Pages

Friday 15 March 2013

गोर्खाल्याण्डको माग गोर्खाहरुको आत्मनिर्णयको अधिकार हो – गोर्खालिग

कालेबुङ 15 मार्च। बङगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले डुवर्स भ्रमणमा आउँदा छुट्टै गोर्खाल्याण्डको आन्दोलनलाई बिच्छिन्नवादी भनि टिप्पणी गरेकोमा अखिल भारतीय गोर्खालिगले कठोर निन्दा गरेको छ। अभागोली महासचिव प्रताप खातीले गोर्खाल्याण्ड आन्दोलन बिच्छिन्नतावादी कसरी भयो भन्ने प्रश्न गर्दै गोर्खाल्याण्ड गोर्खाहरुको आत्मनिर्णयको अधिकार हो भनि दाबी गरे। “भारतमा अहिलेसम्म जति पनि राज्यहरु बने अनि उक्त राज्यहरु निर्माणको निम्ति चलेको आन्दोलन कहिल्यै बिक्छिन्नतावादे आन्दोलन भए।

 किन गोर्खाल्याण्डको आन्दोलनलाई बिच्छिन्नतावादीको संज्ञा दिईन्दैछ ? हामील भारतीय संविधानले दिएको अधिकार मागेका हौ। आज आफ्नो अधिकारको माग गर्दा कसरी बिच्छिन्नतावादी भयो ?” खातीले प्रश्न राखे। तिनले मुख्यमन्त्रीले डुवर्स भ्रमणमा आउँदा आगमी पञ्चायत चुनाउलाई मध्यनजर राकेर यसरी टिप्पाणी गरेको हुन सक्ने बताउँदै उक्त बयान निन्दनिय रहेको दाबी गरे।

No comments: