डी के वाइबा, कालेबुङ 22 जनवरी । “गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको आन्दोलन त्यागेको छैन” भन्ने पार्टीको बयानलाई प्रमाणित गर्न आज गोजमुमो पार्टीको भातृ संगठन युवा मोर्चाले शहरमा राँके जुलुस निकाले। यहाँको डम्बर चौकबाट शुरु भएको उक्त राँके जुलुस मेन हुदै शहरको परिक्रमा गरेपछि पुन डम्बर चौकमा आएर समापन भयो। यस अवधी युवा मोर्चा कार्यकर्ताहरुले ग्पोर्खाल्याण्ड गठनको माग गर्दै जोडदार नाराबाजी लगाए।
छुट्टै राज्य गोर्खाल्याण्ड गठन गरेर गोर्खाहरुलाई न्याय दिनपर्ने माग गर्दै जुलुसले नाराबाजी लगाएको थियो। दार्जीलिङ पहाडमा जीटीए गठन पछि छुट्टै राज्य गोर्खाल्याण्ड गठनको माग गर्दै युवा मोर्चाले कालेबुङ शहरमा प्रथम पल्ट निकालेको जुलुसमा मानिसहरुको सहभागिता भने साह्रै उत्साहजनक रहेको थिएन।
समरण रहोस, केन्द्रिय ग़ृह मन्त्री शुसिल कुमार सिन्देले तेलेंगना राज्य बारे यसै महिना निर्णय लिने घोषणा गरे पछि अप्ठ्यारोमा परेको गोर्खा जनमुक्ति मोर्चालाई गोर्खाल्याण्डको आन्दोलन अघि बडाउँनुनै पर्ने अप्रत्यक्ष जनताको दबाव सृजना भएको छ। छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मागमा 44 महिना आन्दोलन गरेर क्षेत्रिय प्रशासनिक व्यवस्था जीटीए स्वीकार गरेर अहिले दार्जीलिङ पहाडको बिकास कार्यमा जुटेको मोर्चालाई तेलेंगनाको मुद्दाले जीटीए त्यागेर भए पनि गोर्खाल्याण्डको आन्दोलन गर्न सडकमा उत्रनुपर्ने बाध्यता सृजना भएको छ।
केन्द्रा सरकारको तेलेंगना प्रतिको सकारात्मक दृष्टिकोणले गोर्खाल्याण्ड प्रेमी जनताको अप्रत्यक्ष दबाव झेल्न परिरहेको मोर्चाले जीटीएको सम्झौता गरेर पनि बारम्बार गोर्खाल्याण्डको आन्दोलन त्यागेको छैन भनेर गरेको घोषणाहरुलाई जनताको अघि प्रमाणीत गर्न राजनैतिक कसरत अघि बडाएको छ भने एकाधिक राजनैतिक कार्यक्रम समेत हातमा लिएको छ।
यता दार्जीलिङ पहाडको अन्य राजनैतिक पार्टीहरुले भने गोजमुमो पार्टीले “चौकि र आन्दोल एकैसाथ हुँदैन” भनेर मोर्चाले जीटीएको चौकि त्याग्नुपर्ने माग गरिरहेको छ भने मोर्चाले जीटीएको चौकि छोड्ने सम्बन्धमा भने आफ्नो अडान स्पष्ट पारेको छैन। यद्यपी गोर्खाल्याण्डको आन्दोलन प्रति पार्टी ईमान्दार रहेको प्रमाणीत गर्न भने दार्जीलिङबाट जुलुस तथा पोष्टरिङ शुरु गरिसकेको छ। यसै सिलसिलामा गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँन मोर्चाले आगमी 12 फरवरीको दिन पार्टीको भावी कार्यक्रमको घोषणा गर्ने जीटीए प्रमुख तथा गोजमुमो अध्यक्ष बिमल गुरुङले घोषणा गरिसकेका छन।
केन्द्रमा तेलेंगनाले राजनैतिक पारा उँभो चडाईरहेको समयमा दार्जीलिङमा भने तेलेंगनाको मुद्दाले निकै जोडल राजनैतिक उथुल पुथुल ल्याउँने निश्चित बनेको छ। यसै अवधी गोजमुमो पार्टीले पोष्टरिङ अनि जुलुस गर्ने कार्य प्रारम्भ गरेको छ भने मोचाको यस दोस्रो चरणको आन्दोलनले कति प्रभाव पार्ने हो भन्ने प्रश्नको जवाब भने भविष्यकै गर्भमा लुकेको छ।
No comments:
Post a Comment