Pages

Wednesday 20 February 2013

जीटीएको गोर्खाल्याण्डको पहिलो सिढीँ हो ? – गोजमुमोले गर्दैछ राजनैतिक मन्थन

कालेबुङ 20 फरवरी। दार्जीलिङ पहाडमा गोर्खाल्याण्डको आन्दोलनलाई कुटनैतिक चाल चलेर जीटीएको चौकिमा सम्झौता गराउँन सक्षम बनेकी मुख्यमन्त्री ममता ब्यानर्जीले यसचोटि तेस्रो चरणको आन्दोलनलाई थान्को लगाउँन कुन कुटनैतिक चाल चल्ने हुन भन्ने खुबै चासोको बिषय बनेको छ। सरकारले चल्ने कुटनैतिक चालबाट बाँच्न यसपल्ट आन्दोलनकारी दल गोजमुमो खुबै चनाखो बसेको छ। मोर्चाले यसपल्टको आन्दोलनलाई निर्णायक बनाउँन रण्नीति बनाउँने कार्य जारी राखेको छ। यता सरकारले चाल्ने चालप्रति पनि मोर्चाले कडा नजर बनाएर राखेको छ। 

यसै सिलसिलामा सरकारले दार्जीलिङ पहाडमा यसपल्ट गरिने भनिएको तेस्रो चरणको गोर्खाल्याण्डको आन्दोलनलाई दबाऊन न्यायलयमा रहेको मुद्दाहरुलाई हतियारको रुपमा प्रयोग गर्ने होईन भन्ने जटिल प्रश्न खडा भएको छ। किन भने सरकारले जीटीएको सम्झौता पत्रमा मुद्दा माफीको कुरा केवल अहिले सम्म सम्झौता पत्रमा नै सिमित राखेको छ। जसको कारण मोर्चा नेताहरु अहिलेसम्म न्यायलयमा मुद्दा माफिको कुरा गर्दै बारम्बार धाउँन परिरहेको छ।

 आज यसै बिषयलाई लिएर कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीसंग कुराकानी गर्दा तिनले बदलिन्दो राजनैतिक परिस्थितिमा सरकारलाई बिश्वास गर्न कठिन हुने मन्तब्य जाहेर गरेका छ्न। “अहिलेको बदलिन्दो राजनैतिक परिस्थितिमा सरकारले सम्झौता पत्रमा भएको मानिलिनेछ भन्ने पटक्क छैन। बदलिन्दो राजनैतिक परिस्थिमा सरकारसंग मोर्चाको सम्बन्ध बिग्रेको छ। सम्बन्ध बिग्रेको कारण पनि सम्झौतामा भएको कुराहरुलाई सरकरले नमान्नु सक्छ।

 सम्झौतामा आन्दोलनकालका मुद्दाहरु माफि गरिनेछ भनेर लेखिएको छ तर यता सरकारले माफी गरेको छैन। भएन यस्तो परिस्थितिमा सरकारले आन्दोलनलाई दबाऊनु मुद्दा माफी त होईन बरु पुरानो मुद्दा झिकेर लैजान बेर छैन” – डा हर्कबहादुर छेत्रीले भने। जीटीएको सम्झौता सरकारको निम्ति एउटा राजनैतिक उदेश्य प्ररित सम्झौता हुनसक्ने ईंगित गर्दै “राजनीतिमा आज दिएको बयान आजको निम्ति सान्दर्भिक हो भोलि त्यो सम्बन्ध बिग्रेपछि मानिलिनेछ भन्न सकिन्दैन” तिनले भने।

 यता छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति जीटीए पह्लो सिढीँ हो भन्ने गरेको दाबी अहिले शंकाको घेरोमा पुगेको छ। मोर्चाले जीटीएमा सन्तुष्ट हुन नसकेको कारण नै अहिले गोर्खाल्याण्ड गठनको निर्णायक आन्दोलन भनि घोषणा गरिसकेको छ। यस सम्बन्धमा प्रश्न गर्दा डा छेत्रीले “राज्य भित्रको राज्य भनेर नै हामीले जीटीएको सम्झौता गरेका थियौ। जीटीएको सम्झौता गर्दा सरकारसंग हाम्रो विश्वास थियो।

 तर आहिले त्यसको क्षमता प्रयोग गर्न जाँदा सरकार आफै हस्तक्षेप गर्छ। सरकार आफैले यदि बारम्बार जीटीएको क्षमता माथि हस्तक्षेप गर्छ भने यसलाई गोर्खाल्याण्डको पहिलो सिढीँ मान्नु ? यसै कारण मोर्चाले आन्दोलनको घोषणा गरेको हो” बिधायक डा छेत्रीले भने। छुट्टै राज्य प्राप्तिको निम्ति गोजमुमो पार्टीले स्थानिय स्तरमा जनजिवनलाई प्रभावित पार्ने प्रकारका कार्यक्रमहरु घोषणा गरिएको बिषयमा प्रश्न गर्दा तिनले सरकारलाई जनजीवन प्रभावित नपारी कार्यक्रम गर्दा कुनै फरक नपरेको कारण यसरी कार्यक्रम मोर्चाले तय गरेको जानकारी दिए। 

अर्कोतिर बिगत दिनमा दागोपापलाई गोजमुमो पार्टीले छुट्टै राज्य गोर्खाल्याण्ड गठनको बाटोमा बाधा भन्ने गरेको अनि अहिले भने पहाडका अन्य राजनैतिक पार्टीहरुले जीटीए गोर्खाल्याण्डको निम्ति बाधा भन्ने गरेको सन्दर्भमा प्रश्न गर्दा तिनले दागोपाप अनि जीटीएमा तुलना नहुने बताए। “दागोपापमा गोर्खाल्याण्डलाई छोडेको थियो तर जीटीएमा हामीले गोर्खाल्याण्डको मुद्दालाई जीवित राखेका छौ। यसकारण पनि जीटीएसंग दागोपापको तुलना हुँदैन” तिनले भने।

 कुराकानीकै सिलसिलामा तिनले पहाडमा गोजमुमो पार्टीलाई आलोचना गर्ने राजनैतिक पार्टीहरुको वास्तवमा कुनै कार्यक्रम नभएर मोर्चालाई आलोचना गरेर नै आफ्नो पार्टीकि अस्तित्व बँचाएर राखेको आरोप लगाए। मोर्चालाई आलोचनाको केन्द्रबिन्दु बनाउँने राजनैतिक पार्टीहरुले कहिल्यै क्राम्रो सुझाव नदिएको बताउँदै कि त राम्रो सुझाव दिनुपर्ने होईन भने राम्रो कार्यक्रम लिएर आफै सडकमा ओर्लनुपर्नेछ भनि सुझाव दिएका छन।

No comments: