Pages

Thursday 31 January 2013

मुख्यमंत्री ममता ब्यानर्जीको धम्कीपूर्ण बयानले गोजमुमोलाई मात्र होइन सम्पूर्ण गोर्खाहरुलाई नै अपमानित गरेको छ----- गोटाफो

कालेबुङ, ३१ जनवरी| छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन हिंसात्मक हुनसक्ने गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरङले घोषणा गरेपछि पहाड पुन: अशान्त बन्न सक्ने सम्भावना बडेको छ। बङगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङ बङगालको अभिन्न अंग भनेर दाबी गरेपछि पहाडका जनताले गोर्खाल्याण्ड जिन्दावादको नारा लगाउँदै पहाडवासीको चाहना गोर्खाल्याण्ड रहेको सन्देश दिए पछि पहाडको सत्तसिन पार्टीले जनताको आकाक्षमा पूर्ण गर्न कस्तो अख्तियार आप्नाउँने हो भन्ने कौतुहलता बडीरहेको समयमा गुरुङले आन्दोलन हिंसात्मक हुने घोषणाले पहाडको राजनैतिक हावा तातो बनाईदिएको छ। 

अहिले चारैतिर पुन: आन्दोलन हिंसात्मक हुने चर्चा चलिएरहेको समयमा यता गोर्खाल्याण्डॅ टास्क फोर्सले एक बैठक डाकेर हिंसात्मक आन्दोलनलाई गोटाफोले प्रश्रय नदिने निर्णय लिएको छ। आज गोरानिमो अध्यक्ष दावा पाख्रिनको निजी निवासमा गोटाफोको बैठक सम्पन्न भयो| बैठकमा क्रामकपाबाट कार्यकारी अध्यक्ष एलएम लामा, महासचिव तारामणि राई, उपाध्यक्ष जेबी राई, आञ्चलिक समिति अध्यक्ष किशोर प्रधान, अभागोलीबाट महासचिव प्रताप खाती, गोटाफो अध्यक्ष सुखमन मोक्तान आर. मोक्तान, पीके प्रधान अनि दावा पाख्रिन उपस्थित थिए| 

गोटाफोको आज एक बैठक सम्पन्न भए पछि पत्रकारहरु संग कुराकानी गर्दै राष्ट्रिय समन्वयक आर मोक्तानले “हिंसात्मक आन्दोलनलाई गोटाफोले मान्यता दिनेछैन” भने। गोटाफोले सन्धै अहिंसा अनि गणतन्त्रमा विश्वास राख्ने बताउँदै मोर्चाको हिंसात्मक आन्दोलन उनीहरुले नै जान्दछन भने। गोटाफोको बैठक पछि पत्रकारहरुलाई सम्बोधन गर्दै मोक्तानले दार्जीलिङमा मुख्यमन्त्री ममता ब्यानर्जीले दिएको बयान प्रति प्रतिक्रिया जाहेर गर्दै उक्त बयान निन्दनिय रहेको बताए। मुख्यमन्त्री ब्यानर्जीले दार्जीलिङमा आएर आफुलाई रफ एण्ड टफ लेडी भनेर धम्किपूर्ण बयान दिएको बताउँदै तिनले गोजमुमोलाई मात्र होईन सम्पूर्ण गोर्खाहरुलाई नै अपमानित गर्ने कार्य गरेको आरोप लगाए। 

दार्जीलिङ पहाडमा जीटीए हुँदा हुँदै मुख्यमन्त्री आएको हस्तक्षेप गरेको घटनाले नै गोर्खाल्याण्ड गठनको बाटोमा जीटीए बाधा हो भन्ने प्रमाणित भएको बताउँदै सम्पूर्ण काम बङगालने गर्न चाहन्छ भने जीटीको कुनै औचित्य नै छैन अनि यस्तो औचित्य नभएको चिजलाई त्यागेर मोर्चा गोर्खाल्याण्डको निम्ति अघि बड्नुपर्ने मोक्तानले अझ बताए। यसै सिलसिलामा दार्जीलिङमा मुख्यमन्त्रीअघि जसरी गोर्खाल्याण्डको आवाज स्वतस्फूर्त रुपमा निस्कियो त्यसले जनता दागोपाप अनि जीटीएजस्ता व्यवस्थासित सन्तुष्ट नरहेर गोर्खाल्याण्डकै पक्षमा रहेको स्पष्ट भएको गोटाफो ठान्छ मोक्तानले बाताउँदै जनताको मागअनुसार जीटीए त्यागेर सामुहिकरुपमा आन्दोलन गर्नुपर्ने तिनले बताए।

No comments: