Pages

Tuesday, 8 January 2013

पाहड़मा अत्यधिक जाडो बड़ेकोले जनजीवन अचल--पर्यटन स्थल लाभामा हिमपात हुने सम्भावना ....

2010 सालमा लाभा परेको हिउ 
कालेबुंङ्; ;मौसम बिभागले यसपाली भारतभरिनै अत्याधिक जाडो हुनसक्ने अघिबाटनै मौसम फोरकास्ट गरि सकेको छ|बिगतको तुलनामा यसबर्ष जाडो अधिक रहेको छ|अहिले घडि विश्वमानै मानिसहरु जाडोको चपेटमा परिरहेको छन्|यता पाहडको सम्पुर्ण इलाखामानै जाडो अत्याधिक बडेको छ|

कालेबुङ शहरमा दोकान पाठ व्यवसायहरु गर्ने मानिसहरुले पनि जाडोको कारणले पसलहरु समयमानै बन्द गरेको देखिन्छ|अर्कोतिर,प्राप्त जानकारी अनुसार कालेबुङ शहरदेखी ३३-किलोमिटर टाँडा रहेको पर्यटक स्थल लाभामा हिमपात हुने सम्भवना रहेको थाहा लागेको छ|


बिगतबर्ष ३१दिसम्बर२०१०को लाभामा हिमपात भएको थियो भने यसबर्ष पनि हिँउ पर्ने सम्भवना अधिक रहेको जानकारी पाइएको छ|कठ्याङ्ग्रीने जाडो खप्दै पनि लाभाबासी हिउँको प्रतिक्षामा बसिरहेको छन्|

हिँउ परेपछि लाभाको मुहारनै हिमाचल अनि स्वीर्जल्याण्डमा परिणत हुन्छ|क्षेत्रमा हिँउ परेपछि स्थानिय मानिसहरु रमाई-रमाई हिँउको डल्ला बनाएर एक अर्कालाई हिर्काउने खेल्छन् भने कालेबुङ शहर लगायत विभिन्न क्षेत्रका मानिसहरु पनि लाभामा परेको हिँउ हेर्न घुइचो लाग्ने गर्छन्|देशी अनि बिदेशी पर्यटकहरु पनि हिँउको मजा लिन जाडोको समयमा लाभा घुम्न अहाउने गर्दछ|आज साँझतिर लाभामा हल्का फुल्का हिँउ झरेको समाचार प्राप्त भएको छ भने दुइ तिन भित्रमानै हिमपात हुने सम्भवना रहेको स्थानिय मानिसहरुले बताएका छन्|

No comments: