Pages

Wednesday 27 March 2013

सब्जि बिग्रन्छ झोलले पार्टी बिग्रन्छ पोलले – प्रविण रहपाल

 कालेबुङ 26 मार्च। गोरामुमो पार्टीको शाषण समाप्त गरी छुट्टै राज्य गोर्खाल्याण्डको नारा लिएर दार्जीलिङ पहाडमा जन्मेको नयाँ राज्नैतिक पार्टी गोजमुमो भित्र राजनैतिक उतारचडाव देखा परिरहेको छ। एकातिर पार्टीका सदस्यहरु राजीनामा दिएर तृणमूल कङ्ग्रेस अनि पुन: गोरामुमो पार्टी तिर नै फर्किरहेका छन भने अर्कोतिर अन्य पार्टीबाट मोर्चामा सामेल हुने क्रम पनि जारी रहेको छ। यसै राजनैतिक उतार चडावहरुमा गोजमुमो पार्टीको स्थपनाकाल देखि आन्दोलनमा लागीपरेका गोजमुमो पूर्व केन्द्रिय समिति सदस्य प्रवीण रहपाललाई आखिरमा मोर्चाले पार्टीको साधरण सदस्यबाट समेत निश्कासित गरेको छ।

 तिनलाई पार्टीबाट निश्कासित गरे पछी कतै मोर्चाको पार्टीबाट कतिपय सदस्यहरुलाई निश्कासित गर्ने क्रम जारी हुने त होईन भन्ने प्रश्न गम्भिर बनेको छ। किन भने नजिकको सुत्र अनुसार गोजमुमो पार्टीको स्थपनाकालदेखि पार्टीमा खटेका कतिपय मोर्चा नेताहरु अहिलेघरी पार्टीको क्रियाकलाप देखि टाडा रहेको कारण त्यस्ता नेताहरुलाई समेत पार्टीबाट निश्कासित गर्नसक्ने सम्भावना रहेको सुत्रले जनाएको छ। यता पार्टीबाट निश्कासित भएपछि गोजमुमो पार्टीका पूर्व केन्द्रिय समिति सदस्य प्रविण रहपालले पत्रकार सम्मेलन डाकेर आफ्नो पक्षबाट स्पष्टिकरण दिएका छन।

 “आज मलाई कुनै कारण नमागी पार्टीबाट निष्कासन गर्योड। मलाई यसमा कुनै दुःख लागेन। तर एउटा जिम्मेवार पार्टीले आफ्नो संविधानको पालन नगरी एक कार्यकर्तालाई जुनरुपले निष्कासन गर्योन यो भने ठीक लागेन” प्रवीण रहपालले प्रेस द मिटमा पत्रकारहरूलाई सम्बोधन गर्दै भने। कुनै कारण बताऊ नोटिस समेत नदिई पार्टीबाट निश्कासित गारेका प्रविण रहपालले पत्रकारहरुलाई सम्बोधन गर्दै गोजमुमो अध्यक्ष बिमल गुरुङलाई तेस्रो चरणको आन्दोलन सफल पार्ने सुभकामना समेत दिए। तिनले पार्टीबाट आफुलाई निश्कासन गरेको पत्र प्राप्त भएको पुष्टि गर्दै पार्टीले आफ्नो पक्ष राख्ने मौका समेत नदिएकोमा गुनासो पोखे।

 “मलाई धेरै कुरा भन्नु थियो तर सोधिएन। कुनै दिन मौका पाए अवश्य भन्नेछु” रहपलले भने। ‘म विमल गुरूङलाई यति मात्र भन्छु कि तर्कारी बिग्रन्छ झोलले पार्टी बिग्रन्छ पोलले’ प्रविण रहपालले सुझाव दिदै भने। तिनले पार्टीबाट राजीनाम दिने सोंच बनाएको बताउँदै उक्त कुरा थाह पाएर अहिलेको परिस्थितिमा राजीनामा गलत प्रभाव पर्नसक्ने सोचेर नै पार्टीले निशासन गरेको हुनसक्ने तिनले बताए। आफुलाई मोर्चाले स्थापित नगरेको दाबी गर्दै गोरामुमोको जगजगीमा नगरपालिका चुनाउ जितेको समेत तिनले बताए।

 आफुलाई मोर्चाले पार्टीबाट निकाल्दा ठूलो गल्ति हो भन्दै यस्तो गल्ती विमल गुरूङले फेरि दोहोर्यााउनु हुँदैनलाई कालेबुङबाट दार्जीलिङ पुर्यानउँने व्यक्ति आफुरहेको दाबी गर्दै विश्वास नभए पुरानो क्यासेट हेर्नु भनि सुझाव समेत दिए। अर्कोतिर मोर्चा केन्द्रिय सहसचिव विनय तामङले रहपाल पार्टीप्रति निष्क्रिय रहेको अनि तिनको कतिपय गतिविधी पार्टीलाई हामी पुग्ने भएकोले नै तिनलाई पार्टी बाहिर गरिएको बताएका छन्‌।

No comments: