Pages

Thursday 21 February 2013

हातमा जिटीए बोकेर गोर्खाल्याण्ड हुदैना आर मोक्तान

कालेबुङ 21 फरवरी। छुट्टै राज्य गोर्खाल्याण्ड माग्ने दलहरुबिच अहिले पहाडमा गोर्खाल्याण्ड आन्दोलनको घोषणा संगै वाक युद्ध शुरु भएको छ। गोजमुमो पार्टीले तेस्रो चरणको आन्दोलन अघि बडाउँने घोषणा संगै पहाडका अन्य राजनैतिक पार्टीहरुलाई एकाधिक आरोप लगाएपछि उक्त वाक युद्ध शुरु भएको छ। यस सम्बन्धमा आज बिभिन्न राजनैतिक पार्टीहरुको साझा मञ्च गोर्खाल्याण्ड टास्क फोर्स (गोटाफो) ले मोर्चाले लगाएको आरोपहरुको क्रमबद्ध जवाब दिएको छ। गोटाफो राष्ट्रिय समन्वयक आर मोक्तानले आज पत्रकार सम्मेलन डाकेर मोर्चाले लगाएका सबै आरोपहरुको जवाब दिए।

 “आन्दोलनको खेतमा जब भ्रममको बिज रोपिन्छ तब उक्त बिजबाट भ्रमको बिज उम्रेर आन्दोलन बिफल हुने गर्दछ। जब आन्दोलन नै बिफल हुन्छ तब आन्दोलनकारी दलले आफ्नो भूल छोप्न बिपक्षी पार्टीहरुलाई आरोप लगाउँने काम गर्दछ” – आर मोक्तानले भने। अहिले केन्द्रसरकार अनि राज्य सरकारको सम्बन्ध बिग्रेको कारण राज्य सरकारलाई दबाऊ बनाउँन केन्द्र सरकारले मोर्चाको काँधमा बन्दुक राखेर तृणमूल सरकारलाई ताकेर पडकाउँने कार्य गरेको आरोप लगाए।

 तिनले मोर्चालाई हतियारको रुपमा कङ्ग्रेसले प्रयोग गरिरहेको बताउँदै आगमी 2014 को लोकसभा चुनावमा कङग्रेसले आफ्नो उम्मेद्वार दिएर मोर्चाको समर्थन प्राप्त गर्ने गोप्य साँठगाँठ राखेको मोक्तानले आरोप लगाए। गोजमुमो पार्टीले दार्जीलिङ पहाडमा छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्ने राजनैतिक पार्टीहरु पेपर टाईगर नबनेर सडकमा उत्रनु भनि दिएको चुनौति प्रति कटाक्ष गर्दै मोक्तानले गोर्खाल्याण्ड माग्ने अन्य राजनैतिक पार्टीहरुलाई सडकमा उत्रनु मोर्चाले नै नदिएको आरोप लगाए। “गोर्खाल्याण्ड माग्ने दलहरु सडकमा उत्रिएर कार्यक्रम गर्न चाहन्छ।

 जनसभा गरेर वास्तविकता जनतालाई बुझाउँने हाम्रो चाहना छ। तर यहाँ गोजमुमो पार्टीले सत्तामा बसेर अन्य गोर्खाल्याण्ड माग्ने दलहरुलाई जनसभा गर्न नै दिदैन। यदि जनसभा गरे गोजमुमो पार्टीले ढुङगा बर्साउँने गरेको छ। यस्तो अवस्थामा बिपक्षी पार्टीहरुलाई सडकमा उत्रनु भनि मोर्चाले चुनौति दिन अघि एकपल्ट आफ्नो कार्यपद्धति ठिक बनाउँनुपर्नेछ” मोक्तानले भने। तिनले यदि बिपक्षीदलहरुलाई स्वतन्त्ररुपले जनसभा गर्ने मौका दिए पेपर टाईगर होईन असली टाईगरको परिचय दिने चुनौति दिए।

 यसै सिलसिलामा गोजमुमो प्रवक्ता एंव कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले बिपक्षी पार्टीहरुले मोर्चालाई सुझाव दिएन भनि दिएको बयान प्रति टिप्पणी गर्दै मोक्तानले मोर्चाले राम्रो सुजावलाई कहिल्यै नलिएको दाबी गरे। “जीटीएको सम्झौतामा भूल भयो भनेर हामीले अघिनै भनेका थियौ। जीटीए त्यागेर आन्दोलन गर्ने सुझाव दियौ। यसलगायत पनि हामीले मोर्चालाई सुझावहरु दिएका हौ।

 तर जब जब सुझाव दिईने कार्य हुन्छ तब मोर्चाले हामीलाई बिपक्षीको सुझाव चाहिएन भन्ने गर्छ। आज आएर सुझाव दिएन भन्नु हाँस्यस्पद कुरा हो” तिनले भने। बिपक्षीहरुलाई सडकमा ओर्लनु भनि डा छेत्रीले दिएको चुनौति प्रति बर्सिन्दै आर मोक्तानले “बिपक्षी पार्टीहरु अघिदेखिनै सडकमा छ। बरु मोर्चाले जीटीएको चौकि त्यागेर सडक उत्रनुपर्छ। यदि जीटीएको चौकि त्यागे हामी मोर्चासंग आन्दोलनको निम्ति संगै हिडन त्ययार छौ” भने।

No comments: