिहरु तिनदिनको पुलिस रिमाण्डमा राखेर सोधपुछ गर्ने कार्य गरिरहेको छ। पुलिसले पाँचजना आरोपीहरुलाई पक्राऊ गरे पनि प्राथमीकिमा नाउँ भएका गोजयुमो नेताहरुलाई पक्राऊ गर्न छापामारी अभियान जारी राखेको छ।
दार्जीलिङ पहाडको सत्तासिन दल गोजमुमो पार्टीसित राज्यको सत्तासिन पार्टी तृणमूल कङग्रेस संग समबन्ध बिग्रेको कारण तृणमूल नेता छेवाङ भोटिया हमलाकाण्डका आरोपीहरुलाई पक्राउ गर्न पुलिसलाई उच्च अधिकारीबाट कठोर निर्देश आएको सुत्रले जानकारी दिएको छ।
मोर्चालाई पहाडमा लगाम लगाउँन तृणमूल कङ्ग्रेसले सबै अभियुक्तहरुलाई यथाशिघ्र पक्राउ गरेर कानुनी कार्वाही गर्ने पुलिस बिभागलाई निर्देश दिएको कारण प्रशासनले आरोपीहरु पक्राऊ गर्न रौचिरा अभियान थाल्ने जानकारी प्राप्त भएको छ। यसै सिलसिलामा जिल्ला प्रशासनले कार्वाही अघि बडाउँन आईआरबीका जवानहरुलाई सडकमा उतारेको सुत्रले जानकारी दिएको छ।
अर्कोतिर उक्त छेवाङ भोटिया हमलाकाण्डको आरोपमा पक्रा परेका बिजय छेत्रीलाई भने दार्जीलिङ जिल्ला पुलिस अधिक्षक कुनाल अग्रवालले मुख्य अभियुक्त हो भनि दाबी गरेका छन। कालेबुङको प्रशासनिक अवस्थाबारे जानकारी लिन बुधबार कालेबुङ आईपुगेका जिल्ला पुलिस अधिक्षक कुनाल अग्रवालले दार्जीलिङ पहाडमा शान्ति सुरक्षा बनाएर राख्न आईआरबी अनि र्यािफका जवानहरु ल्याउँने कार्य भएको स्पष्टिकरण दिएका छन।
No comments:
Post a Comment