Pages

Thursday 21 March 2013

कालेबुङका पत्रकार मनोज राई ‘गडफ्रे फिलिप्स ब्रेभरी अवार्ड’ले सम्मानित

 डी के वाइबा, कालेबुङ 20 मार्च। दैनन्दिनी समाचार च्यानलका पत्रकार मनोज राई गडफ्रे ब्रेभरी अवार्ड 2013ले सम्मानित भएका छन। पत्रकार राईलाई बुधबार राती कोलकोताको ताज होटलमा आयोजित बिशेष कार्यक्रममा उक्त पुरस्कारले सम्मानित गरियो। पश्चिम बङगालका उर्जा मन्त्री मनिष गुप्तको बाहुलिबाट तिनलाई सामाजिक सेवाको निम्ति वर्ष 2012को गडफ्रे फिलिप्स ब्रेभरी अवार्डले सम्मानित गरियो। कार्यक्रमका मुख्य अतिथि उर्जा मन्त्री गुप्तले कालेबुङका पत्रकार मनोज राईलाई गोल्ड मेडल, प्रशस्ति पत्र अनि नगद पचास हजार प्रदान गरेर तिनले भूईँचालो पिडीतहरुका निम्ति पुर्या एको सामाजिक सेवाको निम्ति उक्त पुरस्कार प्रदान गरियो।

 गत वर्ष 18 सेप्टेम्बर 2011 को दिन आएको बिनाशकारी भूईँचालोले कालेबुँङ महकुमाको मन्दिर गाउँ अनि शङ्खे गाउँमा तहस नहस पारे पछि पत्रकार मनोज राईले पत्रकारीताको धर्म संगै सामाजिक सेवाको कार्य गरेका थिए। तिनले उक्त गाउँका भूईँचालो पिडीतहरुको हृदय बिदारक दृष्य बाटो समेत चुडिएको अवस्थामा पनि पैदल हिडेर आफ्नो क्यामेरामा कैद गरी कालेबुङ प्रेस क्लबको समाचार च्यानल दैनन्दिनीमा प्रशारण गर्ने महत कार्य गरेक थिए। उक्त कार्यपछि कालेबुङ मानिसहरुले भूईँचालो पिडीतहरुलई राहत सामग्री सहयोग गर्न अघि आए पछि पत्रकार मनोज राईले नै पिडीतहरुलाई राह्त सामग्री पुर्यााउँने समेत कार्य गरेका थिए। 


उक्त कार्यको निम्ति तिनलाई कालेबुङ प्रेस 2011मा एक्सिलेन्स अन जर्नलिजन पुरस्कारले सम्मानित गरिएको थियो भने यसवर्ष उक्त सामाजिक कार्यको योगदानलाई कदर गर्दै तिनी गडफ्रे फिलिप्स ब्रेभरी अवार्डले सम्मानित भएका छन। कोलकोताको ताज होटलमा आयोजित बिशेष कार्यक्रममा तिनलाई उक्त पुरस्कारले सम्मानित गरियो। पश्चिम बङगाल, उडिस्सा, आन्द्राप्रदेश अनि तामिल नाडुका मोठ 11 जना व्यक्तिहरुलाई प्रदान गरिएको उक्त अवार्ड पत्रकार मनोज राईले सामाजिक सेवाको निम्ति पुर्यााएको योदानको निम्ति प्रदान गरिएको हो।

 दैनन्दिनी न्युज च्यानलका भिडियो ग्राफर तथा तक्निकी सम्पादक मनोज राईले कालेबुङ खण्ड 2 को मन्दिर गाँउ र शंखे गाँउका 395 भुइचालो पिडीत परिवारहरुलाई सहयोग गर्ने कार्य गरेपछि आखिरमा तिनको योगदानको कदर भएको छ। गडफ्रे फिलिप्स ब्रेभरी अवार्ड 2013ले सम्मानित भएपछि पत्रकार मनोज राईले आफुलाई अत्यंतै हर्ष लागिरहेको बताएका छन। “भूईँचालो प्राकृतिक आपदा हो अनि यो कहिले आउँछ भन्ने कसैलाई थाह हुँदैन। 

त्यस समय भूईँचालोको ताण्डव देखेर म आफै अत्यन्तै भावुक बनेको थिएँ। आपदको समयमा मैले जसरी सहयोग गर्न सक्थे त्यसरी नै सहयोग गरे। कुनै पुरस्कार र अवार्ड पाउँने सपना थिएन त्यस समय। उक्त सहयोगको निम्ति मलाई कालेबुङ प्रेस क्लबले सम्मानित गरेपछि अहिले यस अवार्ड पाउँदा हर्षको कुनै सिमा नै छैन” – पत्रकार मनोज राईले भने। तिनले उक्त अवार्डले सामाजिक कार्यको निम्ति आफुलाई अझ प्रोत्साहन प्राप्त हुनको साथै जिम्मेवारी बडेको पनि बताएका छन।

No comments: