कालेबुङ 2 फरवरी। आज अचानक कालेबुङ आएका डा महेन्द्र पी लामाले यहाँको एउटा चर्चित होटलमा स्थानिय राजनैतिक पार्टीका नेताहरुसंग भेटघाट गरे। यद्यपी तिनले उक्त भेटघाट राजनैतिक भेटघाट होईन भनि स्पष्टिकरण दिएका छन। “म यहाँ सभा गर्न आएको होईन। आफ्नो व्यक्तिगत कामले कालेबुङ आएको समयमा साथीहरुसंग भेटघट गर्ने चाहना भएको कारण यसो साथीहरुसंग बसेको मात्र हो। यो भेटघाट कुनै राजनैतिक भेटघाट होईन।
यदि यहाँ मलाई भेट्न राजनैतिक पार्टीका मानिसहरु आएका थिए भने त्यो केवल सयोग मात्र हो” – उक्त कुरा सिक्किम विश्व विध्यालयका संस्थापक उपकूलपती डा महेन्द्र पी लामाले भनेका हुन। तिनी आज आफ्नो व्यक्तिगत कार्यले कालेबुङ आएको बताउँदै यसै अवधी आफुलाई यहाँ युवाहरुले अनौपचारिक भेटघाट गरेर कुराकानी गरेको बताए। तिनले उक्त भेटघाट खुबै सौहार्दपूर्ण रहेको बताउँदै उक्त भेट एउटा आकस्मिक भेट हो भने।
डा लामासंग भएको उक्त भेटघाटलाई लिएर थुप्रै अडकलबाजी समते लगाईएको थियो भने उक्त भेटघाट संयोगमात्र बताएपछि सबै अडकलबाजिलाई पनि बिराम लगाएका छन। उक्त भेटघाट कार्यमा गोजमुमो पार्टीका सभासद निमा तामाङ, सभासद दावा लेप्चा लगायत अन्य युव कार्यकर्ताहरु उपस्थित रहेका थिए भने अभागोली माहासचिव प्रताप खाती अनि तृणमूल नेता छेवाङ भोटियाले पनि यसै अवधी लामासंग भेटघाट गरेर कुराकानी गरे। उक्त भेटघाटको अवधी होटल बाहिर सुरक्षा व्यवस्था कठोर बनाईएको थियो।
गोर्खाहरु जिरो ईनेमीको सिद्धान्तले अघि बड्नुपर्छ गोर्खाल्याण्ड अवश्य गठन हुनेछ – डा महेन्द्र पी लामा
के वाइबा, कालेबुङ 2 फरवरी। “ठिक़ ठाउँमा, ठिक समयमा, ठिक तरिकाले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा उठाए अवश्य राज्य गठन हुनेछ। सायद अहिलेसम्म ठिक तरिकाले कार्य भएको छैन होला। हामी यसबारे सोचिरहेका छौ। यस बिषयमा सबै बसेर बिचार बिमर्श गर्न आवश्यक छ” – उक्त कुरा आज अचानक कालेबुङ आईपुगेका सिक्किम विश्वविद्यालयका संस्थापक उपकूलपती प्रो महेन्द्र पी लामाले भनेका हुने। आफ्नो व्यक्तिगत कार्यले कालेबुङ आएको बताउँने प्रो लामाले यहाँको एउटा चर्चित होटलमा बिभिन्न राजनैतिक पार्टीका नेताहरु लगायत स्थानीय मानिसहरुसंग भेट घाट गरे।
तिनले उक्त भेटघाट केवल संयोगमात्र हो भनि स्पष्टिकरण दिएका छन। उक्त भेटघाट सम्बन्धि प्रश्न गर्दा तिनले आफु कुनै सभा गर्न नआएर व्यक्तिगत कार्यले आएको समयमा साथीहरुसंग भेटघाट गरिरहेको समयमा राजनैतिक पार्टीका नेताहरुले भेट गरेको जनाए। यद्यपी उक्त भेटघाट कुबै सौहार्दपूर्ण रहेको बताए। अहिलेघरी तेलेंगना गठनको मुद्दाले तातिएको पहाडमा आज अचानक प्रो लामा कालेबुङमा आएर एउटा होटलमा कुराकानी गरिरहेको हल्ल फैलिएपछि तिनले राजनैतिक पार्टी गठनको कसरत शुरु गरिरहेको मानिसहरुले चर्चा गर्दै अनुमान लगाउँन थालेका थिए।
यसै सन्दर्भमा तिनलाई प्रश्न गर्दा साथीहरुसंग भेट गर्दा नेताहरु आएको केवल संयोग हो भन्दै आफुले सभा गर्न परे रामकृष्ण रंगमञ्चमा गरेर सबैलाई अवगत गराउँने तिनले स्पष्ट बताएर सबैको अनुमानलाई बिराम लगाए। छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मुद्दालाई टुङ्गोमा पुर्यााउँन के तपाईँ आगमी दिनहरुमा सक्रिय राजनीति गर्न मैदानमा उत्रनुहुन्छ भनि प्रश्न गर्दा तिनले “जनताको जिज्ञासा एकापट्टिको हो मेरो व्यक्तिगत चाहना एकापट्टि हो।
यद्यपी छुट्टै राज्य गोर्खाल्याण्ड गठन हुनपर्छ” भने। तिनले छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति सबै एक हुनपर्ने बताउँदै “मुद्दाको निम्ति जिरो ईनेमी (शुन्य शत्रु)को सिद्धान्त लिएर अघि बड्नुपर्छ। गोर्खाल्याण्ड गठन हुनपर्छ यो सबैको माग हो। यदि सबैको एउटै माग हो भने हामी किन एकार्कलाई शत्रु सम्झनु ? यसले गोर्खाल्याण्ड नदिनेहरुलाई सहयोग भईरहेको छ। अब जिरो ईनेमीको सिद्धान्तमा अघि बड्नुपर्छ तब मात्र हामी सफल हुनेछौ” तिनले भने।
यसैक्रममा तिनले गोर्खाल्याण्ड गटःअनको निम्ति एक्लै अघि बडेर सम्भव नहुने बताउँदै “यो राजनैतिक पार्टी, सामाजिक संगठन अनि बुद्धिजीविवर्गको दायित्व हो। एक्लै अघि बडेर गोर्खाल्याण्ड ल्याउँनु सकिन्दैन” भने।
एकातिर तेलेंगना राज्य गठनको चर्चा चलिरहेको छ भने अर्कोतर्फ गोर्खाल्याण्डको मुद्दा पनि दिर्घदिनदेखि अघि बडदै आईरहेको छ।
यस बिषयमा प्रश्न गर्दा “राज्य गठनको निम्ति संविधानमा क्षेत्रफल, जनसख्या यस्तो हुनपर्छ भनेर उल्लेख छैन। यो राजनैतिक प्रक्रिया हो। राजनैतिक प्रक्रियाले नै गोर्खाल्याण्ड पनि गठन गर्न सकिन्छ” भने। सोहिक्रममा भारतमा सम्पूर्ण हिमाली क्षेत्रहरुमा उत्तरपूर्वीय क्षेत्रहरुदेखि लिएर जम्मु काश्मिर संग राज्य भएको बताउँदै त्यही हिमाली क्षेत्रहरुमध्ये दार्जीलिङ तरा डुवर्स मात्र राज्यबिहिन रहेको जनाउँदै यसलाई पूर्ण राज्य बनाउँनु आवश्यक छ भने।
No comments:
Post a Comment