Pages

Wednesday 13 March 2013

उच्चतर माध्यमिक परिक्षा शुरु

कालेबुङ 13 मार्च। पश्चिम बङगाल उच्चतर शिक्षा परिषदको आयोजनामा वर्ष 2013 को भयो। उच्चतर माध्यमिक परिक्षाको पहिलो दिन सबै केन्द्रहरुमा परिक्षा शान्तिपूर्ण सम्पन्न भयो। कालेबुङ महकुमाको खण्ड एक अनि खण्ड दुईका मोठ 1 हजार 9 सय 15 जना नियमित बिद्यार्थीहरुले यसवर्षको उच्चतर माध्यमिक परिक्षा दिईरहेका छन भने 42 कम्पार्टमेंट बिद्यार्थीहरुले उक्त परिक्षा दिईरहेका छन। यसमध्ये नियमित परिक्षा दिनेहरुमा छात्रहर्को संख्या 1 हजार 41 रहेको छ भने छात्राहरुको संख्या 8 सय 74 जना रहेका छन। यता कम्पार्टमेंटन बिद्यार्थीहरुमा छात्रहरुको संख्या 31 रहेको छ भने छात्राहरुको संख्या 11 जना रहेका छन।


यस वर्षको उच्चरत माध्यमिक परिक्षा यहाँको एसयुएमाआई, कुमुदुनी बिद्याश्रम, कन्या उच्चतर माध्यमिक बिद्यालय, प्रणामी बालिका विद्या मन्दिर अनि सन्त फिलोमिना बिद्यालयमा सञ्चालन भईरहेको छ। आज पहिलो दिनको परिक्षा भाषा बिषयमा सम्पन्न भयो। परिक्षालाई मध्यनजर राखेर परिक्षा केन्द्रहरुमा सुरक्षा व्यवस्था कठोर रहेको थियो। कालेबुङ शहरमा सञ्चालन भईरहेको उच्चतर माध्यमिक परिक्षा सम्बन्धि उच्चतर माध्यमिक परिक्षा सञ्चालक केन्द्रका सचिव नभरत्न प्रधानले परिक्षा शान्तिपूर्ण सञ्चालन भईरहेको जानकारी गराएका छन। अहिले कालेबुङ शहरमा सीआरपीएफका जवानहरुले बिभिन्न स्थानहरुमा गस्ति लगाएको कारण विद्यार्थीहरुमा असुरक्षा महसुस भएको कारण अध्ययनमा समस्या भईरहेको बताउँदै सीआरपीएफले जताभावी छापामारी अभियान नचलाई दिने अपिल गरेका छन।

No comments: